काठमाडौ, २४ साउन । नेपाली पौडीबाज गौरिका सिंहलाई भारतीय सञ्चारमाध्यमले भारतीय नागरिक भनेर समाचार लेखेपछि उनले आपत्ति जनाएकी छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई भारतीय भनेकोमा आपत्ति जनाएकी हुन् । गौरिकाले लेखेकी छिन्– ‘कृपया उनीहरूलाई सच्चाउने अवसर दिउँ ‘म नेपाली हुँ’ भारतीय होइन’ मलाई विश्वास छ यो कुरा उनीहरूसम्म पुग्ने छ ।’
भारतको ओलम्पिक अपडेट्स डटकमले ‘१३ वर्षिय सबैभन्दा कान्छी पौडीबाज स्वीमर भारत’ भन्ने हेडलाइन बनाएपछि गौरिकाले अपत्ति जनाएकी हुन् ।दैनिक नेपालबाट साभार



एक टिप्पणी भेजें