Latest Updates :

लामो नाकाबन्दीको चोट भुल्दै ...मन्त्रीकै अगाडि गाए बिद्यार्थीले ‘भारतले जे भने नि स्वीकार गरी मान’...यो कस्तो खेल हो ?? हेर्नुहोस ....

SHARE THIS POST :
१२ असार, काठमाडौं । अर्घाखाँची जिल्लाको जनज्योति विद्यालयलाई भारतीय दूतावासले एउटा भवन बनाइदियो । त्यसको कृतज्ञता उक्त विद्यालयले दयनीय ढंगले व्यक्त गरेको छ ।

भवन उदघाटन समारोहमा उपप्रधानमन्त्री तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रायसमेत उपस्थित थिए ।

अर्घाखाँची उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको गृह जिल्ला हो । विद्यालयको उदघाटन समारोहको सुरुमै तीनजना छात्रालाई स्वागत गानका लागि मञ्चमा बोलाइयो । गुन्यु चोली र साडीमा मञ्चमा आएर उनीहरुले भारतको भक्तिगान गाए ।

गीतका शब्दहरु कसले कोरेका हुन् खुलेको छैन । तर, ती शब्दहरु कुनै पनि स्वाभिमानी नेपालीले पचाउनेखालका छैनन् ।

गीतको आरम्भमा भनिएको छ-
‘स्वागत गछौर्ं हामी शीरमा राखी हात,
नवज्योति अघि बढ्यो भारतकै साथ ।’

त्यसपछि गीतमा यस्ता शब्दहरु छन्,-
‘खोई ज्योती तिमी त अन्त धाउँदैनौ
भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौ
भारतसँग नाता जोडी केही पाउँदैनौ जान
भारतले जे भने नि स्वीकार गरी मान
भारतले गर्दा पायौं हाम्ले यत्रो ज्ञान
यो भन्दा ठूलो अरु केही पाउँदैनौं ज्यान ।’

यो गीतको भिडियो अर्घाखाँचीका पत्रकार हरिप्रसाद नेपालीले फेसबुकमा सार्वजनिक गरेका हुन् । ‘जनज्योति उच्च माविले यसरी बेच्यो नेपाली स्वाभिमान’ शीर्षकमा उनले राखेको भिडियो अहिले भाइरल बनिरहेको छ ।
उपप्रधानमन्त्री भन्छन्ः बच्चाहरुले आफैं लेखेर गाएछन्

अनलाइनखबरले उपप्रधानमन्त्री रायमाझीसँग यस विषयमा जिज्ञासा प्रकट गर्‍यो । उनले आफूलाई पनि गीतका शब्दहरुले असहज महसुस भएको बताए । ‘गीतका केही शब्दहरु असहज लाग्नेखालका नै थिए, त्यसैले मैले आफ्नो भाषणमा घुमाउरो किसिमले असन्तुष्टि व्यक्त गरेँ,’ रायमाझीले भने ।

के भनेर असन्तुष्टि व्यक्त गर्नुभयो भन्ने अनलाइनखबरको प्रश्नमा उनले जवाफ दिए, ‘मैले भनेँ, भारत र नेपाल दुई सार्वभौम राष्ट्र हुन् र हामीबीच एक अर्कालाई हस्तक्षेप गर्नेभन्दा मित्रवत् सहकार्य हुनुपर्छ ।’
गीतका विषयमा आफूले विद्यालयका जिम्मेवार पदाधिकारीलाई पनि सोधपुछ गरेको मन्त्री रायमाझीले बताए ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राचार्यलाई सोध्दा उहाँहरुले बच्चाहरु आफैंले गीत लेखेर गाएको जवाफ दिनुभयो,’ उपप्रधानमन्त्री रायमाझीले भने ।

‘बच्चाहरुले लेखेको गीत हामीले चेक गरेनौं, त्यस्ता शब्द छन् भन्ने जानकारी भएन,’ आफूले पाएको जवाफ उद्वृत गर्दै मन्त्री रायमाझीले भने ।

बालबालिका आफैंले अञ्जानमा लेखेकाले आफूले यस विषयलाई इस्यू नबनाउने उनको भनाइ छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger