Latest Updates :

यस्तो छ काबुल घटनाका घाइतेहरूको बयान...हेर्नुहोस ... घटना निकै रहस्यमय .....कारण यस्तो छ ....

SHARE THIS POST :
अफगानिस्ताको कावुलमा आतंवादी हमलामा घाइते भई उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा भर्ना भएका नेपालीहरूले आफूहरू चढेको बसमा भएको बम आक्रमण आत्मघाती नभएको बताएका छन्।

अफगान सरकारले एक जना आत्मघातीले गुडिरहेको बसमा आक्रमण गरेको बताए पनि घाइतेहरुले आफूहरुले कुनै पनि आत्मघाती हमलाकारी तथा उसको लास नदेखेको बताएका छन् । उनीहरुले बसमा पहिला नै बम सेट गरेर टाढाबाट रिमोटले विस्फोट गराएको हुन सक्ने आशंका गरेका छन्। उनीहरुले आत्मघाती हमलामात्र भनेर नहुने र अनुसन्धानगनुपर्ने समेत बताएको खबर आजको कान्तिपुरमा दिल्लीबाट कमलदेव भट्टराईले लेखेका छन्।

विष्फोट भएको बसमा सवार नेपाली सुरक्षाकर्मीका सुपरभाइजर कुमारबहादुर गुरूङले एपोलो अस्पतालबाट भने, ‘म ड्राइभर नजिकै थिए । किनभने मेरो जिम्मेवारी बाटोको सुरक्षा पनि थियो। गाडीमा विष्फोट भएपछि केही क्षणमा म बाहिर निस्केँ।’

जतिसुकै पीडा भए पनि सुपरभाइजर भएको हिसाबले प्रहरी, कम्पनीदेखि सवैतिर खबर गर्ने र उद्धार गर्ने दायित्व आफ्नो भएको उनले बताए। नेपाली सेनाबाट २०६३ सालमा अवकाश पाएपछि एकाध वर्षवाहेक आफू अफगानिस्तानमा नै सेवारत रहेको उनले बताए ।

‘घटनामा मारिएका र घाइते भएकाहरुलाई हेरेँ, तर त्यहाँ आत्मघाती हमला गर्नेको कुनै लास थिएन,’ उनले भने । उनले स्थानीय सुरक्षाकर्मीलाई खबर गर्नेदेखि घाइतेलाई उपचारको लागि लैजाने क्रममा आत्मघाती आक्रमणकारीको लास खोजेको, तर फेला नपरेको बताए। उनले आफूले सवै रुट क्लियर गरेर मात्र गाडीलाई अगाडि बढाएको समेत बताए।
गोर्खा देउराली–३ का थापाका अनुसार गाडीमा रहँदा दायाँवायाँ सवैतिर शंकास्पद वस्तु तथा मान्छे हेर्नु जिम्मेवारी समेत उनको थियो । ‘हाम्रो गाडी विष्फोटमा पर्दा सडकमा केही महिला र बच्चाहरू मात्र केही पर थिए,’ उनले भने । विष्फोटका कारण दायाँ कानको जाली फुटेका कारण राम्रोसँग बोल्न नसक्ने भएका उनले आत्मघाती बम विष्फोट भएको भनिए पनि गाडीको चक्का तथा माथिल्लो भागमा केही नभएको बताए।

‘घटना शंकास्पद छ किनभने जति पनि हाम्रा साथीहरु मरेका छन, उनीहरु सवैको टाउको र शरीरको अन्य भाग छुट्टिने गरी आक्रमण भएको छ’ उनले भने । यदि आत्मघातीले बस वाहिर विष्फोट गराएको भने त्यस्तो हुनुनपर्ने उनी बताउँछन्।

घाइते तथा मृतकको टाउकोमा मात्र धेरै चोट लागेको देखिन्छ ।  अर्का घाइते सुर्खेतका अमृत रोकाय क्षेत्री पनि गाडी चालकलाई समेत शंका गर्छन्। उनका अनुसार चालकलाई सामान्य चोटपटक समेत लागेन।

‘पछि अस्पतालमा उसको हाउभाउ हेर्दा समेत मलाई त एकदमै शंका लाग्छ किनकी मैले पनि आत्मघाती आक्रमणकारीको लास देखिनँ,’ उनले भने। उनका अनुसार आक्रमण यस्तो ठाउँमा गरिएको जहाँ कोही पनि स्थानीय जनताहरू थिएनन्। उनी गाडी चालकको समेत मिलेमतो हुन सक्ने बताउँछन्।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger