Latest Updates :

किष्ट पोलिक्लिनिकमा भेटियो नर्सको शव, 'ब्याईफ्रेन्ड' पक्राउ....हेर्नुहोस...

SHARE THIS POST :
ललितपुर, साउन ३

ललितपुरको बालकुमारी चोकमा रहेको किष्ट पोलिक्लिनिक एण्ड मेडिकल सेन्टरमा एक नर्सको रहस्यमय मृत्यु भएको छ।

पोलिक्लिनिकको तेस्रो तलामा वेलनेश अस्पताल बाँसबारीमा कार्यरत नर्स निमा डोल्मा लामाको शव भेटिएको हो। दोलखा चरिकोट घर भइ भक्तपुरमा बस्दै आएकी लामा किष्ट पोलिक्लिनिकमा पार्ट टाइम काम गर्दै आएको खुल्न आएको छ। लामाको आफन्तले भने उनको हत्या भएको भन्दै शव बुझ्न अस्वीकार गर्दै आएका छन्।

ललितपुर प्रहरीले भने लामा असार २८ गते झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ। ललितपुरका डिएसपी ईश्वर कार्कीले लामाको शव पोलिक्लिनिकमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए। प्रहरीले लामाको प्रेमी उमेशकुमार साहलाई नियन्त्रणमा लिएको छ।

साह र किष्टका सञ्चालक देवकुमार साहले प्रहरीमा खबर नगरी लामाको शवलाई शिक्षण अस्पताल लगेका थिए।


शवलाई नजिकैको पाटन अस्पताल नलगेर टाढाको अस्पताल शिक्षण अस्पतालमा लैजानु रहस्यमय भएको भन्दै अहिलेसम्म शव नबुझेको मृतककी बहिनी मिना लामाले सेतोपाटीलाई जानकारी दिईन्। साहलाई महाराजगंज प्रहरीले पक्राउ गरेर ललितपुर प्रहरीमा बुझाएको छ।

मृतकका आफन्तले शरीर बन्धक,र कर्तब्य ज्यान मुद्दामा साह विरुद्ध प्रहरीमा जाहेरी दिएका छन्।

मृत अवस्थामा भेटिएकी लामा असार २३ गतेदेखि सम्पर्कविहिन रहेको मिनाले बताईन्। असार  १७ गते फोन सम्पर्क भएको र घर आउन आफूले दिदीलाई आग्रह गरेको उनले बताईन्।  'अघिल्लो दिन दिदीसँग फोनमा कुरा भयोे, २८ गते मृत अवस्थामा भेटिईन्', उनले भनिन् , 'हत्या बिहान भएता पनि हामीलाई खबर भने राति ८ बजेतिर मात्र गरे।'

घटना भएको दिन साढे ९ बजेसम्म पोलिक्लिनिकमा काम भएको र सो रात सो पोलिक्लिनिकमा साह सोफामा र लामा माथिल्लो तल्लामा सुतेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। 'मृतकका आफन्तले शव बुझेका छैनन्, पोष्टमार्टम पनि गर्न दिइएको छैन्' ललितपुरका डिएसपी कार्कीले भने। उनले यस विषयमा अनुसन्धान भइरहेको बताए।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger