Latest Updates :

यस्ता छन् मुखमा गन्ध आउँने कारणहरु, अप्नाउनुहोस् यि उपाय.....हेर्नुहोस...

SHARE THIS POST :

ल मुख गनाउने समस्या अहिले धेरैमा हुने गरेको छ। आफ्नो स्वास्थ्यको सामान्य ख्याल नगर्दा धेरैले यस्तो समस्या भोगेका हुन्छन्। तर, नियमित रूपमा ब्रस गर्ने हो भने मात्रै पनि धेरै हदसम्म समस्या कम हुन्छ।



मुख गनाउने धेरै कारणमध्ये ९० प्रतिशत कारण खानापछि ब्रस नगर्नु नै हो, यदि पेटमा कुनै रोग लागेको छैन भने। तर, कतिपय अवस्थामा पेटमा लाग्ने विभिन्न रोगका कारण पनि मुख गनाउने सम्भावना हुन्छ। खाना खाँदा दाँतमा अड्किएपछि प्लक नामक किटाणुले डेरा जमाएर मुख गनाउने समस्या हुन्छ। यो किटाणु प्रवेश गरेपछि दाँतमा किरा लाग्ने, गिजा सुन्निने, मुखमा स-साना घाउ खटिरा आउने समस्या हुन्छ।

जसका कारण धेरैको मुख गनाउने समस्या हुनसक्छ। ल पेटभित्र लागेको रोगका कारण पनि मुख गनाउन सक्छ। जसलाई सिस्टेमिक कारण भनिन्छ। डाइबेटिज, फोक्सोसम्बन्धी रोग, घाँटीमा आउने घाउ, खटिरा र किड्नीसम्बन्धी रोगका कारण पनि मुख गनाउन सक्छ। नियमित रूपमा चुरोट सेवन गर्दा पनि मुख गनाउन सक्छ। त्यसैगरी, लसुन, प्याज र मुला सेवन गर्दा पनि सीमित समयसम्म मुख गनाउँछ।

मुखको दुर्गन्धबाट छुटकारा
मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ। दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउनुपर्ने हुन्छ ।

एन्टी ब्याक्टेरियल तत्त्व हुने भएकाले ग्रिन टीले पनि मुख गन्हाउने समस्या कम गर्छ। मुखको गन्ध आउने मानिसले बढी पानी पिउनुपर्छ। मिन्टवाला चुइङ्गम चपाउन पनि सकिन्छ।

केही घरेलु उपाय
तोरीको तेलमा थोरै नुन मिसाएर दैनिक एकपटक दाँत तथा गिजाको मालिस गर्नाले पनि दुर्गन्ध कम हुन्छ। यस्तै अनारको बोक्रा पानीमा उमालेर कुला गर्ने, सुक्खा धनिया चपाउने गर्नाले पनि मुखको दुर्गन्ध हट्छ।

तुलसीको चारपाँचवटा पात दिनहुँ खाएर पानी पिउनाले, एउटा ल्वाङ मुखमा राखेर चुस्नाले र खाना खाएपछि आधा चम्चा सौंफ चपाउनाले पनि खाना पच्ने र मुख गन्हाउने समस्याबाट छुटकारा मिल्छ। यति गर्दा पनि दुर्गन्ध हटेन भने चिकित्सकको सल्लाह लिनुपर्छ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger