Latest Updates :

आठदिनसम्म जमिनमा गाडेको शिशु जिउँदै !......हेर्नुहोस्

SHARE THIS POST :


एजेन्सी, काठमाडौं, साउन ११। आठ दिनसम्म चिहानमा राखेको शिशु जिउँदै हुन्छ भनेर के तपाई पत्याउनुहुन्छ ? तर चीनमा एक नवजात शिशुलाई उसको घरपरिवारले जिउँदै जमिनमा घाडेपनि आठ दिनपछि उक्त शिशुलाई जिउँदै जमिनबाट निकालिएको छ।

चीनको लु फेगलियन (Lu Fenglian)नामक महिलाले जंगलमा जडिबुटी खोजिरहेकी थिइन। यही क्रममा उनले एउटा बच्चा रोइरहेको आवाज सुनिन् जुन जमिन मुनिबाट आइरहेको थियो।

उनी केहीबेर डराएपनि नजिकै रहको एक बौद्ध भिक्षुलाई बोलाइन्। जब भिक्षु र महिला उक्त बच्चालाई जमिनभित्र गाडेको पूर्ण विश्वास भयो। उनीहरुले प्रहरीमा खबर गरेर खन्न थाले। करीब दुई फुट खनेपछि बट्टाभित्र बच्चा जिउँदै थियो।
baby-buried-alive2

सीएनएनको रिपोर्ट अनुसार उक्त बच्चालाई उसको हजूरआमाले जमिनमा गाडेकी थिइन् किनकी बच्चाको ओठ काटिएको थियो।
बच्चाको आमाबुबाका अनुसार उक्त बच्चालाई आठ दिन पहिले जमिनमा गाडिए पनि अब यस्तो गल्ती कहिल्यै पनि नगर्ने बताएका छन्।

यता, डाक्टरका अनुसार वनजात शिशुलाई जमिनभित्र हावा मिलिरहेको बताइएको छ। तर पनि डाक्टर आफै पनि यसलाई चमत्कार नै मानिरहेका छन्।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger