एजेन्सी,साउन २१। बलिउडकी फिल्म एवं नृत्य निर्देशक फराह खान डान्समा मात्रै नभइ बोल्नमा पनि चर्चित छिन्। बेला बेलामा उनको बोलीले बलिउडमा हंगामा मच्चिने गरेको छ।उनले फेरि बलिउडमा उक पटक बोलेर सनसनी मचाएकी छिन्।
भारतमा हुने रियालिटी शो डान्स कम्पिटिशन ‘झलक दिखला जा’ सिजन ९को निर्णायक रहेको उनले करण जौहरलाई बुढो मान्छे भनेर घोषणा गरिदिएकी छन्। यति मात्रै नभइ उनले बलिउडकी किङ खान शाहरुख खानलाई निर्णय गर्न कमजोर अनि बेकार भनेकी छन् भने सुपरस्टार सलमान खानलाई इमान्दारको संज्ञा दिएकी छन्।
salman_farah5उनका अनुसार करण जौहर अब कुनै पनि शो को निर्णय गर्न सक्ने क्षमता राख्ने हैसियत आफूमा भित्र्याइसकेको जज हो।यसअघि करण ‘झलक दिखला जा’ सिजन-४ को निर्णायक भएर काम गरिसकेका छन्। तर यो विषयमा शाहरुख खान निकै कमजोर देखिएको उनको भनाई छ।
उनका अनुसार शाहरुखले जो कसैलाई पनि भावनामा बगेर पूरापूरी नम्बर दिनेको गरेको छ भने सलमान खान यस विषयमा इमान्दारीले काम लिने गरेको र कलाकारले कला देखाएको आधारमा नम्बर दिने गरेको छ।
उनी भन्छिन्, ‘निर्णय गर्नमा सलमान खानको सोच गजबको छ, उनी यस विषयमा इमान्दारीले काम लिन्छन् र बिना भावनामा बगेर नम्बर पनि दिने गर्छन्।’
धेरै डान्स शोको निर्णायक रहेसकेकी फराह भन्छिन्,’जब कुनै रियाली शो टीभी च्यानलमा आउँछ म अवश्य पनि हेर्ने गरेको छु। त्यसमा भएको कमीकमजोरी र सल्लाह सुझाव उक्त शोको जज र च्यानललाई भन्ने गरेको पनि छु।’
यसका साथै सलमान खानको सञ्चालन गर्दै आएको बिगबोस पनि हेर्ने गरेको र आफ्नो सल्लाह सुझाव सलमानसँग सेयर गर्ने गरेको उनको यो पटक भने ‘झलक दिखला जा’ सिजन ९ मा ज्याकलिन फर्नान्डिस निर्णायकको भूमिकामा आउने बताइएको छ।



एक टिप्पणी भेजें