Latest Updates :

‘राता मकै’लाई जन्मदिनमा दीपाको ‘चिकेन’ उपहार, बसुन्धरा र कोमल सम्मानित.......हेर्नुहोस्

SHARE THIS POST :


जन्मदिनको अवसर पारेर हरेक बर्षको असार १५ गते हाँस्य कलाकार किरण केसीले कार्यक्रमको आयोजना गर्दै आएका छन् । यो बर्ष पनि उनले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरेका छन् ।

‘सुसानका लागि हाँस्यव्यङ्ग्य’ नाम दिएर आयोजित कार्यक्रम करिब ४ घन्टासम्म चलेको थियो । कार्यक्रममा किरणले हाँस्य कलाकार बसुन्धरा भुषाल र समाचारवाचिका तथा लोक गायिका कोमल वलीलाई सम्मानित गरेका छन् ।

किरणले हरेक बर्ष यसरि नै पत्रकारिता र हाँस्य व्यङ्ग्य क्षेत्रका १-१ जना व्यक्तिलाई सम्मानित गर्दै आएका छन् । कार्यक्रममा हाँस्य कलाकार दीपाश्री निरौलाले किरणलाई गजबको उपहार दिइन् । उनले काटिएको तर नटुक्राइएको ‘चिकेन’ उपहार दिएकी थिइन् ।

कार्यक्रममा किरणले ‘धुर्मुस-सुन्तली’ले गिरान्चौरीमा निर्माण गरिरहेको बस्तीका लागि सहयोग राशी हस्तान्तरण गरे । विभिन्न व्यक्तिहरुले सहयोग स्वरुप उपलब्ध गराएको रकम किरणले ‘धुर्मुस र सुन्तली’लाई हस्तान्रण गरेका थिए ।

दीपाले हरेक बर्ष नयाँ शैलीको उपहार किरणलाई दिदै आएकी छिन् । कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, हाँस्यकलाकारहरु शीवहरी पौडेल, दीपकराज गिरी, मनोज गजुरेल, बसुन्धरा भुषाल, जीतु नेपाल, सिताराम कट्टेल, कुञ्जना घिमिरे लगायतले ‘सुसासनका लागि हाँस्यव्यङ्ग्य’ शिर्षकमा आफ्नो भनाई राखेका थिए । कार्यक्रम लामो हुँदा उपस्थित कलाकार, पत्रकारहरु पूर्ण अवधी बस्न सकेनन् ।
अनलाइन खबरबाट
 

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger