नयाँ दिल्ली/ पछिल्लाे समय भारतीय शुरक्षाकर्मीहरू सिमाना मिच्दै नेपाली भुमि प्रवेस गरिरहदा चिनीया फाैजकाे एक टाेली भारतीय भुमिमा प्रवेस गर्दा नया दिल्लीमा बबन्डर मच्चिएकाे छ । चिनियाँ सेनाको एक टोली हतियारसहित उत्तराखण्डमा पसेपछि दिल्लीस्थित भारतीय नेतृत्व सशंकित भएको हो ।बुधबार दिउसाे भारत उत्तराखण्डका मुख्यमन्त्री हरीश रावतले आफ्नो भूमिमा चिनियाँ सेना पसेको बताएपछि नयाँ दिल्लीमा हाल बबन्डर मच्चिएकाे हाे ।
उत्तराखण्डस्थित भारतीय सीमा सुरक्षा बलले पनि चिनियाँ सेना आफ्नो भूमिमा पसेको रिपोर्ट गृहमन्त्री राजनाथ सिंहलाई पठाएपछि हतियार सहित चिनीया सेना भारतकाे भुमिमा प्रवेस गरेकाे पुस्टि भएकाे हाे । समाचार अनुसार चिनियाँ सेनाको हतियारवद्ध एउटा समूह र भारतीय फौजको टोलीबीच जुलाई १९ तारिखमा उत्तराखण्डको चमोली जिल्लामा जम्काभेट भएको थियाे ।
उत्तराखण्डको ३५० किलोमिटर सीमाना चीनसँग जोडिएको छ । समाचार अनुसार जुन महिनामा मात्रै तीन पटकसम्म चिनियाँ सेनाको टोली भारतीय भूमिमा आइसकेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशको भूभागमा चिनियाँ जनमुक्ति सेना (पिएलए) को ५० जनाको टोली भारतीय भूमिमा हतियारसहित आएको थियो ।
समाचार अनुसार त्यो बेला भारतीय सीमा सुरक्षा बलको टोली तिब्बत नजिकैकै सीमामा पाङ्गोङ्ग त्सो पहाड नजिकै अन्तर्राष्ट्रिय योग दिवसका दिन योग गरिरहेका बेला पसेका थिए । यसभन्दाअघि चिनियाँ सैनिकको टोली ९ र १५ जुनमा पनि भारतीय भूमिमा आएर दिनभरी बसेपछि फर्किएको थियो ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें