काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफलका लागि डाकिएको संसद बैठक भोलि आइतबारसम्मका लागि स्थगित भएको छ ।
सांसदहरूको बोेल्न सूची लामो रहेकाले संसद बैठक आइतबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । संसद बैठक अब भोलि बिहान बस्नेछ ।
बिहान ११ बजेदेखि चलेको संसद बैठकमा अविश्वासको प्रस्तावको पक्ष र विपक्षमा सांसदहरूले जोडदार रुपमा धारणा राखेका थिए ।
आइतबारको संसद बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूविरुद्धको अविश्वास प्रस्तावका सम्बन्धमा उठेका जिज्ञासाको जवाफ दिनुका साथै त्यसको सामना गर्नु हुनेछ । ओलीले सम्बोधनका क्रममा राजीनामा दिने घोषणा नगरेर आइतबार नै प्रस्ताव निर्णयार्थ पेस गरिनेछ ।दैनिक नेपालबाट



एक टिप्पणी भेजें