Latest Updates :
LATEST UPDATES
Featured लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं
Featured लेबलों वाले संदेश दिखाए जा रहे हैं. सभी संदेश दिखाएं

यसकारण रखिदो रहेछ मन्दिर को भित्तामा यौन कला.... हेर्नुहोस....................


Loading...

नेपाली कलाकार टोलीले मलेसियामा गरेको रोमान्स भाइरल भएपछि हेर्नुहोस्.....

यत्तिखेर समाजिक संजालमा भाइरल बन्दै गरेको यो भिडियो कुनै चानचुने भिडियो होइन । मलेसियामा कार्यक्रम लिएर गएका नेपाली कलाकार टोली फ्रेन्डसीप धामाको रुपमा निलो फिल्म स्टाइलमा बहिरिएको हो । ज्योति मगर लगायत नाम चलेका कलाकारहरुको चर्तिकला देख्दा जिब्रोे नकाट्ने कमै होलान् तर यो कार्यक्रम हुनु भन्दा अघिको रात गरेको रमाइलो भिडियो हो । हेर्नहोस् यो भिडियो>>>>>>>>>>>>>>>>>>>

Loading...

ग्यास्ट्रिक रोगले निम्त्याउँने खतरा र बच्ने उपाय......

 धेरै नेपालीमा ग्यास्ट्रिकको समस्या छ । नेपालीका लागि यो रोग राष्ट्रिय रोग जस्तै बनेको छ । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि यो रोगका लक्षणहरु हुन् । ग्यास्ट्रिक भएपछि वाकवाकी लाग्ने, वान्ता हुने, ढ्याउ आउने, वान्तामा रगत देखिने, कालो दिसा आउने, खाना नपच्ने, पेट हुडेल्ने, तौल कम हुने जस्ता लक्षण देखिन्छन् । हाम्रो जीवनशैली खानपान शैली, मानसिकताले गर्दा यो रोग लाग्छ । आज यो रोगका केहि जटिलता र प्राकृतिक उपचारका बारेमा चर्चा गरौं ।


ग्यास्ट्रिकका जटिलताहरू  :
ग्यास्ट्रिकको बेलैमा उपचार भएन भने अल्सर र तथा क्यान्सरको खतरा हुन्छ । अल्सर हुँदा बारम्बार रक्तस्राव हुने हुँदा रक्तअल्पताको समस्या पनि देखा पर्न सक्छ । यसैगरी भिटामिन बीको अवशोषणमा चाहिने तत्वहरूको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पता, स्नायु तथा नाडीहरूको क्षय, अन्ननली सुन्निनु, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्रामा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्कासनमा जटिलता आई कब्जियत समेत हुन सक्छ ।

ग्यास्ट्रिकको उपचार  :

ग्यास्ट्रिक धेरै कारणले हुन सक्छ । यसको बेलैमा उपचार गर्ने हो भने यसका अन्य जोखिम निवारण गर्न सकिन्छ । यो रोग खानपानका कारण अत्याधिक लाग्ने हुँदा आफ्नो खानपानमा सुधार गर्नु आवश्यक छ । हानिकारक मानिएका खाना छाडेर रेसा र चोकरयुक्त खस्रामोटा खानेकुराहरू खानु पर्छ । पानी प्रशस्त पिउनुपर्छ, यसो गर्दा ग्यास्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउँदैन ।

ग्यास्ट्रिकका केहि प्राकृतिक उपचार  :
१) अंग व्यायाम, रिढ व्यायाम, शिथिलीकरण व्यायाम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगाभ्यास, सूर्य नमस्कार जस्ता व्यायाम ग्यास्ट्राइटिसमा उपयोगी हुन्छन् ।

२) बज्रासन, पवनमुक्ताशन, सर्वांङआसन, मत्स्यन्द्र, भुजंग, उदारकर्श र धनुराशन, ताडाशन, त्रियकताडाशन जस्ता आसनविधि, अनुलोमविलोम, शीतली, सित्करी, वामनासिका श्वासन जस्ता विधिले पनि यस रोगमा फाइदा पुर्यााउँछन्, तर रोगको अवस्था गम्भीर छ भने यी विधिहरू पालना गर्नुसट्टा चिकित्सकको परामर्श लिनुपर्छ ।

३) जलनेती (नाकको सफाइ) कुन्जल (पेटको सफाइ), एनिमा (ठूलो आन्द्राको सफाइ), शंखप्रक्षालन (सम्पूर्ण पाचन प्रणालीको सफाइ) जस्ता उपचार पद्धतिले ग्यास्ट्राइटिस समनमा ठूलो सहयोग पुर्यापउँछ ।

४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो(हेपेटिकप्याक, नौली तथा गणेश क्रियाको अभ्यास, अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्यास्ट्राइटिसमा राम्रो गर्छ ।

विश्राम व्यवस्थापन  :
१) ग्यास्ट्राइटिस तनावपूर्ण जीवन ज्यूँनेहरूलाई डर चिन्ता, खिन्नता, उदासिनता र अनिद्राका रोगीलाई हुने रोग हो। तसर्थ, तनाव व्यवस्थापन ग्यास्ट्राइटिस निवारणको कडी हो ।

२) शारीरिक तथा मानसिक रूपले विश्राम लिनका लागि योगासन, योगनिद्रा, माइन्ड साउन्ड टेक्निक, ध्यान विधिको अभ्यास गर्नुपर्छ । सकारात्मक चिन्तनलाई जीवनको अभिन्न अंग बनाउनुपर्छ ।

३) सातामा एकपटक सम्पूर्ण शरीरको मालिस तेल अभ्यंग, बाष्पस्नान, सउना, फोहरा स्नान, तैरनु, पौडनु र प्राकृतिक दृश्यमा रम्ने बानी बसालौं ।

सावधानीहरु :
१) माथि उल्लेख भएका जीवनशैलीमा बाँच्ने कोशिस गरौं ।

२) सामान्य रोगका औषधिहरु आफू खुशी प्रयोग नगरौं ।

३) यो रोगका लक्षण देखिना साथ चिकित्सकसँग परामर्श लिने बानी बसालौं ।

४) ग्यास्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पूर्ण रूपले खाने गरौं ।

५) कलेजो, मिर्गौला, फियो र आन्द्राका रोग भएकाहरूले रोगको उपचारमा सावधानी अपनाऔं ।

६) पेट तथा छातीको अपरेसन गर्दा ग्यास्ट्रिक हुने सम्भावना ज्यादा रहने भएकाले सावधानी अपनाऔं ।

मिडिया एनपी बाट
Loading...

दक्षिण भारतका सुपर स्टार...रजनीकान्त को सुपर हिट फिल्म " कबाली " हेर्न पाउनु भएको छैन ??? हेर्नुहोस अब मज्जाले अनलाइनमा.....



Loading...

यौनशक्ति बढाउने ७ उत्तम तरिका.... जानी राखौ...

१. चिन्तामुक्त रहने
के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । सेक्सका बेला कुनै पनि प्रकारको चिन्ता या दबाब महशुस नगर्ने । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ ।

२. लुब्रिकेशनको प्रयोग
‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।

३. आफूलाई सीमितमा नबाँध्नुस्
हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ ।

४. सक्रिय रहनुस्
यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।

५. रक्सीबाट टाढै रहनुस्
यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।

६. खानामा प्रोटीन समावेश गर्नुस्
प्रोटीनको मात्रा बढी भएको खाना  खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ ।

७. सन्तुलित आहारा खानुस्
यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।



Loading...

किन लगाइन्छ साहिँली औँलामा औँठी ?......हेर्नुहोस....यस्तो छ ऐतिहासिक तथ्य.....

स्वयम्वरको औँठीलाई प्रेमको प्रतिक मान्ने गरिन्छ । यस्तो प्रतिज्ञा तथा बाचा जसलाई दुइजना मानिसले एक अर्काप्रति समर्पण गर्दछन् ।

एक बन्धन जसलाई जिवनभर कायम राख्ने कसम सँगै पहिरिन्छ ।तर के तपाइँले थाहा छ, स्वयंवरको औँठी किन सधै साहिँली औँलामा मात्रै किन लगाइन्छ रु कतिपय फिल्ममा देखाइन्छ की साहिँली औँलाको सम्बन्ध सिधै मुटुसँग हुन्छ, त्यसैले साहिँली औँलामा औँठी लगाउँदा त्यसलै सिधै मुटुमा प्रभाव पार्दछ । तर के यस्तो मान्यता सत्य हो त रु वा साहिँली औँलामा औँठी लगाउनुका अन्य कारण छन् रु यसबारेमा जानौँ ।

रोम सभ्यताको मान्यता अनुसार

हातको साहिँली औँलामा औँठी लगाउनुका पछाडि रोम सभ्यताको एक मान्यता रहेको छ । यो मान्यता निकै पूरानो हो । साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यता रोममा छ ।

त्यसैले औँठी आफुले लगाउन वा प्रियतमलाई लगाइदिनका लागि यहीँ साहिँली औँलाको प्रयोग गर्ने चलन रोम सभ्यताको सुरुवात देखि नै चलिआएको हो । यो सबैभन्दा पूरानो र लोकप्रिय मान्यता हो ।

चिनिया मान्यता अनुसार

चिनिया मान्यता अनुसार हाम्रो हातका हरेक औँलाले कुनैे एक सम्बन्ध दर्शाउँछन् । सोही अनुरुप हातको साहिँली औँला आफ्नो पार्टनरका लागि समर्पित हुन्छ ।

त्यस्तै बुढी औँला आमाबुवाका लागि, चोर औँला भाइ बहिनीका लागि, माझी औँला आफ्नै लागी र कान्छी औँला आफ्ना सन्तानका लागि भएको मान्यता चीनमा छ । एजेन्सी

Loading...

मेस्सीको कठोर निर्णय – अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास...हेर्नुहोस ...

अर्जेन्टिनी फुटबल प्लॆयर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि निराश बनेका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

Loading...

यसरी संसरभरि... बन्यो ब्वाँसोको तस्बिर, वास्तविकता जानेपछि हेरेकोहेर्‍यै हुनुहुनेछ...हेर्नुहोस यो अचम्मको भिडियो....

एजेन्सी । एउटा बहुरंगी ब्वाँसोको तस्बिरले पछिल्लो समय इन्टरनेटको दुनियाँमा तहल्का मच्चाइरहेको छ । झट्ट हेर्दा त यसलाई तपाईंले ब्वाँसो नै देख्नुहुन्छ । तर, जब यी त तीन निर्बस्त्र युवती हुन् भन्ने वास्तविकता थाहा हुन्छ, तपाईं हेरेकोहेर्‍यै हुनुहुनेछ ।



जुन कारणले यो तस्बिर भाइरल बनेको छ, त्यसको कारण दर्शाउने भिडियो अहिले लाखौंले हेरिसकेका छन् । जब तपाईंलाई वास्तविकता थाहा हुन्छ, भिडियो पनि जरुर पटक-पटक हेर्नुहुनेछ । खासमा यो तस्बिरमा देखिएको बस्तु ब्वाँसो होइन । यी त ३ जना न्यूड (नाङ्गा) युवतीहरु हुन् ।


Loading...

तेह्र नेपाली मार्ने तालिवानी अातङककारीलार्इ ...अफगानी सेनाले यसरी घेरा हाली मार्याे...हेर्नुहोस ....

 अफगानिस्तान / अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा बिहीबार राति नेटोआवद्ध सेनाद्धारा भएको हवाई आक्रमणमा सात सशस्त्र आतङ्ककारी मारिएका छन् । प्रान्तीय सरकारले शुक्रबार सो जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बलद्वारा चालकरहित विमानबाट लालपुरी जिल्लाको रहमाती र मर्सिन्गाएमा आतङ्ककारी लुकेर बसेका दुई स्थानलाई लक्ष्यगरी गरिएको आक्रमणमा ती सात आतङ्ककारीहरु मारिएका हुन् ।

साथै अन्य दुई घाइते भएका प्रान्तीय सरकारद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । यस आक्रमणबाट एक सवारी साधन, मोटरसाइकल र हातहतियारसमेत नष्ट भएको सो विज्ञप्तिमा थप जानकारी दिएको छ । यस हवाई आक्रमणमा मारिएका तालिवान समूहका सदस्यहरु रहेका जनाइएको छ । यस आक्रमणमा परी सर्वसाधारण नागरिक भने हताहत नभएको जनाइएको छ्र । यस आक्रमणको विषयमा तालिवान आतङ्ककारी समूहले कुनै टिप्पणी गरेका छ्रैनन् ।

यसैगरी प्राप्त अर्काे एक समाचारमा अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको वालीकोट नामक एक जिल्लामा अफगान सुरक्षाबलले आतङ्ककारीविरुद्ध गरेको कारबाहीमा ठूलो सङ्ख्यामा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको छ । उक्त जिल्लाको जाङ्गतान क्षेत्रमा शुक्रबार विहान सवेरैबाट सुरु भएको यस कारबाहीमा तालिवान आतङ्ककारी मारिएको अनुमान गरिएको हो । तालिवान आतङ्ककारी समूहले गत अप्रिलदेखि भीषण आक्रमण गर्ने घोषणा गर्दै सर्वसाधारण नागरिक र सुरक्षकर्मीमाथिको कारबाहीलाई तिब्र पारेका छन् ।

तालिवानहरु विरुद्ध प्रहरीले जारी राखेको कारबाहीमा पनि सफलता प्राप्त भइरहेको बताइएको छ । आइएसको आक्रमणमा तीन सर्वसाधारण र तीस आतङ्ककारी मारिए यसैबीच पूर्वी अफगानिस्तानमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा तीन सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका छन् ।
प्रान्तीय सरकारले सो जानकारी दिएको छ । मारिएका तीन सर्वसाधारणमा एक बालकसमेत रहेका जनाइएको छ । कोत जिल्लाको सिपे र बन्दार इलाकामा रहेका कैयौँ सुरक्षा जाँचचौकीमा आइएस आतङ्ककारीले आक्रमण गरेका छन् ।

आइएस लडाकू र सुरक्षाकर्मीबीच शुक्रबार बिहानसम्म पनि झडप जारी रहेको बताइएको छ । सुरक्षाबलले जारी राखेको कारबाहीमा ३० भन्दाबढी आतङ्ककारीहरु मारिएका बताइएको छ । आइएसले आक्रमणमा कैयाँै सर्वसाधारणको घरहरुमा गोली प्रहार गरेको बताइएको छ । यसैक्रममा कैयौँ बालकसमेत घाइते भएका बताइएको छ । अफगानिस्तानमा सन् १०१६ को सुरुदेखि चार महिनासम्म भएका आक्रमणहरुमा ६०० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ हजार ३४० घाइते भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

Loading...

यस्तो छ काबुल घटनाका घाइतेहरूको बयान...हेर्नुहोस ... घटना निकै रहस्यमय .....कारण यस्तो छ ....

अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरू चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन्।

अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् । उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन्। उनीहरुले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धानगनुपर्ने समेत बताएको खबर आजको कान्तिपुरमा दिल्लीबाट कमलदेव भट्टराईले लेखेका छन्।

विष्फोट भएको बसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरूङले एपोलो अस्पतालबाट भने, ‘म ड्राइभर नजिकै थिए । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो। गाडीमा विष्फोट भएपछि केही क्षणमा म बाहिर निस्केँ।’

जतिसुकै पीडा भए पनि सुपरभाइजर भएको हिसाबले प्रहरी, कम्पनीदेखि सवैतिर खबर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले बताए। नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।

‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरेँ, तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए। उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत बताए।
गोर्खा देउराली–३ का थापाका अनुसार गाडीमा रहँदा दायाँवायाँ सवैतिर शंकास्पद वस्तु तथा मान्छे हेर्नु जिम्मेवारी समेत उनको थियो । ‘हाम्रो गाडी विष्फोटमा पर्दा सडकमा केही महिला र बच्चाहरू मात्र केही पर थिए,’ उनले भने । विष्फोटका कारण दायाँ कानको जाली फुटेका कारण राम्रोसँग बोल्न नसक्ने भएका उनले आत्मघाती बम विष्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही नभएको बताए।

‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रा साथीहरु मरेका छन, उनीहरु सवैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ’ उनले भने । यदि आत्मघातीले बस वाहिर विष्फोट गराएको भने त्यस्तो हुनुनपर्ने उनी बताउँछन्।

घाइते तथा मृतकको टाउकोमा मात्र धेरै चोट लागेको देखिन्छ ।  अर्का घाइते सुर्खेतका अमृत रोकाय क्षेत्री पनि गाडी चालकलाई समेत शंका गर्छन्। उनका अनुसार चालकलाई सामान्य चोटपटक समेत लागेन।

‘पछि अस्पतालमा उसको हाउभाउ हेर्दा समेत मलाई त एकदमै शंका लाग्छ किनकी मैले पनि आत्मघाती आक्रमणकारीको लास देखिनँ,’ उनले भने। उनका अनुसार आक्रमण यस्तो ठाउँमा गरिएको जहाँ कोही पनि स्थानीय जनताहरू थिएनन्। उनी गाडी चालकको समेत मिलेमतो हुन सक्ने बताउँछन्।
Loading...

सिरहामा सासू बुहारीबीचको झगडापछि सासूको मृत्यु....हेर्नुहोस...

लहान । सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडापश्चात् सासुको मृत्यु भएको छ । मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ ।

स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उहाँकी सासू ६५ वर्षीया समुन्द्रीदेवी दनुवारबीच घरायसी विषयमा झगडा भएको र झगडापछि समुन्द्रीदेवीको मृत्यु भएको स्थानीयवासीलाई उद्धत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ । घटनाबारे प्रहरीबाट अनुसन्धान भइरहेको छ ।

Loading...

सिंहको मुखबाट थुतेर छोरोलाई बचाइन् आमाले... हेर्नुहोस....

अमेरिका / कोलोराडोकी एक महिलाले आफ्नो पाँच वर्षीय छोरोलाई पहाडी सिंहको मुख च्यातेर बचाएको कुरा अधिकारीहरूले बताएका छन् । उक्त बालकलाई गत शुक्रवार आफ्नो आँगनमै खेलिरहेको बेलामा सिंहले आक्रमण गरेको थियो ।

एस्पन शहरनिरको घरमा बसिरहेकी आमाले बाहिरबाट बच्चा चिच्याएको आवाज सुनेपछि घरबाट बाहिर दौडिइन् । सिंह उनको छोरोमाथि चढेर बसेको थियो र टाउको निल्न खोज्दैथियो । बालकको अनुहार, टाउको र घाँटीमा चोटपटक लागेका छन् तर अस्पताल पु-याउँदा उसको अवस्था सामान्य थियो ।

परिचय नखुलेकी ती महिलाले सिंहको एउटा पञ्जालाई समातेर सिंहको मुख आफ्नो दाहिने हातले च्यातेर छोरोको टाउको छुटाउन सफल भएकी थिइन् भनी पिटकिन क्षेत्रका अधिकारी माइकल बग्लियोनले बताए ।

आमाको हातमा सिंहले टोकेको निशान र गोडामा पञ्जाले कोतरिएका चिह्न थिए । दुई वर्ष उमेर पुगेको अनुमान गरिएको सिंह आमाको प्रतिकार पश्चात् भागेको थियो । वन्यजन्तु विभागका अधिकारीले घटना भएको घरनिर एउटा जवान सिंहलाई मारेका थिए ।

कोलोराडो वरपर सिंहहरू बढी देखिन थालेका छन् भनी अधिकारी बताउँछन् । यहाँ करिब ४,५०० सिंह रहेको अनुमान गरिन्छ । बिभिन्न अनलाइनहरूबाट साभार

Loading...

बिदेशमा हुनुहुन्छ ? पारिवारिक सम्बन्ध यसरी मजबुत बनाउनुस !...हेर्नुहोस........

देश र खासगरी  राजनीतिक  बर्ग वैदेशिक रोजगारीले भित्र्याएको रेमिटान्स ले मख्ख छन । अझ यसो भनु देश यसैले चलिरहेको छ ।राजनीतिक नेतृत्वमा जिम्मेवारी नहुदा आज देशमा चरम बेरोजगारी सृजत छ र लाखौ युबा बिदेशमा छन । ।देशमा बढेको महङ्गी त छदैछ बिदेशमै भोगेको दुख झन अझै कहालिलाग्दो छ ।दूतावास नाम मात्रै को छ  ।यी त भए सन्दर्भ खासमा मैले उठान गर्न खोजेको विषय वैदेशिक रोजगारी बाट टाढा भएपछी कसरी सम्बन्ध सुमधुर राख्न सकिन्छ भन्ने हो ।

रेमिटेन्स ले देशधाने पनि पछिल्लो समय वैदेशिक रोजगारिले सामाजिक सम्बन्ध धरासायी बनाइदिएको छ धेरै को घरबार उजाडिएको छ बाउ आमा भएर पनि धेरै सन्तान टुहुरो भएका छन ।दिन प्रतिदिन अदालत मा सम्बन्ध बिच्छेद का  घटना बढ्न थालेका छन ।


एकतिर बिदेश को दुख अर्को तिर जिन्दगी भर सगै बाच्ने सगै मर्ने भनेर कसम खाएकी श्रीमती अर्कै केटा सग हिन्दिने यो पछिल्लो समय देखिएको बिकराल घटना हुन ।यस्ता घटना घट्नुमा एउटा को मात्र दोश हुनै सक्दैन ।आफुले नबुझेको या बुझाउन नसकेको हुन सक्छ ।परिबारको खुशी र उज्ज्वल सपना पूरा गर्न नै आफू बिदेश आएको दुई चार बर्स अलग भएर जिन्दगी सुमधुर हुन्छ र पपरिबार को जिन्दगी उज्ज्वल हुन्छ भने छुटिनुपर्छ भनेर राम्रो सग समय समय मा सम्झाइरहनुपर्छ ।आधार र हौसला दियिरहनुपर्छ ।परिबार जतिराम्रो या जस्तो व्यबहार भएपनी आधार दिने तपाईं ले हो किनकी तपाई सगै जुनि काट्न भनेर सब थोक त्यगेर आएकी हुन्छिन । घरेलु बाताबरण ले नि धेरै प्रभाव पार्छ ग्रामीण भेग हो भने त पशु चौपाया हर घर मा हुन्छन मेलापात खेती पाती, सासू ससुराको हेरचाह सबैले गर्दा ब्यस्तता बढी हुन्छ बिगृने भत्किने घटना पनि कम हुन्छन ।खासगरी सहरिया परिभेसमा मा वैदेशिक रोजगारी ले धेरै समस्या निम्त्याएको छ खाली समय भनेको सैतान को घर हुन्छ भन्छन हुन पनि हो भुल्ने के मा त पछिल्लो समय का बिलासी साधन र प्रबिधिले पनि समस्या निम्त्याएको छ ।सबै पहाड का सध्य र सबै सहर का बिग्रन्छन भन्ने बिल्कुल होइन तर कुनै न कुनै सृजनात्मक या रचनात्मक काममा ब्यास्त राख्न लगाइयो भने केही कमि हुन्छन यस्ता घटनाहरु मा ।

बिदेश बाट पनि फोन गर्दा धेरै पैसा जान सक्छ त्यसैले पछिल्लो बिकसित प्रबिधिको उपयोग गर्नुस भाइवर फेस्बुक म्यासेन्जर ह्वाटसाप इमो लगायत प्रयोग गर्न सक्नुहुन्छ ।अरुको फोन या म्यासेज आउदा अधारात मा नि उठाउने घरबाट फोन जाद बेवास्ता भुलेर पनि नगर्नु ।श्रीमती आफ्नो घरको प्रमानेन्ट चिज हो जे गरेनी हुन्छ भनेर बेवास्था नगर्नुस ।पारिबारिक सम्बन्ध मा जब दखल लाग्छ परिबार समाज इज्जत र बैक्तिक दाग लाग्न सक्छ एकचोटि सम्बन्ध बिग्रेपछी धेरै ठाउमा असर गर्न सक्छ ।काला गए गिरा आउँछ भन्नेजस्तो अहम भाब नलिनुहोला उनिहरुको दिलको बात सुन्ने गर्नु पारिबारिक योजना र भबिस्यको योजना हरु दुबै मिलेर बनाउनुहोला यो बाट पनि पछिसम्मको साथको अहसास पर्न जान्छ ।श्रीमती लाई श्रीमती को ठाउमा र बाउ आमालाइ बाउ आमा को व्यबहार गर्नुस कुरा दुबैको सुन्नुस र झटपट निर्णय नलिनुस ।बिहा भएपछी श्रीमती को कुरा धेरै सुन्छन भन्ने आरोप आउन सक्छ ।सत्यतथ्य अध्यान गरेछी मात्र कुनैपनी कुरा को निर्णय लिदा राम्रो हुन्छ ।
महिलाको सबालमा:-

पृय दिदी बहिनिहरु ,

सपना जो कोहिको हुन्छन तपाईंलाई छाडेर बिदेश जाने तपाईहरुको श्रीमान हरुको नि हुन्छ इच्छा र रहरले पक्कै गैदैन बिदेश बिसेसगरी खाडी मुलुक ।र आफ्नो सपना पूरा हुनै पर्छ भन्नू पनि छैन परिस्थिति अनुकुल आफ्ना सपना र लक्ष बदल्नुपर्छ ।तपाईंका अधुरा सपना आफ्ना छोराछोरीलाई सफलता दिलाएर पनि पूरा गर्नसकिन्छ ।आफ्नो सपना पूरा हुदा मात्र होइन अरुको सपना पूरा गराउन मद्धत गर्दा पनि खुसी मिल्छ ।हिजोको रुढिबादी र पुरुष प्रधान समाजले महिलालाइ सिमित दायारा अबला सम्झे पनि तपाईं हरु आफैमा क्षेमतावान आदर्शवान बलवान् हुनुहुन्छ ।तपाईं हरुको हर निर्यण मा पारिबारिक सफलता असफलता सग जोडिएको हुन्छ छोराछोरी को भबिस्य सग जोडिएको हुन्छ खुसी र सपना हरु सग जोडिएको हुन्छ अब भन्नुस तपाई हरु कमजोर हुनुहुन्छ? पक्कै हुनुहुन्न।

हिजो को समाजले दबाए पनि आज बद्लिएको छ र बाकी समाज बदल्ने अभिभारा तपाईं हरुसग छ त्यसैले कुनैपनी गलत कदम चाल्नु अगाडि त्यस्ले हुने हानी नोक्सानी फाइदा बेफाइदा केलाएर हेर्नुस ।पछिल्लो समय प्रबिधी बिकास सगै भितृएका बिकृतिको अनुसरण नगर्नुस ।अपरिचित सग धेरै हिमचिम नगर्नुस चाहे मोबाइल मा होस चाहे फेस्बुकमा ।किनभने तिनिहरु ले बेहकाउन सक्छन ।जतिसुकै आत्मियता र साथिको परिभाषा दिएपनी बिबाहित महिलासग नजिकिने सम्बन्ध बनाउने भनेको सेक्सुयल सम्बन्धनै हो ।80% यस्तो भेटिएको छ ।एक पल साटेर जिन्दगी किन दाउमा लगाउने दाग किन घस्ने र होइन ।समय र बाताबरण अनुसार रचनात्मक काममा लाएरआफुलाई ब्यास्त राख्नुस जसबाट केही आम्दानी होस घर खर्छ चलोस केटाकेटी को फि पुगोस त्यो गर्न सकेपनी बिदेशको कमाइको सहि ठाउमा लगाउन सकिन्छ । स्कुल बोर्डिङ तिर पढाउन सकिन्छ आफ्नो योग्यता अनुसार ।

टेलरिङ सिकेरपनी ब्यबसाय बढाउन सकिन्छ व्यावसायिक पसुपालन र उन्नत कृषि मा पनि हात हाल्न सकिन्छ ।जसरिपनी आफुलाइ ब्यास्त राख्नुस ।त्यो त भो तपाईं महिलाहरुको कुरा अनि श्रीमान् हरुलाइ पनि मलेसिया भर्सक नपठाउनु ।जति नै राम्रो ब्याबहार भएपनी समझदार भएपनी सधै साथिहरु कोठी धाउछन सधै त्यै देख्न पर्छ भने 99% बेहकिन्छन ।फेरि मन पनि एकै मोड मा कहाँ हुन्छ र ।अन्य देशमा भएपनी दबाब कम सल्लाह ज्यादा दिनुस ।पारिबारिक सुखदुख र हौसला दिनुस ।पारिबारिक सम्बन्ध सुमधर राखिराख्नुस यसका लागि महिला पुरुस दुबै उत्तिकै जिम्मेवार चाहिन्छ दुबैले आफ्नो आफ्नो जिम्मेवारी निभाउनुस ।


कल्पित सुबेदि
हाल :- साउदि अरब


Loading...

यस्ता छन् मुखमा गन्ध आउँने कारणहरु, अप्नाउनुहोस् यि उपाय.....हेर्नुहोस...


ल मुख गनाउने समस्या अहिले धेरैमा हुने गरेको छ। आफ्नो स्वास्थ्यको सामान्य ख्याल नगर्दा धेरैले यस्तो समस्या भोगेका हुन्छन्। तर, नियमित रूपमा ब्रस गर्ने हो भने मात्रै पनि धेरै हदसम्म समस्या कम हुन्छ।



मुख गनाउने धेरै कारणमध्ये ९० प्रतिशत कारण खानापछि ब्रस नगर्नु नै हो, यदि पेटमा कुनै रोग लागेको छैन भने। तर, कतिपय अवस्थामा पेटमा लाग्ने विभिन्न रोगका कारण पनि मुख गनाउने सम्भावना हुन्छ। खाना खाँदा दाँतमा अड्किएपछि प्लक नामक किटाणुले डेरा जमाएर मुख गनाउने समस्या हुन्छ। यो किटाणु प्रवेश गरेपछि दाँतमा किरा लाग्ने, गिजा सुन्निने, मुखमा स-साना घाउ खटिरा आउने समस्या हुन्छ।

जसका कारण धेरैको मुख गनाउने समस्या हुनसक्छ। ल पेटभित्र लागेको रोगका कारण पनि मुख गनाउन सक्छ। जसलाई सिस्टेमिक कारण भनिन्छ। डाइबेटिज, फोक्सोसम्बन्धी रोग, घाँटीमा आउने घाउ, खटिरा र किड्नीसम्बन्धी रोगका कारण पनि मुख गनाउन सक्छ। नियमित रूपमा चुरोट सेवन गर्दा पनि मुख गनाउन सक्छ। त्यसैगरी, लसुन, प्याज र मुला सेवन गर्दा पनि सीमित समयसम्म मुख गनाउँछ।

मुखको दुर्गन्धबाट छुटकारा
मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने हुन्छ ।

एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङ्गम चपाउन पनि सकिन्छ।

केही घरेलु उपाय
तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै अनारको बोक्रा पानीमा उमालेर कुला गर्ने, सुक्खा धनिया चपाउने गर्नाले पनि मुखको दुर्गन्ध हट्छ।

तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हटेन भने चिकित्सकको सल्लाह लिनुपर्छ।

Loading...

यसरी कुरा गर्नुस जस्तो सुन्दरी युवती पनि… तपाई प्रति तुरुन्त आकार्षित हुन्छन्....हेर्नुहोस

अक्सर युवाहरु अन्जानमा परेका हुन्छन् की युवतीसँग कसरी कुराकानी गर्ने ? उनीहरुले युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन् । केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू कमकजोर भएको महसुस गर्छन् ।

उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेको पाइन्छ । युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन । युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् ।

उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । मनोविज्ञहरु यस्ता समस्यालाई लिएर चिन्ता लिनुनपर्ने बताउँछन् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुपर्ने विज्ञहरुको भनाई छ । यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।

अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने ? तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।

अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् । हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ । यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ ।

तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प रहन्न, तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् । –एजेन्सीको सहयोगमा



Loading...

अफगानिस्तान घटनाः श्रीमानको शव नेपाल आएपछि जेठी-कान्छी श्रीमतीबीच यस्तो लफडा...हेर्नुहोस...


भैरहवा, ८ असार । अफगानिस्तानमा आतंकवादी आक्रमणमा परेर ज्यान गुमाएका रुपन्देहीका एक पुरुषको दाहसंस्कार गर्ने विषयमा दुई श्रीमतीबीचको झगडाले तनाव मच्चिएको छ ।

काबुल घटनामा मृत्यु भएका वुटवल रुपन्देहीका ४१ बर्षीय जितेन्द्र थापाको शब बुधवार साँझ भैरहवामा ल्याइएको छ । थापाको शव नेपाल एअरलाइन्सको जहाजमा सरकारले काठमाडौं ल्याएको थियो भने काठमाडौंबाट सोझै नेपाली सेनाको हेलिकप्टरले भैरहवा ल्याइएको थियो । थापाको शब नेपाली सेनाले भैरहवा ल्याइसकेपछि उनको जेठी र कान्छी श्रीमती भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा आएका थिए । थापाको शव बुझ्ने क्रममा जेठी श्रीमति गौमती थापा र कान्छी श्रीमती सञ्जिता थापाबीच विवाद उत्पन्न भयो ।



कान्छी श्रीमतीले जेठीसँग जितेन्द्रको सम्बन्धविच्छेद भइसकेकोले श्रीमानको शव बुझ्ने र अन्त्येष्टि गर्ने अधिकार आफूले पाउनुपर्ने भन्दै काठमाडौमै दाबी गरेकी थिइन् तर कान्छी श्रीमतीको विवाह दर्ता समेत नभएकोले प्रमाण नपुगेको भन्दै रुपन्देही प्रशासनको पहलमा शव रुपन्देही ल्याइएको हो । त्यसपछि शव आएको केहीबेरमै कान्छी श्रीमती पनि काठमाडौंबाट बुद्ध एअरमार्फत भैरहवा आएकी थिइन् ।



कान्छी र जेठी दुबै श्रीमती, सामाजिक अगुवा शिव सुवेदी, रुपन्देहीका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहित, जेठी र कान्छीतर्फका आफन्तबीचको छलफलपछि अन्ततः दुबै श्रीमतीले भैरहवास्थित बिमानस्थलमै शव बुझे ।



थापा जेठी श्रीमतिसँग छुट्टिएर कान्छीसंगै बस्दै आएको खुलेको छ । जेठी श्रीमतीसहित २ छोराले थापालाई मानाचामलको मुद्दा हाली जिल्ला अदालत रुपन्देहीको फैसला अनुसार छुट्टिएर बसेका थिए । पछिल्लो समय थापा कान्छी श्रीमतीसँग काठमाडौं बस्दै आएका थिए । यही २०७३ फागुनमा नेपाल आई कान्छी पट्टिको छोराको न्वारन गरी अफगानिस्तान फर्केका थापा अब कहिल्यै नफर्कने गरी बाकसमा नेपाल फिर्ता भएका छन् ।



थापाको जेठी श्रीमतीतर्फ २ छोरा छन् भने कान्छीतर्फ १ सन्तान छन् । जेठी श्रीमतीका परिवारले क्रिस्चियन धर्म मान्ने हुँदा क्रिस्चीयन धर्मअनुसार अन्तिम संस्कार गर्ने र कान्छीले थापा र आफू हिन्दू भएको हुँदा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने दाबी गरेका छन् ।
अन्तिम संस्कार सामाजिक रीतिरीवाज र घरसल्लाह गरेर गर्ने गरी शव बुझाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । थापाको बिहीबार बुटवलमा दुबै श्रीमती र घरको सल्लाह र सहमतिमा दाहसंस्कार गरिने सामाजिक अगुवा शिव सुवेदीले दैनिक नेपालले बताए ।


Loading...

श्रीमतीको खुकुरी प्रहारबाट श्रीमान गम्भीर घाईते...हेर्नुहोस...

पाँचथर
रिसको आवेगलाई थाम्न नसकी श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाईते भएका छन् ।


घाईते हुनेमा जिल्ला पाँचथर ओयाम ४ बस्ने कमल योङया रहेका छन् । निजलाई आज दिनको अन्दाजी १४ः३० बजेको समयमा निजकै श्रीमती बर्ष २७ की फुलमाया काम्बाङ योङयाले सामान्य घरायशी बादबिबादका कारण रिसको आवेगमा आई खुकुरी प्रहार गरेकी थिईन ।


खुकुरी प्रहारबाट कमल योङयाको शरिरको बिभिन्न भागमा गहिरो चोट लागी गम्भिर घाईते भएका हुन् । घाईतेलाई प्रहरी चौकी चरिभञ्याङको प्रहरी टोलीले उपचारको लागी जिल्ला अस्पताल पाँचथर पठाएको छ भने श्रीमती फुलमाया काम्बाङ योङयालाई प्रहरी चौकी चरिभञ्याङले नियन्त्रणमा लिएको छ ।

Loading...

काबुल विस्फोटमा घाइते च्याङ्वा तामाङको मृत्यु, मृतकको सङ्ख्या १३ पुग्यो ....हेर्नुहोस..


काठमाडौँ, ७ असार – अफगानिस्तानको काबुलमा सोमबार आतंककारी हमलामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । ’हो केहिबेर अघि उनको मृत्यु भयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले भने। काबुलस्थित अस्पतालमा उपचाररत नुवाकोटका च्याङ्वा तामाङको मृत्यु भएको हो।



यो सँगै काबुल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । घाइते ६ नेपालीमध्ये च्याङ्वा गम्भीर थिए।
घाइते अन्य पाँच नेपालीलाई थप उपचारका लागि दिल्ली लगिएको प्रवक्ता पौडेलले जानकारी दिए।

Loading...

काबुलमा मारिएका १२ नेपालीबारे खुल्यो अर्काे रहस्य....हेर्नुस ....

काठमाडौँ, ८ असार । अफगानिस्तानमा मारिएका १२ जनामध्ये ११ जना वैधानिक बाटो र एक गैरकानुनी ढङ्गबाट त्यहाँ पुगको भेटिएको छ ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले सुनसरीका अकुर तामाङ अफगानिस्तान गएको विवरण वैदेशिक रोजगार विभागको विवरणमा नदेखिएकाले उहाँ अवैधाननिक बाटोबाट विदेश गएको हुनसक्ने जानकारी गराउनुभयो ।


यही असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका ११ र घाइते सातजना भने वैधानिक बाटोबाटै विदेश गएको भेटिएको बताउनुभयो । अवैधानिक बाटोबाट गएकाहरुले बिमाबापतको रु १० लाख, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कल्याणकारी कोषबाट प्राप्त हुने तीन लाखलगायतका सुविधा पाउँदैनन् । उनीहरुलाई सुविधा दिन छुट्टै निर्णय गर्नुपर्ने सचिव लम्सालले बताउनुभयो ।


आर्थिक वर्ष २०६२–६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएका छन् । जसमध्ये पाँच हजार २९१ व्यक्तिगत श्रम स्वीकृतिमा र र तीन हजार ३२३ जना म्यानपावर मार्फत संस्थागत श्रम स्वीकृतिमा गएका छन् ।

अवैधानिक ढङ्गबाट समेत १० हजारको हाराहारीमा नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान गरिएको छ । रासस

Loading...

श्रीमानलाई आनन्द हुँदा श्रीमतीलाई किन चरमसुख हुँदैन....यस्तो छ पछिल्लो बैज्ञानिक कारण हेर्नुहोस ....

काठमाडौँः मानव यौन प्रतिक्रिया चक्रका बारेमा चर्चा गरौं । मास्टर्स तथा जोनसनले मानव यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण एक्साइटमेन्ट फेज भनिन्छ भने त्यसपछिको चरणलाई प्लाटो फेज भनिन्छ । तेस्रो चरण चरमसुख अर्गाज्म फेज हो भने अन्तिम चरण रिजोलुसन फेज हो । प्लाटो फेजमा भएको यौन क्तष्mगबितष्यल लाई निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौन जीवनमा यो चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सम्भवतः सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई यौन चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्द जस्ता कयौं शब्द यसका लागि प्रयोग हुन्छन् ।

यो चरणमा मांशपेशीहरूमा निकै तनाव आउँछ र आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वास तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप पनि निकै बढ्छ । महिलाहरूमा पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांशपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांशपेशी खुम्चनेफुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यतिबेला जुन सुखानुभूति हुन्छ त्यसैलाई हामी चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै नै हुन्छ तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ । यदि चरमसुखको चरण पछि पनि यौन (स्टिमुलेसन) निरन्तर रूपमा कायम रहयो भने कतिपय महिलाले एक पल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन् तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किए पछि केही समयका लागि यौनिक रूपमा उत्तेजित हुन सक्दैनन् । महिलाहरूले भने यौन चरमसुख पछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् ।

महिलाले कसरी यौन सुख कसरी प्राप्त गर्छन् ?

महिलाको सबैभन्दा यौन सम्वेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिर नै हुन्छ । यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो । यसको बाहिर तिरको भाग यौन संवेदनशील हुन्छ । योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य अनेक नयाँ प्रयोगहरू गर्न सकिन्छ । पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उजेजित हुन्छन् ।

यौन क्रियाकलापमा संलग्न हुँदा पाकक्रिडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ । यसले यौन सम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत पनि गर्छ । साथसाथै चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र त्यसै हुनै पर्छ भन्ने पनि छैन । साथसाथै चरमसुख पाइएन भने पनि पीर गर्नुपर्ने आवश्यता छैन, पालोपालो गरेर यौन चरमसुख प्राप्त गरे पनि हुन्छ । साथसाथै पाउँदा वास्तविक अर्थमा सम्भोग बनाउन सकिन्छ । सम्भोग अर्थात समभोग जसको अर्थ दुवैजना यौन साथी (श्रीमान्–श्रीमती)ले समान रूपमा यो सुख भोग गर्न पाउने कुरा हो ।

यौन सम्पर्क गर्दा किन आनन्द नआएको ?

सामान्यतयाः लिङ्ग प्रवेश गराएर सुरु गरिने यौन सम्पर्कमा महिलाले पर्याप्त रूपमा यौन चरमसुखसम्म पुग्ने समय पाउँदैनन् त्यसैले महिलाले पर्याप्त रूपमा पाकक्रिडामा संलग्न हुने समय पाउनुपर्छ । विशेष गरेर यौन सम्पर्क गर्दा पुरुषमाथि र महिला तल रहने आसनमा महिलाको योनिमा घर्षण हुने भए पनि भगाङ्कुरमा घर्षण हुँदैन । त्यसैले कतिपय महिलाले हस्तमैथुनबाट यौन आनन्द पाए पनि यौन सम्पर्कको बेलामा भने आनन्द प्राप्त गर्न सक्दैनन् ।

यौनसम्पर्क गर्दा चरमसुख प्राप्त गर्न सहज हुँदैन । त्यसैले फरक आसन जस्तै– तपाईं माथि रहेर वा अन्य आसन, जसमा तपाईंले भगाङ्कुरको घर्षण अनि यौनसम्पर्क गर्दा कटि प्रदेशको चाल र त्यसको गतिलाई आफैंले नियन्त्रण गर्नाले चरमसुख प्राप्त गर्न सहयोग गर्छ ।

हस्तमैथुन गरेका कारणले यौन सम्पर्क गर्दा यौन आनन्द नपाउने होइन । बरु हस्तमैथुन गर्दा कुन अङ्ग सबैभन्दा बढी संवेदनशील छ अनि कसो गर्दा त्यसलाई उत्तेजित तुल्याएर आनन्द लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुनुपर्छ । श्रीमानसँगको यौन क्रियाकलापमा संलग्न गरेर तपाईंलाई यौन उत्तेजित गर्ने कार्यमा सहयोग लिन सकियो भने यौन आनन्द अर्थात चरमसुख प्राप्त गर्न सहयोग पुग्छ ।

योनि पोल्ने सन्दर्भमा योनिको संक्रमण, सुख्खापन वा अत्यधिक घर्षण वा यहाँसम्म कि वीर्यको एलर्जीसम्म कारण हुन सक्छ । अहिले तपार्इंले दिएको सीमित जानकारीका आधारमा यसै भन्न सकिएन । साप्ताहिकबाट
 
Loading...

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger