Latest Updates :

हरिबंशका छोरा त्रिलोकको दोस्रो विहे ! हेर्नुहोस कहानी यस्तो छ....

SHARE THIS POST :

काठमाडौं, २१ असार । चर्चित कलाकार हरिवंश आचार्यका जेठा छोरा त्रिलोक आचार्यको विहे भएको सामाचार यतिबेला निकै चर्चामा छ । तर, उनका जेठा सुपुत्र त्रिलोकले एउटै केटीसँग दोस्रो विहे गरेका हुन् ।

अमेरिका अध्ययनका लागि गएका हरिबंशका जेठा छोरा त्रिलोकले ५ वर्षअघि नै अमेरिकामा विहे गरेका थिए जोए, लेविस्कीसँग । उनै जोए लेविस्कीसँग सोमबार पुन : विवाह भएको छ । यसअघि गरेको विवाहामा परिवारका कुनै पनि सदस्य उपस्थित हुन नसकेपछि उनले पुन नेपाली परमपरा अनुसार विवाहा गरेका हुन् ।

हरिबंशले आफ्नो छोराको नेपाली परमपरा अनुसार विवाहा गर्न पाएपछि सामाजिक सञ्जाल फेसबुकमा समेत खुसी व्यक्त गरेका थिए ।

अमेरिकाको स्वार्थमोर कलेजमा अध्ययन गर्दै गर्दा लेविस्की र त्रिलोक एक अर्कासँग नजिकिएका थिए । जतिबेला लेविस्की १६ वर्षकी थिईन भने त्रिलोक २० वर्षका थिए । उनीहरुबीच ५ वर्षको प्रेम सम्बन्ध पछि विवाहा भएको हो । सानो समारोहमा भएको विवाहामा कुनै परम्परागत संस्कार गर्न पाइएको थिएन, किनकी त्यतिबेला हरिबंशका परिवारमा बज्रपात आइलागेका थियो । यता काठमाडौंमा त्रिलोककी आमा मिरा आचार्यको मृत्यु भएको थियो । त्यसपछि नै घर सम्हाल्नका लागि त्रिलोक र लेविस्की काठमाडौं आएका थिए । उनीहरु झण्डै एक वर्षसम्म काठमाडौंमा बसेका थिए ।


त्रिलोक गुगलको ईन्जिनियरको जागिर गर्छन्, यता जोय लेविस्की भने म्याकग्लेन मिडिल स्कुलमा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्टको रुपमा काम गर्छिन् ।

लेविस्कीका परिवारले हिन्दु परम्परा अनुसार नै कन्यादान गरिदिएका हुन् । उनकै घरमा लेविस्कीका पिताले हिन्दुपरम्परा अनुसार विवाहा भएको हो ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger