Latest Updates :

सफलता मिल्नुअघि कुल्ली, वेटर जस्ता काम गर्थे यी सेलिब्रिटीहरु.....हेर्नुहोस

SHARE THIS POST :



हिन्दी फिल्म उद्योग यस्तो ठाउँ हो जहाँ मै हुँ भन्ने पनि पाखा लाग्ने गरेका छन् । तर केही अपत्यारिला मानिएका मानिसलाई सफलताको शिखरमा समेत पुर्याएको छ । यस्तै केही बलिउड स्टारहरु रहेका छन् जसले कहिल्यै पनि सोचेका थिएनन् कि उनीहरु बलिउडमा यति धेरै सफलता पाउनेछन् ।



उनीहरुले गरेको संघर्षले पनि यही व्यक्त गर्छ । उनीहरुले फिल्ममा आउनुपुर्व अर्कै पेशामा आवद्ध रहेका थिए । तर भाग्य चम्किएपछि उनीहरु आज बलिउडमा सबैभन्दा बढी कमाउने तथा चर्चीत स्टारका रुपमा परिचीत रहेका छन् ।


आफ्नो दैनिक चलाउन समेत धौधौ पर्ने यी सेलिब्रिटीहरुले बलिउडमा आफ्नो बेग्लै स्थानमा बनाउन सफल भएका छन् । कतिले वेटरको काम गरेका छन् भने कतिले सेफको । संघर्षको समयमा बेन्चमा सुतेर समेत रात काटेका छन् यी बलिउड सेलिब्रिटीहरुले ।


१. अक्षय कुमार

बलिउडका खेलाडी अक्षय आज इन्डस्ट्रीमा हाइएस्ट पेड एक्टरमा गनिन्छन् । अक्षय हालसम्म १०० भन्दा बढी फिल्महरु खेलिसकेका छन् । उनी बलिउडमा आउनुपुर्व बैककमा वेटरको काम गर्थे । त्यही रहदाँ उनले मार्सल आर्टको ट्रेनिङ समेत लिएका थिए ।


२. अमिताभ बच्चन

अमिताभ बच्चन बलिउडका महानायक हुन् । उनको डाइलग डेलिभरीका कारण पनि उनी आज यस स्थानमा रहेका छन् । आज पनि नयाँ आएका एक्टरहरुलाई उनी चुनौती दिएर काम गर्छन् । त्यसैका कारण पनि उनलाई एग्री योङ मेन पनि भन्ने गरिन्छ । बलिउडमा स्ट्रल गर्ने क्रममा उनले कहियौ रात मरिन ड्राइभको बेन्चमा बिताएका छन् । उनीसँग न त बस्नका लागि घर नै थियो न त पैसा नै । आज भने उनीसँग करोडौको सम्पत्ति रहेको छ ।


३. रजनीकान्त

रजनीकान्तको असली नाम शिवाजीराव गाइकवाड हो । फिल्ममा आउनु भन्दा पहिले रजनीकान्त बसमा कन्डक्टरको काम गर्थे । उनले ‘बंगलगुरु ट्रासपोर्ट सर्भिस’ मा कन्डक्टरका रुपमा काम गरेका थिए । पैसा कमाउन उनी कुली समेत बनेका थिए । आज रजनीकान्तका करोडौ फ्यानहरु रहेका छन् । उनलाई भगवान झै मान्ने गर्छन् । उनको घरघरमा पुजा हुने गर्छ । रजनीकान्तको डाइलग र स्टाइल धेरैले कपी समेत गरेर गुजारा चलाउने काम गर्छन् ।


४. राखी सावंत

बलिउडमा बोल्ड लुक तथा आइट गर्लका रुपमा परिचीत यी अभिनेत्री कुनै समय बारमा डान्स गर्थिन् । उनले १० वर्षको हुँदा रेस्टुरेन्टमा काम गर्थिन् । त्यसपछि बलिउडमा इन्ट्री गर्न उनी बार डान्सर समेत बनिन् ।


५. नवाजुदीन सिद्धीकी

बलिउडमा आउनुपुर्व यी स्टार मेडिकल सपमा केमिस्टको रुपमा काम गर्थे । केमिस्ट भएर काम गरेका सिद्धीकीलाई पैसाको अपुग भएपछि उनले वाचम्यान समेत भएर काम गरेका थिए । उनले आमिर खानको फिल्म सर्फोरोशमा २ मिनेट काम गरेका थिए । तर आज सिद्धीकीको बलिउडमा बेग्लै स्थान रहेको छ ।


६. वोमन इरानी

बलिउडको ट्यालेन्टेड एक्टरको रुपमा परिचीत यी स्टार फिल्ममा आउनुपुर्व ताजमहल होटलमा वेटरको काम गर्थे । पछि उनले आफ्नी आमालाई मदत गर्न परेपछि बेकरीमा समेत काम गरेका थिए ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger