अमेरिका / कोलोराडोकी एक महिलाले आफ्नो पाँच वर्षीय छोरोलाई पहाडी सिंहको मुख च्यातेर बचाएको कुरा अधिकारीहरूले बताएका छन् । उक्त बालकलाई गत शुक्रवार आफ्नो आँगनमै खेलिरहेको बेलामा सिंहले आक्रमण गरेको थियो ।
एस्पन शहरनिरको घरमा बसिरहेकी आमाले बाहिरबाट बच्चा चिच्याएको आवाज सुनेपछि घरबाट बाहिर दौडिइन् । सिंह उनको छोरोमाथि चढेर बसेको थियो र टाउको निल्न खोज्दैथियो । बालकको अनुहार, टाउको र घाँटीमा चोटपटक लागेका छन् तर अस्पताल पु-याउँदा उसको अवस्था सामान्य थियो ।
परिचय नखुलेकी ती महिलाले सिंहको एउटा पञ्जालाई समातेर सिंहको मुख आफ्नो दाहिने हातले च्यातेर छोरोको टाउको छुटाउन सफल भएकी थिइन् भनी पिटकिन क्षेत्रका अधिकारी माइकल बग्लियोनले बताए ।
आमाको हातमा सिंहले टोकेको निशान र गोडामा पञ्जाले कोतरिएका चिह्न थिए । दुई वर्ष उमेर पुगेको अनुमान गरिएको सिंह आमाको प्रतिकार पश्चात् भागेको थियो । वन्यजन्तु विभागका अधिकारीले घटना भएको घरनिर एउटा जवान सिंहलाई मारेका थिए ।
कोलोराडो वरपर सिंहहरू बढी देखिन थालेका छन् भनी अधिकारी बताउँछन् । यहाँ करिब ४,५०० सिंह रहेको अनुमान गरिन्छ । बिभिन्न अनलाइनहरूबाट साभार
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें