शाहरूखका छोराले 'धुम ५' बाट बलिउडमा डेब्यू गर्ने !.....
फिल्मी परिवारभन्दा बाहिरबाट बलिउड आएका शाहरूख खान आज बलिउडका शीर्ष नाम हुन्। उनै शाहरूखका छोरा पनि बलिउडमा डेब्यू गर्ने चर्चाहरू चल्न थालिसकेको छ। एक भारतिय संचारमाध्यमका अनुसार शाहरुखका छोरा आर्यन खानले बल्कबस्टर एक्सन फ्रान्चाइज 'धुम ५' बाट डेब्यू गर्नेछन्।
सार्वजनिक भएको समाचारमा शाहरूख तथा 'धुम' सिरिज निर्माण कम्पनीले कुनै आधिकारिक प्रतिक्रिया जनाएका छेनन्। हाल 'धूम ४' फिल्मको कास्टिङ्को काम चलिरहेको छ। फिल्ममा सलमान खान वा रणविर सिंह मध्ये एक मुख्य भिलेनका रूपमा देखिने बताइदै आइएको छ।
मिडियामा यस्ता समाचार यसअघि सार्वजनिक हुँदा शाहरूखले छोराको पढाइ सकिएपछि यसबारेमा सोचिने बताउँदै आएका छन्।सेतोपाटीबाट सभार
Loading...
लेबल:
Entertainment
,
News
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें