सुधार गृहमा एक बिरामीको रहस्यमय मृत्यु:श्रीमानसँगै व्यवसाय गरेर बस्ने कमलाको सपना पानीको फोका झैं फुट्यो.....थप जानकारीको लागि....
पथरीःमोरङ र श्रीमान सुध्रिएर आउँछन् अनि सँगै बसेर राम्रो ब्यावसाय गरौँला भन्ने सुन्दर सपना बोकेकी मोरङ उर्लाबारी–३ की कमला तामाङको सपना पानीको फोका झैं फुटेको छ ।
अत्याधिक मदिरा सेवन गर्ने श्रीमान विष्णु तामाङ ‘च्याङ्वा’ लाई उनले साउन ११ गते ३७ हजार ४ सय खर्चेर उर्लाबारी–५ स्थित जीवन बचाऊ उपचार गृहमा पुर्याइन । तर १४ गते राति १२ बजे आएको एउटा फोनको घण्टीले कमलाको सपना टुट्यो ।
फोनमा श्रीमानको मृत्युको खबर जोडिएको थियो । सपना देखिरहेकी कमलाको मध्यरातमा देखिरहेको सपना मात्र टुटेनन् । त्यही खबरले सधैँका लागि जीवनसंगी पनि गुमाउनु पर्याे । कमलालले भनिन् ‘यति चाँडै उहाँ बित्नुहुन्छ भन्ने कल्पना पनि गरेको थिइनँ, आखिर जे नहुनु थियो त्यही भयो ।
यता सुधार गृह प्रशासनले भने च्याङ्वाको मृत्युलाई अनेक बखडा झिकेर ढाकछोपको प्रयास गरिरहेको कमलाको आरोप छ । ढाकछोपलाई मंगलबारे अस्पताल, इलाका प्रहरी कार्यालय उर्लाबारीले समेत राम्रै गोडमेल गरिरहेका छन् । सुधार गृह प्रशासनले प्रेस विज्ञप्ति नै सार्वजनिक गरेर च्याङ्वाको मृत्यु कालगतिले नै भएको दाबी गरिरहेको छ । तर, सुधार गृहको भनाई एक पछि अर्काे आउन थालेपछि पीडितका आफन्तहरू समेत घटनाको छानविन आवश्यक भएको बताउन थालेका छन् ।
मृतकका आफन्तहरूले सुरु देखि नै छानबिनको माग गरेका हुन् । पछिल्लो समय च्याङ्वालाई अस्पताल भर्ना गर्दा मंगलबारे अस्पतालमा डाक्टर खड्ग लिम्बू नभएको खुलासा भएको छ । तर, सुधार गृह प्रशासनले डाक्टर लिम्बूले उपचार गर्दै गर्दा च्याङ्वाको मृत्यु भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ । अझ केही रहस्यमय तथ्यहरु बाहिर आउन बाँकी रहेको स्रोतको भनाई छ ।
स्रोतमात्र होईन्,स्थानीयले मध्यरातमा सुधारगृहमा मरेआमा मरे भन्दै चिच्याएको आवाज सुन्ने गरेको बताए । ‘तामाङ (च्याङ्वा) को मृत्यु भएपछि आवाज सुन्न छोडिएको छ,स्थानीय युवा नाम नबताउने सर्तमा भन्छन्‘ मेरो कुरा विश्वास नलाग्ला गृह छेउमै घरमा जेष्ठ हजुरवुवा हजुरआमाले त ढाट्दैनन्,गएर सोध्नुहोस । ’
स्रोत भन्छ–च्याङ्वालाई अस्पतालसम्म लैजाने गाडीका चालकले समेत उनको बाटैमा मृत्यु भएको केही ठाउँमा बताइसकेका छन् । यद्यपि यो विषयमा थप अनुसन्धान आवश्यक रहेको स्रोतको बताउँछ । अस्पतालसम्म पुर्याउने गाडीका चालक आफैंमा प्राविधिक व्यक्ति नभए पनि उनलाई अस्पतालमा भर्ना गर्ने व्यक्तिले यो सत्यलाई लुकाउन नसक्ने स्रोतको दाबी छ । मध्यरातको घटना भएकोले सुधार गृहलाई मृत्यु प्रकरणको ढाकछोप गर्न सजिलो भइरहेको छ ।
स्रोतले थप्दै भन्छ– ‘डाक्टरको हातमा नै च्याङ्वाको मृत्यु भएको हो भने किन पोष्टर्माटम गर्न आवश्यक भयो ? प्रहरीले उजुरी लिएर पनि दर्ता नगरेको विषय अझ रहस्यमय बन्दै गएको छ ।
उजुरी दर्ता नगर्ने प्रहरीले सामान्य निवेदनका भरमा पोष्टर्माटमका लागि किन अस्पताल प्रशासनलाई अनुरोध गर्याे ? स्थानीय र च्याङ्वाका आफन्तले भनेका छन–‘प्रहरी र सुधार गृह प्रशासनले अस्पताललाई पनि आफ्नो मुठ्ठीमा लिएको छ ।’
सुधार गृहमा यातना दिइनु सामान्य भए पनि कुलतमा फसेको व्यक्तिको क्षमतालाई बिचार गरेर मात्र यातना दिनुपर्ने सुधार गृहका विषयमा जानकारहरू बताउँछन् ।
उनीहरूले भनेका छन्, ‘वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कलेजोको बिरामी छ, बढी मदिरा सेवनले ज्यान लिन सक्छ भनेकै कारण कमला श्रीमानलाई बचाउन सुधार गृहमा पुगेकी हुन् । तर गृहले अरु सरह यातना दिएर च्याङ्वाको उपचार गर्नु सरासर गलती हो । यस विषयमा सुधार गृह सच्चिनु पर्छ ।’
जानकारहरू थप्छन् ‘त्यहाँ (सुधार गृह भित्र) हालेपछि हामीले जे गर्न पाउँछौं भन्ने मानसिकता काउन्सिलरहरूले त्याग्नु पर्छ । हात खुट्टा बाँधेर उपचार सुरु गरेपछि उसलाई काउन्सिलरको प्रत्यक्ष निगरानीमा राख्नु पर्ने हुन्छ , तर उपचारमा आएका अरु बलिया , निरोगी व्यक्तिलाई जस्तै मध्यरातमा हात खुट्टा बाँधेर काउन्सिलरहरू सुते भने कमजोर बिरामी मर्छन नै ।’ यो घटनामा सुधार केन्द्रको गल्ती पुष्टि गर्दै विज्ञले भनेका छन् ।
यता पीडित कमलाले सुधारगृहमा उपचाररतहरूसँग बयान लिन प्रसासनसँग माग गरेकी छन् । कमलाले भनिन्, ‘सुधारगृह सञ्चालकहरुले झुठ बोलेपनि सुधारगृहमा उपचाररत अरुले देखेका होलान, उनीहरुले साँचो कुरा बताउँछन् ।’
‘सुधार गृहमा उपचार गर्न र लत छुटाउन गएको मान्छेको कसरी शरीर भरी निलडाम हुन्छ ?, लास हेर्दा जसले पनि कुटेर मारेको हो भन्ने देख्छ ।’ आफ्नो पतिको मृत्यु के कारणले भयो सत्यतथ्य छानबिन गर्न कमलाले प्रसाशन सामु आग्रह गरेकी छन् । हामी सिधासाधा केहि जान्दैनौ हाम्रो बारेमा यहाँका नेताहरुले बोलिदिनु पर्यो । हामीलाई पैसो चाईदैन, मृत्युको कारण भए पुगो । यो कारणले त्यो कारणले भनेर नढाटोस,यति भनिनसक्दा उनको आँशा रसाईसकेका थिए ।
पतिको शरीरमा नील डाम देखिएपछि उनले इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी समेत दिएकी छन् । तर इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक गंगा राईले जाहेरीको विषयमा अनविज्ञता प्रकट गरेका छन् । आफू डाक्टर नभएकाले नीलडामको बारेमा जवाफ दिन नसक्ने उनले बताईसका छन् । यद्यपि, राईले अनुसन्धान भइरहेको बताएका छन् । तर उनको कुरोको तालमेल नभएको बताइन्छ ।
घटनामा स्थानीय प्रहरी, अस्पतालका कर्मचारी र सुधार गृहका सञ्चालकको मिलेमत्तोमा ढाकछोप गरिएको स्थानीय बताउँछन् । यो घटनामा सुधार गृहले राम्रै आर्थिक चलखेल गरेको समेत स्थानीयको दाबी छ । ‘प्रहरीले जाहेरी लिन नमान्नु, ठाडो निवेदनले हुन्छ भन्दै पन्छिनु र प्रहरी अधिकृतले जाहेरीका सम्बन्धमा अनविज्ञता प्रकट गर्नुले यो घटनामा दोषीलाई ढाकछोप गरिरहेको देखिन्छ ।’ स्थानीयले भने, ‘अस्पतालमा जुन डाक्टरले उपचार गराएको हो भनेर भनिएको छ उनको उपस्थिति नहुनु जस्ता विवादास्पद कुराले घटनामा सुधार गृह दोषी रहेको देखिन्छ ।’
सुधार गृहको बारेमा आरोप प्रत्यारोप चलिरहेका बेला सुधार गृहका संस्थापक मध्येका एक सदस्य सुरेश शाक्यले मृत्यु शंकास्पद भएको बताए । उनले यस अघि पनि यस्ता घटना भएका स्मरण गर्दै भने, ‘सुधार गृहका नाममा मानवअधिकारको खिल्ली उडाउन पाइँदैन ।’ उनले संस्थाको बिरोधी नभएको बताउँदै सुधार गृह सरकारी मापदण्ड अनुसार सञ्चालन हुनपर्नेमा जोड दिए । उनीहरूले गृहलाई मादपण्डसहित नमूना बनाउनु पर्नेमा जोड दिँदै सुधार गृह यातना गृहमा परिणत भएको बताए ।
यसैबीच सुधार गृहले गत आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी तामाङको कालगतिले मृत्यु भएको बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज रबिन्द्र दहालले १२ सय बढीलाई पुनर्जीवन दिएको समाचार लेख्न आग्रह गर्दै कालगतिले मरेकालाई अतिरञ्जित नगराउन अनुरोध गरे । तर, पत्रकार सम्मेलन समेत गृहको बचाउका लागि आयोजना गरिएको संस्थापकद्वय सुरेश शाक्य र रेबन्त कार्कीले बताएका छन् ।
सुधार गृहको बारेमा स्थानीय अगुवाहरु मौन छन् । किनकी उनीहरुलाई मात्र होईन्,प्रहरीप्रसासनलाई समेत सल्लाकारमा राखिएको छ ।
डिसी नेपालबाट साभार
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें