Latest Updates :

भारतसँग भएको अपर कर्णाली सम्झौता खारेजीको माग...

SHARE THIS POST :



महेन्द्रनगर, २१ साउन । नेपाल सरकार भारतीय जिएमआर विच माथिल्लो अर्थात अपर कर्णालीको विषयमा भएको सम्झौता खारेजीको माग गरिएको छ ।
नेपाल किसान पार्टी र ग्रेटर नेपाल कञ्चनपुरले उक्त सम्झौता राष्ट्रियहित विपरित भएकाले उक्त सम्झौता खारेजीको माग गरेको हो । शुक्रबार महेन्द्रनगरमा पत्रकारमा सम्मेलनमा बोल्दै नेपाल किसान पार्टीका अध्यक्ष सिरोमणी ओझाले नेपालको जलस्रोतमाथी विदेशीको कब्जा जमाउने तरिकाले गरिएका सम्झौता आजैदेखि खारेज हुनुपर्नेमा जोडदिए ।2
राष्ट्रको हित नहुने सम्पूर्ण सम्झौता खारेज गरेर नयाँ सम्झौता हुनुपर्ने उनको सुझाव छ । ग्रेटर नेपालका क्षेत्रिय महासचिव गौरब जोशीले चार हजार दुइसय मेगावाट क्षमताको माथिल्लो कर्णाली सम्झौताले नेपाललाई घाटा भएको बताए । उनका अनुसार बर्षामा १०८ र सुख्खायाममा ३६ मेगावाट विद्युत नेपालमा दिने सम्झौता र प्राकृतिक कारणबाट कम्पनीलाई क्षति भए नेपालले १५० प्रतिशत क्षतिपूर्ति दिने सम्झौताले नेपाललाई घाटै घाटा हुने बताए ।
यसैविच कर्णाली सम्झौता खारेजीको माग राख्दै ग्रेटर नेपाल र नेपाल किसान पाटीले शनिबार महेन्द्रनगर देखि कर्णाली चिसापानीसम्म मोटरसाईकल ¥याली निकालेर चिसापानीमा कोण सभा गरिने जनाएको छ ।
यस्तै किसान पार्टी र ग्रेटर नेपालले हत्या हिंसा घटनामा निश्पक्ष छानबिनको माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । प्रहरीले घटनाको सत्य तथ्य छानबिन गर्नुको साटो उल्टो प्रहरीले मोलमोलाई गरेको भन्दै किसान पाटीका अध्यक्ष ओझाले प्रमुख जिल्ला अधिकारी मनोहर प्रशाद खनाल समक्ष दुखेसो पोेखेका थिए ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले प्रहरीले लार्पबाही नगरेको दावि गरेका थिए । किसान पाटी र ग्रेटर नेपालले हत्या, हिंसा, दुर्घटना, बलात्कार लगायत समाजिक, प्राकृतिक घटनामा प्रहरीले कमाउने धन्दा बनाएको गम्भिर आरोप लगाएका छन् ।दैनिक नेपालबाट साभार

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger