Latest Updates :

स्वास्थ्य खबर : भर्जिन के हो? महिलाहरूको भर्जिनिटी कसरी नाप्ने ?? जानी राखेोँ.....हेर्नुहोस...

SHARE THIS POST :
सेक्स भनेको ९० प्रतिशत मानसिक कार्य हो, १० प्रतिशतमात्रै शारीरिक कार्य हो। जबसम्म हामी मानसिक रूपमा आफूलाई फिट राख्न सक्दैनौँ, तबसम्म हामी सेक्समा सन्तुष्टि प्राप्त गर्न सक्दैनौँ।’ सेक्स भनेको कला पनि हो। यस कलालाई जसले राम्रोसँग ह्यान्डल गर्न सक्छ, उसैले आनन्द उठाउन सक्छ। सेक्सलाई जटिल ठान्नेहरूको जीवन जहिले सदा तनावमा बित्छ।

डा. शाक्य भन्छन्, ‘दिमागमा रहेका अनावश्यक भ्रम नहट्दासम्म स्खलितमात्रै हुन सकिन्छ, सेक्सको असली आनन्द लिन सकिन्न।’ सेक्स सम्बन्धी केही भ्रम कुमारीत्व : आफूले बिहे गरेर भित्याएकी श्रीमती कुनै पनि हालतमा कुमारी नै हुनुपर्छ भन्ने मान्यता धेरै पुरुषमा हुने गर्छ।

बिहेको पहिलो रात सहवास गर्दा श्रीमतीको योनीबाट रगत बग्नुपर्छ भन्ने भ्रम राख्नेहरू धेरै छन्। सेतो तन्नामा रगतको टाटो बस्यो भने मात्र श्रीमती कुमारी रहिछ भनी मान्नेहरू यही समाजमा छन्। तर, यो सोह्रै आना गलत हो। चिकित्सकका अनुसार को कुमारी हो, को कुमारी होइन, प्रमाणित गर्न निकै गाह्रो छ।

योनी मार्गमा हुने एक प्रकारको झिल्ली, जसलाई हाइमन भनिन्छ, त्यो पहिलो पटक यौन सम्पर्क गर्दा च्यातिन्छ र रगत बग्छ भन्ने भ्रमका आधारमा कुमारीत्वको मापन गर्ने विधि अव्यवहारिक र मूर्खतापूर्ण भएको बताउँछन् चिकित्सक।

वीर अस्पतालकी यौन तथा चर्मरोग विशेषज्ञ डा. अनुपमा कार्की कुमारीत्वको मापन गर्न नसकिने बताउँछिन्। भन्छिन्, ‘हाइमनको आधारमा को कुमारी हो, को होइन, त्यो मेडिकल्ली प्रमाणित गर्न गाह्रो छ।’ साइकल चढदा, कसरत गर्दा, उफ्रँदा, हस्तमैथुन गर्दा पनि हाइमन च्यातिन सक्छ। धेरैजसो युवतीमा हाइमनले पूरै योनीमार्ग ढाकेको पनि हुँदैन। यो चन्द्राकारको पनि हुन्छ।

 यस्तो आकारको हाइमन भएकाहरूको बच्चा जन्माइसकेपछि यो झिल्ली ज्युँका त्युँ रहन्छ। ‘त्यसैले यसलाई आधार बनाएर कुमारीत्वको बारेमा सोच्नु भनेको सेक्स लाइफलाई सदाका लागि बर्बादीतिर धकेल्नु हो,’ मनोचिकित्सक डा. शाक्य भन्छन्। ‘बिहे नभएकी केटी’- बस्, कुमारीको परिभाषा यही हो।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger