Latest Updates :
LATEST UPDATES
Entertainment लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Entertainment लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

बेल खानाका फाईदा के के छन् जानी राखौँ....


ताजा खबर :- बेल तराईका जंगलमा पाईने एक फल हो यसको पातलाई पुजा आजामा प्रयोग गरिन्छ भने फललाई पाकेपछि खाने पनि गरिन्छ आउनुहोस बेल खानाका फाईदा के के छन् जानी राखौँ ।


पेट दुख्ने रोगमा
बालबेल भनेको काँचो चाना पारेर सुकाएर राखेको बेल हो, जसलाई कुटेर बिहान–बेलुका एक–एक चम्चा काँडा पकाएर खाने गरे पेट सम्बन्धी सम्पूर्ण रोगहरु ठीक हुन्छ ।

आँउ रगत परेमा
जतिसुकै कडा र पुरानो आउँ रगत परेको छ भने पनि बालबेलको काँढा बिहान–बेलुका सेवन गरेमा तीन–चार दिनमै ठीक भएर आउँछ ।

पित्तको रोगमा
अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बालबेलको चिया खाने गरेमा पित्तको रोग ठिक हुन्छ र यसले धित पनि मार्छ ।

झाडा पखाला लागेमा
बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा जस्तो सुकै दिसा–झाडा लागेको पनि तीन–चार मात्रामै ठीक हुन्छ ।

अजीर्ण भएमा
बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठीक हुन्छ ।

दमको रोगमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान÷बेलुका खाने गरेमा दमको रोग समन हुँदै जान्छ ।

दाँतको गिजाको रोगमा
गिजा दुख्ने, पाक्ने भएमा बेलपत्रको धूलोमा तोरीको तेल तीन÷चार थोपा, नुन एक चिम्टी र एक चिम्टी बेसार हालेर औंलाले बिस्तारै गिजामा मालिस गर्ने र तातो पानीले केही दिन कुल्ला
गर्ने गरेमा दशरपन्ध्र दिनमै ठीक हुन्छ ।

बान्ता रोक्न
आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक÷दुई मात्राले नै वमन रोक्न मद्दत हुन्छ ।

रुघा, खोकी लागेमा
बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ ।

Loading...

बर्षालाई गाडीमा लिफ्ट दिदा उत्साहित हुने शिवहरी......हेर्नुहोस कारण यस्तो रहेछ ....


काभ्रेको सिमलटारमा चलचित्र ‘छक्का पन्जा’को छायांकन भएकाले निर्माता तथा कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौलाको टिम उतै बसेको थियो । काठमाण्डौबाट भने कलाकार शिवहरी पौडेललाई बिहान सुटिङ स्थल जाँदा उनको गाडीमा २-४ जना कलाकार राखेर ल्याउनु भन्दै दीपकले फोन गर्थे ।

जब, दीपकले बसुन्धरा भुषाल, अरु केही कलाकारको नाम लिदै नायिका बर्षा राउतलाई पनि ल्याउनु भन्थे, शिवहरी निकै उत्साहित हुन्थे । दोश्रो दिनदेखि भने बर्षालाई पनि ल्याउने हो भन्दै शिवहरीले दीपकलाई आफै प्रश्न गर्थे । दीपकले हो भनेपछि उनी उत्साहित हुन्थे ।

एक दिन बर्षा होइन है भनेपछि, शिवहरीले भनेछन्-‘होइन म यो चलचित्रको कलाकार हो कि ड्राइभर ।’ चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकले शिवहरीको बर्षाप्रतिको मोहको रमाइलो किस्सा सुनाए ।

यो चलचित्रमा बषर्ा शिवहरीकी प्रेमिकाको भूमिकामा देखिएकी छिन् ।अनलाइन खबरबाट साभार
Loading...

आमा बनेका १० नेपाली हिरोइनहरु ....हेर्नुहोस

काठमाडाैं । आमा बनेपछि सबै महिलाको भूमिका बदलाव आउँछ । सिनेमा अझ त्यस्तो संसार हो, जहाँ काम गर्नका लागि सदैव फिट देखिनुपर्छ । अझ हिरोइनका लागि भने यो मापदण्ड अनिवार्यजस्तै हो । आमा बनेपछि महिलाहरुमा ठूलो शारिरीक परिवर्तन देखिने भएकाले उनीहरुले आफूलाई मेन्टेन गर्दै फिल्ममा ‘कमब्याक’ गर्नु अझ चुनौतीपूर्ण हुने गर्छ ।

तर, संसारमा केही हिरोइनहरुका यस्ता पनि छन् । जसको फिल्मी करिअर आमा बन्नुअघि र आमा बनिसकेपछि पनि कुनै परिवर्तन आएको पाइदैंन् । यस्तै हिरोइमा गनिन्छन्,—एन्जेलिना जोली । तर, नेपालमा भने हिरोइन आमा बनेपछि फिल्ममा ‘कमब्याक’ गरेका उदाहरण कम छन् । अझ गरिहाले पनि ती कमब्याक सुखद् हुन सकेका छैनन् ।

धेरैजसो नेपाली हिरोइनहरु आमा बनेलगतै फिल्मबाट गायब भएका छन् । कतिपय हिरोइनहरु आमा बनेपछि पनि निरन्तर नेपाली फिल्ममा सक्रिय त भएका छन् तर उनीहरुमध्ये धेरै कमले मात्र सुखद् नतिजा हात पारेका छन् ।

नेपाली सिने जगतमा लामो समय चर्चा बटुलेका धेरै हिरोइनहरु आमा बनेका छन् । तीमध्ये नेपालीपत्र डकटमले आमा बनेका १० नेपाली हिरोइनबारे तयार पारेको यो आलेखः

१. करिष्मा मानन्धर
सन्तानः कविता




सन् १९८८ मा ‘सन्तान’ फिल्मको ‘कान्ता’ नामकी युवतीको भूमिकामा १४ वर्षमै अभिनय यात्रा सुरु गरेकी हुन्—सदाबहार सुन्दरी नायिका करिष्मा मानन्धरले । त्यसपछि लगातार उनी नेपाली फिल्ममा सक्रिय छिन् ।

१९९२ मा ‘कस्तुरी’मा काम गर्दैगर्दा करिष्मा केसीको विनोद मानन्धरसँग प्रेम अंकुरायो । जुन प्रेमपछि विवाहमा बदलियो । करिष्मा आमा बनेकै झण्डै १९ वर्ष भइसकेको छ । उनकी छोरी कविता अमेरिकामा पढिरहेकी छिन् ।

‘दंगा फसाद’, ‘मायालु’, ‘ट्रक ड्राइभर’, ‘भाउजु’, ‘एक नम्बरको पाखे’, ‘बाबुसाहेब’, ‘साथी’, ‘बसन्ती’, ‘ढुकढुकी’जस्ता सिनेमा अभिनय गरेकी छन् । करिष्मा अमेरिका बसेर फर्केपछि नेपाली फिल्ममा कमब्याक त गरिन् । तर, सफल भइनन् ।

त्यसैले उनले अहिले निर्माणमा हात हालेकी छिन् । उनको केही समय पहिले रिलिज भएको सिनेमा ‘फागु’ ब्यापारिक रुपमा खासै सफल हुन सकेन । तर, ४२ वर्षीया करिष्माको अहिले नेपाली फिल्म नगरीमा उतिकै चर्चा हुने गरेको छ । यतिमात्र होइन्, पछिल्लो समय करिष्मा फिल्मभन्दा पनि नयाँ शक्ति नेपालमार्फत राजनीतिमा सक्रिय रहेका कारण चर्चामा छिन् ।

२. विपना थापा
सन्तानः कुशाग्र




कुनै समय नेपाली सिने नगरीमा खुबै रुचाइएकी नायिका थिइन्, विपना थापा । ‘जन्मभूमी’, ‘आगो’, ‘मितिनी’जस्ता हिट फिल्मकी यी नायिका विवाहपछि भने गुनमान छिन् ।
सन् २००८ मा भारतीय नागरिक आशुतोष भारद्वाजसँग विवाह बन्धनमा बाँधिएकी विपनाले त्यसपछि पनि नेपाली फिल्म खेल्ने आशा धेरैले गरेका थिए । किनभने, उनको पति पनि नेपाली फिल्म निर्माणमा गर्थे । तर, विपना विहेलगतै श्रीमानको घर भारत गइन ।

विवाहको केही वर्षमै आमा बनेपछि भने विपनाको फिल्ममा कमब्याकको सम्भावना एकदमै फितलो बन्यो । गत वर्ष भूकम्पको राहत सामाग्री बोकेर नेपालमा माइती आएकी विपनाको अहिले नेपालको आवतजावत पनि निकै पातलो छ ।

३७ वर्षीया विपना नायिका त हुन नै उनी पेशाले फेसन डिजाइनर समेत हुन् । २०५३ सालमा ‘जन्मभूमी’ फिल्म खेलेपछि नेपाली रजतपटमा विपनाको चर्चा निरन्तर चलिरह्यो । त्यसपछि उनले ‘सहिद गेट’, ‘ख्यालख्यालैमा’, ‘मामा भान्जा’, ‘बरमाला’, ‘बेइमानी’, ‘राम बलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा पनि आफ्नो अभिनयको जादू देखाएकी थिइन ।

हाल उनी भारतको मथुरामा बसिरहेकी छिन् । अहिले उनका छोरा कुशाग्र स्कुल जाने उमेरका भइसके । उनले गत वर्ष भूकम्पपछि नेपालमा राहत बाँडन आएका बेला भने आफूलाई अझै पनि नेपाली फिल्ममा फर्किने ठूलो इच्छा भएको बताएकी थिइन । नेपाली फिल्ममा फर्किन कत्तिको मन छ? भनेर सोधिएको प्रश्नमा विपनाले भनेकी छिन्, ‘एकदम धेरै मन छ । मेरो श्रीमान पनि नेपाली फिल्मको निर्माता हुनुहुन्छ । त्यही फिल्म बनाउने क्रममा भेट भएको हो । उहाँ पनि नेपाली फिल्ममा ‘कमब्याक’ भएको हेर्न रुचाउनुहुन्छ । तर, समय परिस्थितीले साथ दिएको छैन ।’

३. झरना थापा
सन्तानः सुहाना




सन् १९८१ मा जन्मिएकी झरना थापा नेपाली चलचित्र क्षेत्रकी अर्की सुन्दरी र चर्चित नायिका हुन् । प्युठान स्थायी घर भएकी झरना बिहेपछि चर्चा बटुलेकी सम्भवतः एकमात्र नायिका हुन् ।

‘दाइजो’ चलचित्रमा काम गर्दागर्दै उनले सुनिलकुमार थापासँग सन् १९९८ मा प्रेम विवाह गरेकी थिइन । यी नायिकाले विवाहको अर्को वर्ष नै सुहानालाई जन्म दिइन । सुहाना अहिले १८ वर्षकी भइन । सन् २००२ मा ‘ए मेरो हजुर’जस्तो हिट फिल्म दिएकी झरना आमा बनेर पनि कमब्याक गर्न सफल नायिकामा गनिन्छिन् ।

आमा बनेको लगतै उनले ‘धर्मसंकट’ फिल्मबाट कमब्याक गरिन् । त्यसपछि उनले ‘गोर्खाली’ ‘जीवनसाथी’, ‘अञ्जली’, ‘भाइटीका’, ‘पूर्णिमा’, ‘सिउँदोको सिन्दुर’, ‘सुख दुःख’, ‘हामी तीन भाइ’, ‘मुग्लान’, ‘कहाँ छौं कहाँ’, ‘कालापानी’, ‘तकदिर’, ‘म तिमी बिना मरिहाल्छु’जस्ता फिल्महरुमा अभिनय गरिसकेकी छिन् ।

झरना अब फिल्ममा आफै अभिनय गर्ने सम्भावना कम देखिन्छ । किनभने, उनको हिट बनेको फिल्म ‘ए मेरो हजुर’को सिक्वेलमा उनले अर्कै हिरोइनलाई अनुबन्ध गरेकी छिन् । बरु, झरना त्यो फिल्ममा निर्देशकका रुपमा देखिदैंछिन् । उनी निर्देशक बन्न लागेको सिनेमा ‘ए मेरो हजुर २’ होम प्रोडक्सन चलचित्र हो ।

४. सञ्चिता लुइँटेल
सन्तानः अर्थव र सानभी


कुनै समय आफ्नो सुन्दरताकै कारण चर्चाको शिखरमा थिइन—नायिका सञ्चिता लुइटेल । उनको फिल्म र अभिनय दुवैले राम्रै चर्चा sanchitaर तारिफ बटुलेको थियो ।

सन् १९९९ मा ‘अप्सरा’बाट नेपाली फिल्ममा डेब्यु गरेकी सञ्चिताले ‘आर्शिवाद’, ‘मुनामदन’, ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘दासढुंगा’, ‘पर्खि राख है’, ‘कालापानी’, ‘इन्द्रेणी’, ‘कोही मेरो’, ‘दाग’, ‘बन्दी’लगायतका सिनेमामा अभिनय गरेकी छिन् ।

सन् २०१० मा सञ्चिताले सन् २००२ मा ‘पिजडा’बाट डेब्यु गरेका नायक निखिल उप्रेतीसँग विवाह गरिन् । त्यसअघिको पहिलो विवाह भने असफल भएको थियो । निखिलसँग विवाह गरेको एकवर्षपछि सन् २०११ को साउनमा उनले पहिलो सन्तानका रुपमा छोरा जन्माइन । त्यस लगतै उनी अर्को सन्तानकी आमा बनिन् ।

आफ्ना सन्तानहरु हुर्काउन केही खर्चेपछि उनी पुनः नेपाली सिनेमामा कमब्याकको तयारीमा छिन् । महत्वकांक्षी प्रोजेक्ट मानिएको निर्देशक योगेश घिमिरेको ‘राधा’बाट सञ्चिताको कमब्याक सशक्त हुने अपेक्षा गरिएको छ ।

५. मेलिना मानन्धर
सन्तानः मेलिस्का ढकाल




कुनै समयकी चर्चित नायिका हुन्—मेलिना मानन्धर । सन् १९९३ मा ‘मिलन’ फिल्मबाट नेपाली रजटपटमा उदाएकी यी नायिकाले त्यसपछि दर्जनौं फिल्ममा अभिनय गरिन् ।
८ वर्षअघि जापानबाट फर्किएका मुकेश ढकालसँग प्रेम विवाह गरेकी हुन्, उनले । विहेपछि उनले पति मुकेशसँगै ‘हलचल’ फिल्ममा काम गरिन् ।

‘सीमाना’, ‘अपराध’ ‘जाली रुमाल’, ‘बन्धन’, ‘दाइजो’ ‘रानीखोला’, ‘प्रियसी’, ‘माटो बोल्छ’, ‘मामाघर’ ‘अर्पण’ ‘छोराबुहारी’ ‘संगम’ ‘ज्वालामुखी’जस्ता फिल्ममा काम गरेकी मेलिनाको रुप, नृत्य र अभिनयको खुबै तारिफ हुन्थ्यो ।

मेलिना ‘करुणा’ नामक टेलिश्रृखलाबाट पनि चर्चा बटुल्न सफल नायिका हुन् । ३९ वर्षीया यी नायिकाले आफै निर्माता बनेर ‘ज्वालामुखी’ सिनेमा निर्माण गरेकी थिइन ।

मेलिनाले विवाहको अर्को वर्ष २८ कात्तिक २०६७ मा पहिलो सन्तानका रुपमा छोरी मेलिस्कालाई जन्म दिएकी हुन् । आमा बनेको डेढ वर्षपछि उनले एक नेवारी फिल्ममार्फत कमब्याकको प्रयास गरेपनि त्यसपछि सिनेमामा देखिएकी छैनन् ।

६. अरुणिमा लम्साल
सन्तानः अक्षता




विराटनगरमा जन्मिएकी हुन्—नायिका अरुणिामा लम्साल । कुनै समयकी सम्भावना बोकेकी नायिका रुपमा अरुणिमालाई लिइन्थ्यो । अहिलेका कतिपय हिरोइनको तुलनामा उनको उनको चर्चा पनि चुलिएकै हो ।

‘अजम्बरी’ फिल्मबाट रजतपटमा भित्रिएकी यी नायिकालाई मुख्य भूमिका देखिएको सिनेमा भने ‘धडकन’ हो । एकताका ‘गहना’ टेलिश्रृखलाबाट चर्चामा कमाएकी अरुणिमाले ‘अभिमन्यु’, ‘आफ्नो मान्छे आफ्नै हुन्छ’, ‘अग्नीज्वाला’, ‘भरोसा’, ‘वुवाआमा’, ‘के यो माया हो’ लगायतका झण्डै दर्जनभन्दा बढी नेपाली फिल्ममा अभिनय गरिन् ।

२०६२ सालमा बैंकर अमित अर्यालसँग प्रेम विवाह गरिन् अरुणिमाले । अरुणिमाले त्यसको केही वर्षमै छोरी जन्माइन् । अक्षता अर्याल उनकी छोरीको नाम हो ।

आमा बनिसकेपछि पनि ‘पिपल’ र ‘उर्वसी’बाट उनले नेपाली फिल्ममा कमब्याकको प्रयास त गरिन् । तर, उनको कमब्याक सुखद् हुन सकेन ।

सन् २०१२ मा ६ महिने छोरीलाई काखी च्यापेर अमेरिका उडेकी अरुणिमा अहिले अमेरिकामै रमाइरहेकी छिन् । कुनै समय गर्भवती हुँदा पनि फिल्म खेलु खेलु लाग्छ भनेर अन्तर्वार्ता दिएकी अरुणिलाई अहिले फिल्मभन्दा पनि अमेरिका प्यारो देखिएको छ ।

७. ऋचा घिमिरे
सन्तानः मिजास र महर्षि र एक छोरी



एकताकाकी चल्ती नायिका हुन् —ऋचा घिमिरे । काठमाडौंमा जन्मिएकी घिमिरे मोडलिङ, टेलिभिजन र म्युजिक भिडियो हुँदैं नेपाली चलचित्र क्षेत्रमा भित्रिएकी हुन् ।
विं सं. २०६७ सालमा निर्देशक शंकर घिमिरेसँग ऋचा विवाह बन्धनमा बाँधिइन । त्यसपछि उनले सन् २०१२ मा पहिलो सन्तानलाई जन्म दिइन् ।

३३ वर्षीया यी नायिकाले अहिले तीन वटा सन्तान छन् । अमेरिकाको बाल्टिमोरमा बस्दैं आएकी ऋचा तेस्रो सन्तानको रुपमा ९ असारमा छोरी जन्माएकी हुन् । यसअघि उनी दुई सन्तान मिजास र महर्षिकी आमा बनिसकेकी छिन् ।

विवाहलगतै ‘तुलसी’ सिनेमा निर्माण गरेर निर्माता समेत बनेकी काली सुन्दरी भनेर चिनिने ऋचाको नेपाली फिल्ममा कमब्याक पनि कथा नै बन्ने देखिन्छ । उनले ‘विष’, ‘छोडिगए पाप लाग्ला’, ‘देशदेखि परदेश’लगायतका फिल्ममा अभिनय गरेर चर्चा बटुलेकी थिइन ।

८. झरना ब्रजाचार्य
सन्तान : इशान



पछिल्लो समयमा आमा बनेकी अर्की नायिका हुन्—झरना ब्रजाचार्य । उनले २८ चैत २०७२ मलेसियामा छोरा जन्माएकी हुन् ।

सन् २०१५ को मार्चमा भारतीय मूलका अमेरिकन ब्यवसायी राहुल अग्रवालसँग झरनाले लगनगाँठो कसेकी थिइन । उनी त्यसअघि नेपाली फिल्ममा सक्रिय रहेकी थिइन ।

सन् १९९७ की नेपाल सुन्दरी झरना नेपाली फिल्म दुनियाँमा सर्वाधिक आकर्षक नायिका मानिन्छिन् । उनले कुनै समय ‘म्युजिक भिडियो क्वीन’को छवि समेत बनाएकी थिइन ।
सन् १९९७ मा ‘हतियार’ सिनेमाबाट फिल्म क्षेत्रमा झरनाले डेब्यु गरेकी थिइन । उनले ‘लभ इन नेपाल’, ‘परेनी माया जालैमा’, ‘सिउदोको सिन्दुर’, ‘बादल पारी’, ‘कोही मेरो’लगायतका सिनेमामा अभिनय गरेकी छन । सन् १९८१ मा जन्मेकी झरनाले सिद्धार्थ बनस्थलीकी पढेकी हुन । सोसोलोजीमा डिग्री गरेकी झरनालाई वौद्धिक नायिका मानिन्छिन ।

ध्यान र पढ्न लेखनमा पनि उतिकै रुची भएकी नायिका हुन्, उनी । पहिलो सन्तान नै हुर्काइरहेकाले झरना पनि फिल्ममा कमब्याक हुने हुन वा होइनन् अहिल्यै भन्न सकिने अवस्था छैन ।

९. माल्भिका सुब्बा
सन्तानः जाइर रिओ




सन् २००२ की नेपाल सुन्दरी हुन्—माल्भिका सुब्बा । आमसञ्चारकी स्नाकोत्तर माल्भिकाको परिचय यतिमा मात्र सिमित छैन् । उनी अभिनेत्री, मोडल, सञ्चारकर्मीका साथै उद्यमी पनि हुन् ।

२०३८ सालमा जन्मिएकी सुब्बाले ‘गड लाइभ इन द हिमालयज, गुड बाई काठमाडूलगायतका फिल्ममा अभिनय गरेकी छिन् । माल्भिका अभिनयमा मात्र रमाइनन्, उनले फिल्म निर्माणमा पनि हात हालिन । केही समयअघि मात्र उनले निर्माण गरेको सिनेमा ‘हाउ फन्नी’ रिलिज भएको थियो ।

सञ्चारकर्मीका रुपमा कल कान्तिपुरलगायतका केही टेलिभिजन कार्यक्रममा समेत काम गरेकी माल्भिकाले लाइस्टाइल र फेशनसँग सम्बन्धित एक म्यागेजिनको प्रधान सम्पादकको जिम्मेवारी पनि सम्हालिन । उनले आफ्नै लगानीमा राजधानीमा एक लुगा पसल पनि सञ्चालनमा ल्याएकी छिन् ।

माल्भिकाले वि.सं. २०६९ सालको बैशाखमा रियाज श्रेष्ठसँग प्रेम विवाह गरिन् । त्यसको ४ वर्षपछि गत २ बैशाख २०७३ मा उनले पहिलो सन्तानका रुपमा छोरा जाइर रिओ सुब्बालाई जन्म दिएकी हुन् । आमा बनिसकेपछि माल्भिकाले सिनेमामा पुनरागमन गर्छिन कि गर्दिनन् त्यो भने निश्चित भइसकेको छैन् । किनभने, अहिले उनी सन्तान हुर्काउनमा ब्यस्त छिन् ।

१०. सुष्मिता बम्जन
सन्तानः अनमोल


सुष्मिता बम्जन कुनै समयकी नेपालकी गनिएकी हिरोइनमा हुन् । दार्जिलिङमा जन्मिएकी यी नायिकाको चर्चा त्यतिबेला चुलियो जब उनी भुवन केसीकी दोस्रो पत्नी बनिन् ।

‘नेपालीबाबु’, ‘त तँ साह्रै बिग्रिस नि बद्री’, ‘सुपर स्टार’, ‘तिमी बिना मरिहाल्छु नि’जस्ता सिनेमामा देखिएकी यी नायिका भुवन केसीसँग विवाह पछि सुष्मिता केसीका नामले चिनिन् थालिन् ।

भुवन र सुष्मिताका अहिले छोरा छन्—अनमोल केसी । आपसी विवादपछि अहिले सुष्मिता र भुवन अलग—अलग बस्दैं आएका छन् । यो जोडीका छोरा अनमोल केसी भने अहिले सर्वाधिक चर्चामा रहेका युवा स्टार नायक हुन् ।

आमा बनेपछि सुष्मिताले फिल्ममा कमब्याक त गरिन् तर उनको कमब्याक पनि जबरजस्त हुन सकेन । अहिले उनी आफ्ना छोरा अनमोलको नाममा अनमोल क्रियसन नामक फिल्म निर्माण कम्पनी दर्ता गरेर फिल्म निर्माणमा सक्रिय बनेकी छिन् । उनले यही ब्यानरमा ‘म त तिम्रै हो’ भन्ने सिनेमा निर्माण गरिसकेकी छिन् ।नेपालीपत्रबाट

Loading...

म बिहेपछिको सेक्समा विश्वास गर्छु, सेक्स र बिहे दुबै मेरो जीवनमा भएका छैनन् - सलमान खान..




नायक सलमान खान विभिन्न समयमा विवादास्पद बयानका कारण चर्चामा आउने गर्छन् । सलमानका बयानहरुले मिडियामा पाउने चर्चाले उनलाई लामो समयसम्म विवादमा तानिदिएको हुन्छ ।

केही महिना अगाडि उनले दिएको ‘रेप’ सम्बन्धी बयानले उनी लामो समयसम्म बिबादमा तानिए । उनै सलमानले मुम्बइमा आयोजित पत्रकार सम्मेलनमा एउटा बयान दिएका छन्, जसले फेरि उनलाई चर्चामा ल्याइदिएको छ ।

मुम्बइमा भाइ सोहिल खानको निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका सलमानले आफ्नो बिहे र शारीरिक सम्बन्धका बिषयमा बोलेका छन् । ट्रेलरमा एक संवाद छ, जसमा मुख्य कलाकार नवाजुद्दिनलाई ‘सेक्स’ भनेर सोध्दा उनले भनेका छन्-‘म चाहन्छु तर बिहे भन्दा अगाडि यस्तो सम्बन्ध राख्नु हुदैन भनेर मेरी आमा भन्नुहुन्छ ।’ उनलाई उनको जेन्डरको बिषयमा सोधिएको हुन्छ ।

यही बिषयमा सलमानसँग पत्रकारले प्रतिक्रिया मागेका थिए । जसमा सलमानले भने-‘म बिहेपछिको सेक्समा विश्वास गर्छु । सेक्स र बिहे दुबै मेरो जीवनमा भएका छैनन् ।’

सलमानको यो बयानले फेरि सामाजिक संजालमा चर्चा पाएको छ । सलमानले निर्माता करण जोहरको एक टक शोमा पनि आफू ‘भर्जिन’ रहेको बताएका थिए ।
 डीसी नेपालबाट साभार

Loading...

स्वीमिङमा प्रतिश्पर्धा गर्नु अघि गौरिकाको पोशाक कसरी च्यातियो ?.....हेर्नुहोस


काठमाडौं /  रियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडीका रुपमा विश्वमै चर्चित भएकी नेपालकी जलपरी गौरिका सिंहको ‘स्वीम सुट’ अचानक च्यातियो ।

प्रतिश्पर्धामा उत्रनु अघि आफ्नो स्वीम सुट च्यातिएपछि गौरिका अन्यौलमा परिन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गौरिकाले लन्डनमा रहेका आफ्ना नियमित प्रशिक्षकलाई तत्कालै म्यासेज गरिन् र आफ्नो पोशाक च्यातिएको जानकारी दिइन् । उनले सोधिन्, ‘मेरो पोशाक च्यातियो, म पोशाक परिवर्तन गरौं वा यत्तिकै प्रतिश्पर्धामा जाऔं ?’

उनलाई लन्डनबाट प्रशिक्षकले सन्देश दिए– ‘पोशाक परिवर्तन गरेर प्रतिश्पर्धामा जाऊ ।’

समाचार एजेन्सीहरुका अनुसार गौरिकाले आफ्नो स्वीम सुट माथि तान्ने कोसिस गरिरहँदा उनको नङले प्वाल पारेको थियो ।

१०० मिटर ब्याक स्ट्रोकमा प्रतिश्पर्धा गरेकी गौरिकाले अर्को चरणमा स्थान बनाउन नसके पनि उनी अन्तर्राष्ट्रिय संचारमाध्यममा छाउन सफल भएकी छन् । विश्वका विभिन्न संचारमाध्यमले उनको प्रशंसा गरेका छन् ।

इमेज खबर बाट साभार –

Loading...

फराह भन्छिन्,’निर्णय गर्न शाहरुख बेकार, सलमान इमान्दार’....हेर्नुहोस्


एजेन्सी,साउन २१। बलिउडकी फिल्म एवं नृत्य निर्देशक फराह खान डान्समा मात्रै नभइ बोल्नमा पनि चर्चित छिन्। बेला बेलामा उनको बोलीले बलिउडमा हंगामा मच्चिने गरेको छ।उनले फेरि बलिउडमा उक पटक बोलेर सनसनी मचाएकी छिन्।

भारतमा हुने रियालिटी शो डान्स कम्पिटिशन ‘झलक दिखला जा’ सिजन ९को निर्णायक रहेको उनले करण जौहरलाई बुढो मान्छे भनेर घोषणा गरिदिएकी छन्। यति मात्रै नभइ उनले बलिउडकी किङ खान शाहरुख खानलाई निर्णय गर्न कमजोर अनि बेकार भनेकी छन् भने सुपरस्टार सलमान खानलाई इमान्दारको संज्ञा दिएकी छन्।
salman_farah5उनका अनुसार करण जौहर अब कुनै पनि शो को निर्णय गर्न सक्ने क्षमता राख्ने हैसियत आफूमा भित्र्याइसकेको जज हो।यसअघि करण ‘झलक दिखला जा’ सिजन-४ को निर्णायक भएर काम गरिसकेका छन्। तर यो विषयमा शाहरुख खान निकै कमजोर देखिएको उनको भनाई छ।

उनका अनुसार शाहरुखले जो कसैलाई पनि भावनामा बगेर पूरापूरी नम्बर दिनेको गरेको छ भने सलमान खान यस विषयमा इमान्दारीले काम लिने गरेको र कलाकारले कला देखाएको आधारमा नम्बर दिने गरेको छ।

उनी भन्छिन्, ‘निर्णय गर्नमा सलमान खानको सोच गजबको छ, उनी यस विषयमा इमान्दारीले काम लिन्छन् र बिना भावनामा बगेर नम्बर पनि दिने गर्छन्।’


धेरै डान्स शोको निर्णायक रहेसकेकी फराह भन्छिन्,’जब कुनै रियाली शो टीभी च्यानलमा आउँछ म अवश्य पनि हेर्ने गरेको छु। त्यसमा भएको कमीकमजोरी र सल्लाह सुझाव उक्त शोको जज र च्यानललाई भन्ने गरेको पनि छु।’

यसका साथै सलमान खानको सञ्चालन गर्दै आएको बिगबोस पनि हेर्ने गरेको र आफ्नो सल्लाह सुझाव सलमानसँग सेयर गर्ने गरेको उनको यो पटक भने ‘झलक दिखला जा’ सिजन ९ मा ज्याकलिन फर्नान्डिस निर्णायकको भूमिकामा आउने बताइएको छ।
Loading...

जन्मदिनमा आर्यनः हेर्नुहोस् चकलेटी हिरोका बालापनदेखि किशाेर अवस्थाका १० तस्बिर.....हेर्नुहोस

Loading...

वि.सं. २०७३ साल साउन २१ गते। शुक्रबार। इश्वी सन् २०१६ अगस्ट ५ तारिख।


वि.सं. २०७३ साल साउन २१ गते। शुक्रबार। इश्वी सन् २०१६ अगस्ट ५ तारिख। नेपाल संवत् ११३६ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– तृतीया, २६:२० बजेउप्रान्त चतुर्थी।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मेहनत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ। (नेपाली पात्रो)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

Taurusसाझेदारीमा समस्या आउनुका साथै पहिलेको सम्झौता भंग हुने सम्भावना देखिन्छ। परिस्थितिले त्यति साथ नदिन सक्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। आमाको माध्यमबाट काम बनाउन सकिनेछ। (नेपाली पात्रो)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

प्रतिस्पर्धीहरूले हार खानेछन् भने चिताएका काम सजिलै सम्पादन हुनेछन्। पहिलेको मेहनत आम्दानीवर्द्धक हुनेछ। हिम्मतले काम लिँदा मनग्य फाइदा हुनेछ। अवसरका लागि केही जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्राप्त हुन सक्छ। लगनशीलताले जीवनशैलीमा परिवर्तन आउन सक्छ। सोखले खर्च बढाए पनि भौतिक साधन प्राप्त हुने सम्भावना छ। (नेपाली पात्रो)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ। दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ। सहयोगीहरूले साथ दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै मनग्य धन आर्जन हुने समय छ। (नेपाली पात्रो)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। (नेपाली पात्रो)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। (नेपाली पात्रो)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साझेदारीबाट पनि लाभ मिल्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुनेछ। (नेपाली पात्रो)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। विशेष भेटघाटले उत्साह बढाउला। समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। (नेपाली पात्रो)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काममा बाधा पुग्नेछ। जिम्मेवारी भने बढिरहनेछन्। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। ढिलासुस्तीले अवसर गुम्न सक्छ। मेहनत गर्दा सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। (नेपाली पात्रो)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। केही चुनौती सामना गर्नुपर्ला। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ। (नेपाली पात्रो)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत प्राप्त हुन सक्छ। कामको चापबाट पनि फुर्सद पाइनेछ। (नेपाली पात्रो)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्ति हुन सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आलस्य गर्ने बानीले पछि परिनेछ भने मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। (नेपाली पात्रो)
Loading...

दिपक र म बीच कुनै सम्बन्ध भाको छैन , दिपक विवाहित नभएको भए....पुरा पठ्नुहोस


नेपाली सिने क्षेत्रमा ठूलो र सानो पर्दा दुवैमा जमेकी सीमित कलाकारमा मध्ये पर्छिन् दीपा श्री निरौला ।

त्यतिमात्र होइन उनी नेपाली सिने क्षेत्रमा पाको उमेर सम्म विवाह नगरी बस्ने सीमित कलाकारको सूचीमा पनि अग्रस्थानमै छिन् ।



नेपाली हेडलाइन्ससँग दीपाले यौन अनुभव, विवाहको चाहाना देखि कलाकारिता सम्मका विषयमा अन्तरंग कुरा खुलेर गरेकी छिन् ।


प्रस्तुत छ हेडलाइन्सका महेश चौरसिया र गोकर्ण लामिछानेले दीपासँग गरेको अन्तरंग कुराकानिः


व्यस्त दिनचर्याकाबीच व्यक्तिगत समय कसरी निकाल्नु हुन्छ ?

खासै गाह्रो हुदैन । समय मिलायो भने सवै काम सम्भव हुनेरहेछ । सार्वजनिक मान्छेको व्यक्तिगत जीवन हुदैन भन्छन् । त्यसैले कामलाई बढी प्राथमिकता दिन्छु ।

‘तितोसत्य’ सुरु भएकै झन्डै १३ वर्ष पुगिसक्यो ।

यसरी हप्तैपिच्छे कार्यक्रम तयार गर्नुपर्दा विषयबस्तु कसरी छान्नुहुन्छ?

राजनीतिक अवस्था अस्तव्यस्त भएको मुलुकमा सामाग्रीको अभाव नै हुदैन । कार्यक्रमको मुख्य सामाग्री नै राजनीतिक व्यंङ्गमा आधारित हुन्छ ।



राजनीति सुध्र्यो भने कन्टेन्टको अभाव होला नि त ?

म त भन्छु बरु कार्यक्रम बन्द भए होस् तर राजनीति सुर्धे हुन्थ्यो ।

‘छ एकान छ’ फिल्मले राम्रै सफलता पायो । अर्को फिल्म पनि बनाउने होला नि त ?

‘वडा नम्बर छ’ फिल्म बनाउने तयारी हुदैछ । स्क्रिप्ट लेख्ने काम भइरहेको छ ।

‘छ’ लाई नै किन छान्नु भएको हो ?

‘छ’ हाम्रो लकी नम्बर सावित भयो ।

थुप्रै नेपाली चलचित्र असफल भइरहेको सन्दर्भमा ‘छ एकन छ’ ले राम्रै व्यापार गर्यो । खासमा फिल्म चल्ने आधार के हो ?

कथाबस्तु, लोकेसन अनि प्रस्तुति ।

‘अग्निपथ’ चलचित्रबाट तपाईले ठूलो पर्दामा सुरुवात गर्नुभएको थियो । फेरि बीचमा किन हराउनु भयो ?

म आफूलाई एउटा नायिका भन्दा पनि कलाकारका रुपमा लिन्छु । उसो त नायिका हुने त हरेकलाई रहर हुन्छ तर प्रस्ताव आएका रोलहरु नै त्यति मन परेनन् । तितो सत्यमा पनि व्यस्त भइयो । बडा नम्बर छ को तयारी हुदैछ त्यसैमा देखिनेछु ।

कलाकार असफल हुनुको कारण के लाई मान्नुहुन्छ ?

अनुहार, जीउ, बोली र हाउभाउ सुहाउदो रोल मात्रै गर्नु पर्छ । तर जो पायो त्यही रोल गर्यो भने कलाकार मात्र होइन फिल्म पनि चल्दैन ।

कलाकारलाई प्रशंसा कतिको आवश्क छ ?

प्रशंसाले प्रोत्साहन गर्छ । सायद मैले दर्शकको माया र प्रशंसा नपाएको भए यहासम्म पुग्न सक्थेन ।

अहिलेसम्म बिहे किन गर्नु भएन ?

राम्रो केटा नै भेटिएन (लामो हासो) । हेर्नुस् विवाह भन्ने कुरा भाग्यमा लेखेरै आउनु पर्छ । ५५ वर्ष भएपछि राजेश दाईले अस्ति भर्खर बिहे गर्नुभयो । हतार गर्न हुदैन । भाग्यमा लेखेको बेला केटा पनि भेटिन्छ बिहे पनि हुन्छ ।

राजेश हमालले त बिहे गरिसके अब तपाईले बिहे कहिले गर्नुहुन्छ ?

अब धेरै ढिलो धेरै हुदैन । कम्तीमा दुई वर्ष भित्र म पनि बिहे गर्छु । राजेश दाई अविवाहित हुदा बिहेको प्रश्नबाट मलाई पन्छिन सजिलो थियो । अब त झन् अप्ठयारो पो भएछ ।

राजेश हमालको बिहेले तपाई किन अप्ठयारो ?

अविवाहित संघको अध्यक्ष (राजेश हमाल) ले बिहे गरिसकेपछि बाकी सदस्यहरुलाई अप्ठयारो हुदैन त ? दाई अध्यक्ष सम्हालिरहनु भएको थियो । बिहे कहिले गर्ने भनेर राजेश दाईलाई सोधिने प्रश्न म तिर तेर्सिएको छ । अब मैले सोध्नु पर्यो, राजेश दाई यति चाडै किन बिहे गर्नु भएको ?

यति लामो समय एक्लै जिम्दगी बिताउन गाह्रो हुदैन ?

हुदैन । म त मेडिटेशन (ध्यान) गर्छु । त्यसैले ध्यान अन्त जादैन । त्यसो त एक्लै बस्न त को नै चाहन्छ र हतार छैन । राम्रो केटा भेटे बिहे गर्छु । प्रस्तावहरु थुप्रै आए तर गतिलो भएन ।

प्रेम प्रस्ताव कतिको आउछ ?

थुप्रै आउछ । अचेल कम भइसक्यो । सुरुमा लव लेटर लेखेर, बाटोमा भेटेर प्रेम प्रस्ताव गर्नेले हैरानै बनाउथे । ३० वर्ष उमेर कटिसकेपछि प्र्रेम प्रस्ताव आउन छोड्छ । केटीलाई प्रेम प्रस्ताव आएन भने त त्यो केटी नै होइन नि । प्रोपेज नआउने त्यो महिला महिला होइन महेला हो ।

कस्तो केटाको खोजीमा हुनुहुन्छ ?

मलाई रुप राम्रो भन्दा मन राम्रो भएको केटा चाहिन्छ । अहिले पनि ‘भेकेन्सी ओपन’ छ ।

तपाईलाई प्रेमको अनुभव छ ?

विद्यार्थी छदा मैले पनि मायाँ गरे । बिहे गर्ने मोडमा पुगेको थिए । तर त्यो प्रेम असफल भयो । एक पटक प्रेममा धोका पाएपछि कसैसंग माया नै बसेन ।

अनि सेक्सको अनुभव नि ?

भएन । यो नितान्त निजि कुरा हो तर मलाई सेक्सको अनुभव छैन ।

दिपकराज गिरीसंग काम गरेको दशकौं भइसक्यो । रिल लाइफमा तपाईहरु पतिपत्नि हुनुहुन्छ । वास्तविक जीवन हामी पतिपत्नि भए हुन्थ्यो जस्तो लाग्दैन ?

दिपक र मेरो जोडी परफेक्ट छ । ऊ विवाहित नभएको भए हामी बिहे गर्थ्यौं । नेपालको कानुनले पनि बहुविवाहको छूट दिएको भए म दिपकसंग बिहे गर्थे ।

अन्त्यमा केही भन्नु छ?

  • दर्शकले यसरी नै माया गर्दिऊन् बाँकी पुगेकै छ । स्रोत - साभार / हाम्रो संदेश
Loading...

सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा बिताए सलमानले....हेर्नुहोस्....


अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वाधिक सफल कलाकार हुन् ।

तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ । मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए । जब सलमानले सोही स्टूडियोमा दीपिका पादुकोण पनि सुटिङमा व्यस्त रहेको थाहा पाए, उनले छायांकन नै रोकिदिए । आफ्नो छायांकन रोकेर उनी दीपिका भएको स्थानमा पुगे ।

दीपिका र सलमानले छायांकन रोकेर करिब २ घन्टा गफमा बिताएको भारतीय मिडियाको दाबी छ । दुबैले छायांकन रोकेर गफमा व्यस्त भएपछि उनीहरुको यूनिट पनि हैरान भएको थियो । सलमान र दीपिकाले एक नयाँ प्रोजेक्टमा एकसाथ काम गर्ने चर्चा छ । सायद, यी दुइको गफ यही बिषयमा थियो कि ?अनलाइन खबरबाट साभार

Loading...

सबिन श्रेष्ठको ‘हिरो रिटर्न्स’को घोषणा,भदौबाट फ्लोरमा जाँदै.....हेर्नुहोस्



काठमाडौं, एक्शन नायक सबिन श्रेष्ठको फिल्म ‘हिरो रिटर्न्स’को औपचारीक घोषणा भएको छ । आयोजित एक पत्रकार सम्मेलनमा ‘हिरो रिटर्न्स’फिल्मस्का निर्माण पक्ष र पत्रकारहरुको बीचमा घोषणा भएको हो ।


सबिन श्रेष्ठको प्रस्तुती रहने ‘हिरो रिटर्न्स’ फिल्मलाई चन्द्र गौतमको निर्माणमा आशिष भेटवालले निर्देशन गर्ने भएका छन् । त्यस्तै फिल्ममा भिम न्यौपाने र सहदेव गौतम को पनि लगानी रहनेछ । फिल्मको छायाङकन भदौ बाट सुरुहुने निर्माण पक्षल जानकारीे गराएका छन् ।


फिल्मको छायाङकन भने काठमाण्डौ, विरगञ्ज, हेटौडा लगाएतका ठाउँहरुमा गरीने भएको छ । कमेडी एक्सन जन्र्मा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन रहनेछ ।

निर्माण हुन लागेको फिल्म हिरो रिटन्र्समा सबिन श्रेष्ठ,रेखा थापा,दिल श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको अभिनय रहने भएको छ । फिल्मकी लीड नायिका रेखा थापाले कार्यक्रममा बोल्दै सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् ।
कार्यक्रममा उपस्थित चलचित्र निर्देशक उज्वल घिमिरे, चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार
कार्यक्रममा बोल्दै उक्त फिल्मका निर्माता चन्द्र गौतमले ‘दमदार’पछि दोश्रो चलचित्र निर्माणमा उत्रिएको बताए । त्यस्तै नायक दिल श्रेष्ठ फिल्म ‘पर्खिराख है’ पछि हिरो रिटन्र्स फिल्ममा देखिदै छन् ।न्युज 24 बाट
Loading...

चलचित्र कृ मा अनमोलसँग यि यूवतीले गर्नेछिन् रोमान्स.....हेर्नुस भिडियो..

Loading...

‘कृ’मा अनमोलकी हिरोइन बन्नेछिन् अदिती, जान्नुहोस् को हुन् उनी ?.....हेर्नुहोस





अन्तत, नायक अनमोल केसीले आफ्नो पाचौ प्रोजेक्टमा पनि नयाँ नायिकासँग नै रोमान्स गर्ने भएका छन् । उनले काम गर्न लागेको नयाँ चलचित्र ‘कृ’का लागि नायिका फाइनल गरिएको छ । अघिल्ला ४ चलचित्रमा पनि उनले नयाँ नायिकासँग नै काम गरेका थिए ।

अनमोलले यो चलचित्रमा काम गरेवापत्त २० लाख पारिश्रमिक लिएका थिए । अनमोलले काम गर्ने संझौता भएकै दिनबाट यसको निर्माणपक्षले नायिकाको खोजी गरेको थियो । नायिकाका लागि ३० जनाले निवेदन दिएका थिए ।

जसमध्येबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ ।Aditi (1) Aditi (4)
चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह-निर्माता हुन् । चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् । यो चलचित्रका लागि अहिले नायक अनमोल केसी विभिन्न तालिम लिइरहेका छन् । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

चलचित्र ‘कृ’को मेकिङ, कथावस्तुमा विशेष ध्यान दिएर काम भैरहेको निर्देशक पौडेलले जानकारी दिए ।

को हुन् अदिती ?
चर्चित ब्यानरका साथमा अहिलेका सुपरस्टार नायक अनमोल केसीसँग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन्


अदितीले भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको बताएकी छिन् । भारतका चर्चित डिजाइनरका डिजाइनमा बनेका पहिरनमा विज्ञापन र प्रिन्ट एडमा पनि काम गर्न लागेको अदितीको भनाई छ । ‘कृ’को अडिसन दिएर उनी मुम्बइ पुगेकी छिन् ।

सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् । झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन् ।

अदितीलाई ज्वेलरीको विज्ञापनमा धेरै देख्न सकिन्छ । चर्चित ब्यानरका साथमा नायक अनमोल केसीसँग काम गर्न पाएकोमा उनले खुशी व्यक्त गरिन् । यसको निर्माणपक्षले नायक-नायिक फाइनल भएसँगै अन्य कामलाई धमाधम अगाडि बढाइने बताएको छ । ‘मेकिङमा कुनै संझौता नगरि काम गर्ने र एक उत्कृष्ट चलचित्र दिने प्रयासमा हामी छौ’, निर्माता सुवास गिरीले भने ।अनलाइनखबर बाट

Loading...

बेइज्जत हुने डरले यी अभिनेत्री गइनन् कार्यक्रममा.....हेर्नुहोस्

बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री ज्याकिलन फर्नानडेजले फिल्म ‘ढिसुम’ को प्रोमोशन गर्न एक कमेडी सोमा जान अस्वीकार गरेकी छिन् । टिभी सो ‘कमेडी नाइट्स बचाओ’ जान उनी नमानेकी हुन् । एकपटक अनुभव सम्हाली सकेकी ज्याकलिनले पछिल्लो अनुभव अझै भुल्न नसकेका कारण पनि उक्त सोमा जान नचाहेको बताएकी छिन् ।

उक्त सोमा जो सेलिब्रिटी आएपनि कृष्ण अभिषेक तथा भारती सिंह लगायत अन्य कलाकारबाट बेइज्जत हुनुपर्ने भएको कारण पनि उनी उक्त सोमा जान नचाहेकी हुन् । यस सोको फर्माट नै त्यसरी नै बनाइएको छ ।यस अधि ऋतिक रोशन तथा अक्षय कुमारले पनि उक्त कार्यक्रममा जान अस्वीकार गरिसकेका छन् । फिल्म हाउसफुलको प्रोमोशनका लागि ज्याकलिन यस अधि उक्त कार्यक्रममा पुगेकी थिइन् ।

लीजा हेडनबारे एकदम नराम्रो कमेन्ट भएपछि ज्याकलिन एकदम डराएकी थिइन् । ज्याकलिनले पछि एपिसोडमा धेरै नै बैइज्जत भएको र धेरै कुरा हटाएर प्रस्तुत गरिएको थियो । त्यसका ज्याकलिनले उक्त कार्यक्रममा जस्तोसुकै अवस्थामा भएपनि नजाने बताएकी छिन् ।
पुर्बेली न्युजबाट साभार
Loading...

शाहरूखका छोराले 'धुम ५' बाट बलिउडमा डेब्यू गर्ने !.....



फिल्मी परिवारभन्दा बाहिरबाट बलिउड आएका शाहरूख खान आज बलिउडका शीर्ष नाम हुन्। उनै शाहरूखका छोरा पनि बलिउडमा डेब्यू गर्ने चर्चाहरू चल्न थालिसकेको छ। एक भारतिय संचारमाध्यमका अनुसार शाहरुखका छोरा आर्यन खानले बल्कबस्टर एक्सन फ्रान्चाइज 'धुम ५' बाट डेब्यू गर्नेछन्।

सार्वजनिक भएको समाचारमा शाहरूख तथा 'धुम' सिरिज निर्माण कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया जनाएका छेनन्। हाल 'धूम ४' फिल्मको कास्टिङ्को काम चलिरहेको छ। फिल्ममा सलमान खान वा रणविर सिंह मध्ये एक मुख्य भिलेनका रूपमा देखिने बताइदै आइएको छ।

मिडियामा यस्ता समाचार यसअघि सार्वजनिक हुँदा शाहरूखले छोराको पढाइ सकिएपछि यसबारेमा सोचिने बताउँदै आएका छन्।सेतोपाटीबाट सभार

Loading...

अर्काको घरमा कान्छी बुढि भएर जाने नेपाली हिरोईनहरु को को हुन् .....हेर्नुहोस भिडियो.

Loading...

अनमोल के.सी. आफु हिजडा (गे) भन्ने हरुलाई गतिलो जवाफ .....हेर्नुहोस (भिडियो सहित)

Loading...

हेर्नुहोस गाजालू .....






Loading...

चर्चित नेपाली नायकहरुको बास्तबिक उमेर-राजेश हमाल देखी अन्मोल के.सी सम्मको.....हेर्नुहोस {भिडियो शहित}

Loading...

यी कलिला नानीको मन छुने स्वर सुनेर तपाई मन्त्रमुग्ध बन्नु हुनेछ.....

Loading...

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger