Latest Updates :

सुटिङ नै रोकेर दीपिकासँग २ घन्टा बिताए सलमानले....हेर्नुहोस्....

SHARE THIS POST :

अभिनेता सलमान खान र अभिनेत्री दीपिका पादुकोणले आजसम्म कुनै पनि बलिउड चलचित्रमा काम गरेका छैनन् । जबकी, यी दुबै अहिले बलिउडका सर्वाधिक सफल कलाकार हुन् ।

तर, दीपिका र सलमानले एकसाथ काम गर्ने चर्चा मिडियामा नआएको होइन । हालै मात्र यी दुइविचको केमेष्ट्री स्पष्ट देखिएको छ । मुम्बइको एक स्टूडियोमा सलमान विज्ञापनको सुटिङमा व्यस्त थिए । जब सलमानले सोही स्टूडियोमा दीपिका पादुकोण पनि सुटिङमा व्यस्त रहेको थाहा पाए, उनले छायांकन नै रोकिदिए । आफ्नो छायांकन रोकेर उनी दीपिका भएको स्थानमा पुगे ।

दीपिका र सलमानले छायांकन रोकेर करिब २ घन्टा गफमा बिताएको भारतीय मिडियाको दाबी छ । दुबैले छायांकन रोकेर गफमा व्यस्त भएपछि उनीहरुको यूनिट पनि हैरान भएको थियो । सलमान र दीपिकाले एक नयाँ प्रोजेक्टमा एकसाथ काम गर्ने चर्चा छ । सायद, यी दुइको गफ यही बिषयमा थियो कि ?अनलाइन खबरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger