सुनसरी । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत एक युवती आत्महत्या गर्ने भन्दै बनारस पुगेको अवस्थामा नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ। सामाजिक सञ्जालबाट आत्महत्या गर्ने सूचना पाइएकै आधारमा महानगरीय अपराध महाशाखाले ती युवतीलाई उद्धार गरेको हो। एमबीबीएस अध्ययन गरिरहेकी ती युवतीले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा आत्महत्या गर्न लागेको स्टाटस पोस्ट गरेकी थिइन्।
प्रहरीका अनुसार स्टाटस पोस्ट गरेलगत्तै उनी जोगवनीबाट सिधै बनारसतर्फ लागिन्। सो स्टाटस पोस्ट गरेपछि आफूसँग भएको मोबाइलसमेत सम्पर्क विच्छेद गरेर उनी बनारसतर्फ गएकी थिइन्। उनको स्टाटस पढेपछि परिवार निकै चिन्तित बन्यो। उनको परिवारका सदस्य तत्कालै महानगरीय अपराध महाशाखामा सो सूचना लिएर पुग्यो। ती युवतीकी आमा र बहिनीले सो घटनाबारे सवै कुरा महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सवेन्द्र खनाललाई बतएपछि खनालले तत्कालै मोरङ प्रहरीमा सम्पर्क गरी उद्धारमा खटाए।
कपिलबस्तु स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएकी उनकी आमा र बहीनीले सो घटनापछि निकै तनाबमा थिए। उनको आमाको मोबाइल भारतीय नम्बरबाट मिसकल आएको थियो। स्टाटस पोस्ट गरी मोबाइल स्विच अफ गरेपछि आमा तनाबमा परेकी हुन्। आमाको मोबाइलमा आएको भारतीय नम्बरमा कल गरी विराटनगर प्रहरीलाई त्यसको लोकेसन दिई भारतीय प्रहरीलाई समेत सहयोग मागेका थिए।
स्रोतका अनुसार भारतीय नम्बर जोगबनीनजिकै रहेको रेल्वे स्टेसनमा कार्यरत आरटीओको रहेको पत्ता लागेको थियो। खनालले सोधपुछ गरेपछि युवतीले आफूसँग मोबाइल नभएको र घरमा फोन गर्न मोबाइल मागेको बताएको स्टेसनका कर्मचारीले जानकारी दिएका थिए। राजधानी दैनिकखबरबाट साभार
Enjoy Yourself
Loading...




एक टिप्पणी भेजें