नुहाउदा तपाईले प्रायः कपालमा स्याम्पु प्रयोग गर्नुहुन्छ होला। तर स्याम्पु प्रयोगको क्रममा तपाइले धेरै गल्ती गर्नसक्नुहुन्छ। स्याम्पुको उचित रुपमा प्रयोग गर्न जान्नु हुदैन भने यसले ननुहाउदा नै राम्रो हुन्छ । सामान्यतया स्याम्पु प्रयोग गर्दा हुने गल्ती यस प्रकार रहेका छन् :
गलत स्याम्पुको प्रयोग
तपाईको कपाललाई उपर्युक्त हुने खालको स्याम्पु छनौट गर्नुपर्छ। सबै भन्दा पहिला तपाईको कपाल कस्तो प्रकारको हो भन्ने थाहा पाउनुपर्छ। सुख्खा, तेलीय जर्जर वा नरम कस्तो कपाल हो? त्यो थाहा पाएपछि मात्र स्याम्पुको छनौट गर्नुपर्छ। आफ्नो कपाललाई कस्तो स्याम्पु उपर्युक्त हुन्छ भनेर कपाल विज्ञ वा ट्रिकोलोजिस्टसँग सल्लाह लिनुहोस। स्याम्पु र कन्डिसनर एकैचोटी प्रयोग नगर्नुहोस।
कपाललाई राम्रोसँग नभिजाउने
कपाल नभिजाई स्याम्पु दल्नु दोस्रो गल्ती हो। स्याम्पु दल्नु अगाडि कपाललाई राम्रोसँग भिजाउनुपर्छ। कपाललाई राम्रोसँग भिजाएन भने फिज आउदैन र स्याम्पुले पनि राम्रो काम गर्दैन। बरु कपाललाई सुख्खा बनाउछ। कपालमा स्याम्पु दल्नुभन्दा दुई तीन मिनेट अगाडी कपाललाई राम्रोसँग भिजाउनुहोस।
कपालको उचित स्थानलाई स्याम्पु नदल्नु
स्याम्पु पाए भन्दैमा सतही रुपमा दल्ने कसैकसैका बानी हुन्छ। स्याम्पु कपालका जराभित्रसम्म पुग्नुपर्छ। कपाल नभएको ठाँउमा वा तालु र निधारमा स्याम्पुको सकभर प्रयोग गर्नुहुदैन। किनकी यसले टाउको सुख्खा बनाउछ।
बारम्बार धुने
कपाललाई दिनहुँ स्याम्पु लगाएर धुनु पनि हुदैन किनकी यसले कपाल झन सुख्खा बनाउछ। कपाल तथा जरामा भएको फोहर हटाई कपाल नरम बनाउन स्याम्पुको प्रयोग गर्नुपर्छ।
स्याम्पुलाई छिट्टो पखाल्ने
कपालमा दलिसकेपछि स्याम्पुलाई छिटो छिटो नपखाल्नुहोस । छिटो पखाल्दा स्याम्पुले काम गर्न पाउदैन र कपालमा त्यसको असर देखिदैन । केही मिनेट टाउकोमा मिचेर मात्र स्याम्पु पखाल्नुपर्छ ।
शब्द, साभार : स्वास्थ्य खबर पत्रिका
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें