Latest Updates :

गाउँ नै ‘जुम्ल्याहाको बस्ती’मा परिणत हुँदै.....हेर्नुहोस (फोटो फिचर)

SHARE THIS POST :

बेइजिङ, असार २३ । जुम्ल्याहा जन्मलाई चिकित्सा विज्ञानले सामान्य रुपमा लिने गरेको छ । गाउँघर तथा टोल छिमेकमा एक/दुई जोडी जुम्ल्याहा फेला पर्नु स्वाभाविक हो । तर चीनको एउटा गाउँ ‘जुम्ल्याहा’ कै पहिचानबाट विश्वमा चिनिन थालेको छ ।

चिनियाँ सरकारी समाचारपत्र ‘पिपुल्स डेली’ को अनलाइन संस्करणमा जनाइए अनुसार चोङ्गकिङ्ग पहाडी क्षेत्रमा रहेको किङ्गयुवान गाउँमा ३६७ परिवार बसोबास गर्दै आएका छन् । तीमध्ये ३९ जोडी जुम्ल्याहा रहेका छन् ।

सो गाउँमा रहेको प्राथमिक विद्यालयका सबैजसो कक्षामा जुम्ल्याहा छन् ।

उक्त गाउँमा सबैभन्दा पुराना जुम्ल्याहाको उमेर ८९ वर्ष पुगेको छ ।

हुआङ्ग हाइकिङ्गको परिवारमा तीन पुस्ता जुम्ल्याहा भइसकेको छ । उनी स्वयं जुम्ल्याहामध्येकै एक भाइ हुन् भने उनका छोरा पनि जुम्ल्याहा नै छन् । उनका नाति पनि जुम्ल्याहा छन् ।

गाउँ नै जुम्ल्याहा बस्तीमा परिणत हुन थालेपछि केही परिवार भने अन्यत्र पलायन भएका छन् ।

(एजेन्सी)


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger