साउन १२, रुपन्देहीको भैरहवामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
ट्रकको ठक्करबाट ८ वर्षीय बालक रोहित खतिवडाको मृत्यु भएको हो । उक्त दुर्घटनामा परि बालकका आमाबुवा गम्भीर घाइते भएका छन् ।
मंगलबार बेलुका बुद्धचोकमा ना ६ ख २९१९ नम्बरको ट्रकले लु २१ प ८९३० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक भैरहवाका ३२ वर्षका बालकृष्ण खतिवडा र आमा २८ वर्षकी गंगा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले घाइते दुवैको भैरहवामा उपचार भइरहेको जनाएको छ । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें