बलिउडमा पछिल्लो समय निकै चर्चामा रहेकी अभिनेत्री ज्याकिलन फर्नानडेजले फिल्म ‘ढिसुम’ को प्रोमोशन गर्न एक कमेडी सोमा जान अस्वीकार गरेकी छिन् । टिभी सो ‘कमेडी नाइट्स बचाओ’ जान उनी नमानेकी हुन् । एकपटक अनुभव सम्हाली सकेकी ज्याकलिनले पछिल्लो अनुभव अझै भुल्न नसकेका कारण पनि उक्त सोमा जान नचाहेको बताएकी छिन् ।
उक्त सोमा जो सेलिब्रिटी आएपनि कृष्ण अभिषेक तथा भारती सिंह लगायत अन्य कलाकारबाट बेइज्जत हुनुपर्ने भएको कारण पनि उनी उक्त सोमा जान नचाहेकी हुन् । यस सोको फर्माट नै त्यसरी नै बनाइएको छ ।यस अधि ऋतिक रोशन तथा अक्षय कुमारले पनि उक्त कार्यक्रममा जान अस्वीकार गरिसकेका छन् । फिल्म हाउसफुलको प्रोमोशनका लागि ज्याकलिन यस अधि उक्त कार्यक्रममा पुगेकी थिइन् ।
लीजा हेडनबारे एकदम नराम्रो कमेन्ट भएपछि ज्याकलिन एकदम डराएकी थिइन् । ज्याकलिनले पछि एपिसोडमा धेरै नै बैइज्जत भएको र धेरै कुरा हटाएर प्रस्तुत गरिएको थियो । त्यसका ज्याकलिनले उक्त कार्यक्रममा जस्तोसुकै अवस्थामा भएपनि नजाने बताएकी छिन् ।
पुर्बेली न्युजबाट साभार
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें