Latest Updates :

देशभर सरकारले हदबन्दीभन्दा बढी जग्गा जफत गरिँदै.....

SHARE THIS POST :

सरकारले देशभर विभिन्न व्यक्ति या परिवारसँग रहेको हदबन्दीभन्दा बढी जग्गा जफत गर्ने प्रक्रिया सुरु गरेको छ।


भूमिसुधार मन्त्रालयले त्यस्ता गैरकानुनी जग्गा जफत गरी सरकारका नाममा ल्याउन मातहतका कार्यालयलाई परिचालन गरी विवरण नै बटुलिसकेको छ। मा समाचार छ।




‘भूमिसुधार कार्यालय र भूमिसुधारसम्बन्धी काम समेत गर्ने अख्तियारी पाएका मालपोत कार्यालयहरुले अभियान नै चलाएर देशभर हदबन्दीभन्दा बढी रहेको जग्गाको विवरण तयार गरेका छन्,‘भूमिसुधार सचिव मोहनकृष्ण सापकोटाले भने,‘कानुनबमोजिम हदबन्दीभन्दा बढी जग्गा सरकारको स्वामित्वमा ल्याउन ती कार्यालयहरुलाई निर्देशनसमेत दिइसकेका छौं।’


मुलुकमा हदबन्दी बढी अर्थात कुनै व्यक्ति या परिवारले कानुनी रुपमा राख्न पाउनेभन्दा हदबन्दी बढी जग्गा ३८ हजार ३ सय १९ रोपनी अर्थात २ हजार ८ सय ८७ विघा मात्र छ।हदबन्दीभन्दा बढी जग्गावाला परिवार छुट्टीएको, जग्गा बेचिसकेको, नापीको मोठमा जनिएको, तर दर्ता हुन बाँकी जस्ता विभिन्न खाले भएकाले कति परिवारको हदबन्दी भन्दा बढी जग्गा जफत हुन लागेको भन्नेबारे यकिन भन्न नसकिने जानकारी भूमिसुधार विभागले जनायो।कान्तिपुर दैनिकबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger