Latest Updates :

अर्जेन्टिनी राष्ट्रपतिले मेसीलाई फोन गरेर भने,‘सन्यासको निर्णय फिर्ता लेऊ’...अब के गर्लान मेसीले हेर्नुस यस्तो छ सम्भावना .....

SHARE THIS POST :
अर्जेन्टिनाका राष्ट्रपति माउरिसियो म्याक्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका लियोनल मेसीलाई राष्ट्रिय टोलीमा फर्कन आग्रह गरेका छन्।

राष्ट्रपति माउरिसियोले आफैले मेसीलाई फोन गरेर सन्यासको निर्णयबाट पछि हटेर टोलीमा फर्कन आग्रह गरेका हुन्। 

सोमबार अमेरिकाको न्यूजर्सीमा भएको कोपा अमेरिका फुटबलको उपाधि भिडन्तमा चिलीसँगको पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका मेसीले अर्जेन्टिनाले हार ब्यहोरेपछि अर्जेन्टिनी टेलिभिजनसँगको कुराकानी गर्दै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए।

तर, सन्यासको घोषणा गरे लगत्तै अर्जेन्टिनाका राष्ट्रपति म्याक्रीले मेसीलाई फोन गरेर अरुको आलोचना नसुन्न सुझाव दिँदै टोलीमा फर्कन आग्रह गरेका हुन्।

राष्ट्रपति माउरिसियोले मेसीलाई भनेको कुरा उद्रित गर्दै उनका प्रवक्ताले एएफपीसँग भनेका छन्,‘उहाँ (राष्ट्रपति)ले मेसीलाई भनेका छन्, मेसी तिमी र अर्जेन्टिनी टोलीको प्रदर्शनबाट हामी खुशी र सन्तुष्ट छौं। अरुले गरेका आलोचना नसुन।’

राष्ट्रपति मार्सीले मेसीको पक्षमा आफ्नो ट्वीटरमा समेत लेखेका छन्। उनले भनेका छन्,‘मलाई आशा छ मेसी तिमी र अर्जेन्टिनी फुटबल टिमको राम्रो प्रदर्शन विश्वमै उत्कृष्ट रहेको वर्षौ वर्ष देख्न पाइराखियोस्।’


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger