काठमाडौं, साउन १०- किर्ते कागजका आधारमा ५० हजार मूल्यको जग्गा धितो राखी २० लाख ५० हजार कर्जा प्रवाह गर्ने कार्यमा संलग्न सातजना पक्राउ परेका छन् ।
हाल सिभिल बैंकमा मर्जर भएको तत्कालीन पशुपति विकास बैंकबाट किर्ते कागजपत्रका आधारमा कर्जा प्रवाह भएको हो । केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पशुपति विकास बैंकका तत्कालीन महाप्रबन्धक विनोदकुमार कार्कीसहित सातजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा तत्कालीन कर्जा प्रमुख प्रतीक भँडेल, नक्कली लेखापरीक्षक सुरेश सिलवाल, धितो मूल्यांककर्ता राजेन्द्र पाख्रिन तथा कर्जा लिने रामप्रसाद उप्रेती, रामकृष्ण राई र नक्कली कागजपत्र बनाउने मधुसुजन खत्री छन् ।
पक्राउ गरिँदा कार्की सिद्धार्थ डेभलपमेन्ट बैंकमा चिफ कर्पोरेट अफिसरका रूपका कार्यरत थिए । कर्जा प्रमुख भँडेल निजी कम्पनीमा कार्यरत थिए । सिभिल बैंककै उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । भक्तपुरमा अरनिको राजमार्गबाट १० किलोमिटर टाढा सिपाडोलस्थित भीरको जग्गालाई राजमार्गबाट पाँच सय मिटरछेउ रहेको नक्कली कागजपत्र बनाएर त्यसैका आधारमा २० लाख ५० हजार कर्जा प्रवाह भएको थियो भन्दै आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।



एक टिप्पणी भेजें