Latest Updates :

शक्तिशाली भूकम्पको ठुलो धक्का, क्षतिको विवरण आउन बाँकी.....हेर्नुहोस्

SHARE THIS POST :
बेइजि¬ङ (चीन), १६ साउन । चीनको गुआनसी झुआङ स्वशासित क्षेत्रको उझाउ शहरमा आइतबार अपराह्न ५ः१८ बजे ५.४ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले बताएको छ ।

भूकम्पको केन्द्रविन्दु २४.०८ डिग्री उत्तरी अक्षांश र १११.५६ डिग्री पूर्वी देशान्तरमा १० किलोमिटर गहिराईमा मापन गरिएको बताइएको छ ।

केन्द्रले सुरुमा ५.१ म्याग्निच्युडको धक्का महसुस भएको जानकारी दिएकोे थियो ।

गुआङसीका धेरैजसो ग्रामीण तथा सहरी क्षेत्र तथा गुआङडोङ प्रान्तमा भूकम्पका कारण केही घरहरुमा क्षति पुगेको सूचना प्राप्त भएको छ । तर भूकम्पका कारण कसैको मृत्यु भएको खबर साँझ समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।

भूकम्पको धक्का महसुस गरिएपछि केही छिन स्थानीय यातायात सडकमै रोकिएका र मानिसहरु घरबाट खुल्ला ठाउँतर्फ गई बसेका थिए ।

सहरी इलाकामा रोकिएका सवारी साधन भूकम्प गएको केही समयपछि पुनः सञ्चालनमा आएका छन् । चिसो खबरबाट साभार

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger