त्यस्तै गौरीगञ्ज– ५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भटबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उता माई खोलामा आएको वाढीले बगाएर भारत घर भई हाल कुमरखोद– ४ बस्तै आएका १८ वर्षीय कालू भनिने बाबुलाल मण्डीलाई बगाएर वेपत्ता बनाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसद शर्माले बताउनुभयो ।
लगातार आएको वर्षका कारण जिल्लाका दुई हजार २ सय ८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा अझैंपनि ६६९ घर डुवानमा रहेको बताइएको छ ।वाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् ब्यवस्थापन समितिले सवैलाई सचेत रहन आग्रह गरेको छ ।
प्रभावित भएका स्थानहरुमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धार कार्यमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भूजेलले बताउनुभयो । आज मात्रै प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा जिल्ला विपद् ब्यवस्थापन समितिको बैठक बसी सवैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्य सम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको बताइएको छ ।
आजपनि झापामा बिहानैबाट बर्षा भइरहेको छ । झापामा मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायतका नदीहरुमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको नेपाल रेडक्रश सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो । मैनाचुलीमा रहेको कनकाई जल मापन केन्द्रका अनुसार झापामा पछिल्लो २४ घण्टा भित्र ५८.२ मिलिमिटर वर्ष भएको छ ।



एक टिप्पणी भेजें