Latest Updates :

चरम लापरवाहीको नमूना, १ सय पूर्णांकमा दिइयो ५ सय २५ अंक......हेर्नुहोस कसरी यस्तो...

SHARE THIS POST :

सायद यस्तो लापरवाही दुनियामा कहीँ हुन्छ भने हाम्रै छिमेकमा हुन्छ । भारतको मध्यप्रदेशस्थित रिवामा रहेको अवधेश प्रताप सिंह विश्वविद्यालय अन्तरगतको एक कलेजकी एक छात्राले अर्थशास्त्र विषयमा १ सयपूर्णांकमा ५२५ अंक प्राप्त गरेकी छिन् ।

कथा यत्तिमा मात्र कहाँ सकिन्छ र ? यी छात्राले कुल साढे ४ सय पूर्णांकको परीक्षामा ७ सय २७ नम्बर प्राप्त गरेपछि ठूलै चर्चा बटुलेकी छिन् ।

बिए प्रथम वर्षको परीक्षामापूर्णांक भन्दा झण्डै दोब्बर अंक प्राप्त गर्न सफल यी किर्तिमानी छात्राको नाम हो गिता त्रिपाठी । विश्वविद्यालय अन्तरगतको रामपुर बघेलानस्थित सरकारी कलेजकी छात्रा हुन् उनी । उनले साढे ४ सय पूर्णांकमा ७२७ अंक प्राप्त गर्दा समेत उनलाई आफु पास भएको हो वा फेल भएको हो एकीन गर्न सकेकी छैनिन्

विश्वविद्यालयको लापरवाहीका कारण यस्तो भएको भन्दै गिताले यस्तो लापरवाही धेरै हुने गरेको बताइन् ।

यो घटनाको छानविन गर्न विश्वविद्यालयले एक जाँच समिति गठन गरेको छ । स्मरण रहोस् उक्त विश्वविद्यालयमा यस्तो लापरवाहीजन्य घटना पहिलो होइन । यसअघि पनि त्यहाँ विद्यार्थीको प्राप्तांकमा गडबडी, प्रश्नपत्र हराउने, अनुपस्थित देखाउने जस्ता अनेक घटना भैरहने गरेका छन् ।
 दैनिक नेपाल बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger