Latest Updates :

किन लगाइन्छ साहिँली औँलामा औँठी ?......हेर्नुहोस....यस्तो छ ऐतिहासिक तथ्य.....

SHARE THIS POST :
स्वयम्वरको औँठीलाई प्रेमको प्रतिक मान्ने गरिन्छ । यस्तो प्रतिज्ञा तथा बाचा जसलाई दुइजना मानिसले एक अर्काप्रति समर्पण गर्दछन् ।

एक बन्धन जसलाई जिवनभर कायम राख्ने कसम सँगै पहिरिन्छ ।तर के तपाइँले थाहा छ, स्वयंवरको औँठी किन सधै साहिँली औँलामा मात्रै किन लगाइन्छ रु कतिपय फिल्ममा देखाइन्छ की साहिँली औँलाको सम्बन्ध सिधै मुटुसँग हुन्छ, त्यसैले साहिँली औँलामा औँठी लगाउँदा त्यसलै सिधै मुटुमा प्रभाव पार्दछ । तर के यस्तो मान्यता सत्य हो त रु वा साहिँली औँलामा औँठी लगाउनुका अन्य कारण छन् रु यसबारेमा जानौँ ।

रोम सभ्यताको मान्यता अनुसार

हातको साहिँली औँलामा औँठी लगाउनुका पछाडि रोम सभ्यताको एक मान्यता रहेको छ । यो मान्यता निकै पूरानो हो । साहिँली औँलाबाट एउटा स्नायु सिधै मुटुसम्म पुगेको हुन्छ भन्ने मान्यता रोममा छ ।

त्यसैले औँठी आफुले लगाउन वा प्रियतमलाई लगाइदिनका लागि यहीँ साहिँली औँलाको प्रयोग गर्ने चलन रोम सभ्यताको सुरुवात देखि नै चलिआएको हो । यो सबैभन्दा पूरानो र लोकप्रिय मान्यता हो ।

चिनिया मान्यता अनुसार

चिनिया मान्यता अनुसार हाम्रो हातका हरेक औँलाले कुनैे एक सम्बन्ध दर्शाउँछन् । सोही अनुरुप हातको साहिँली औँला आफ्नो पार्टनरका लागि समर्पित हुन्छ ।

त्यस्तै बुढी औँला आमाबुवाका लागि, चोर औँला भाइ बहिनीका लागि, माझी औँला आफ्नै लागी र कान्छी औँला आफ्ना सन्तानका लागि भएको मान्यता चीनमा छ । एजेन्सी


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger