Latest Updates :

भारतीय दूतावासका दुई कर्मचारीको यस्तो धन्दा, मन्त्री बाँड्दै ‘आजतक टिभी’....हेर्नुहोस्

SHARE THIS POST :
काठमाडौं, १ साउन । प्रधानमन्त्री केपी ओलीले नेपालका लागि भारतीय राजदूत रञ्जित रेले सरकार अल्पमतमा परेकै दिन डिनर पाटी दिएर खुसी व्यक्त गरेको भनेर सार्वजनिक अभिव्यक्ति दिएपछि नेपाल राजनीति फेरि एकाएक चर्चामा पुगेको छ ।

नौँ महिने सत्ता गठबन्धन छाडेर नेकपा (माओवादी केन्द्र)ले एमालेलाई प्रधानमन्त्री ओलीलाई एक्लै छाडेपछि आक्रोश हुनु स्वभाविक पनि हो । तर, प्रधानमन्त्री ओलीले भारतीय राजदूतले डिनर पाटी दिएर खुसी मनाएको विषयमा यत्तिकै भनेका भने होइनन् । किन भने प्रधानमन्त्री ओलीलाई धेरै सूचना भएर नै त्यसो भनेको हुनुपर्छ ।

अर्को कुरा लैनचौरस्थित भारतीय दूतावासका कर्मचारीहरूका गतिविधि समेत संकास्पद हुने गरेका छन् । यतिसम्म कि भारतीय दूताासका डीसीएम डेपुटी चिफ अफ मिसन प्रमुख तथा दूतावासका सेकेण्डम्यान विनयकुमार र पोलटिकल वीङ्का प्रमुख कृष्ण गोपालनले खुलेआम राजनीति गर्दै आएको स्रोतले जनाएको छ । उच्च स्रोतका अनुसार भारतीय राजदूतावासका यी दुई कर्मचारीले नेपालका नेताहरूका साथै उच्च कर्मचारीहरूलाई गोप्य रुपमा भेटेर आफू अनुकुलका काम गराउँदै आएका छन् ।

विनय कुमारले आजकाल लाजिम्पाटस्थित होटेल -याडिसन र कृष्ण गोपालनले सांग्रिला होटेललाई आफ्नो भेटघाटको अड्डा बनाएका छन् । उनीहरू कसैसँग भेट गर्नुपर्दा यी होटेलमा जाने गरेको स्रोतको दाबी छ ।

मन्त्री पद बाँड्दै आजतक टिभीका पत्रकार

प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनेवित्तिकै आफ्नो गतिविधिलाई चलायमान बनाएका आजतक टेलिभिजनका नेपाल सम्वाददाता पंकज दासले भारतीय दूतावासमा आफ्नो पहुँच रहेको भन्दै कांग्रेस, माओवादी केन्द्र र केही साना दलका नेताहरूसँग कुराकानी गर्ने गरेको पाइएको छ । पंकज दासले यतिसम्म कि ‘म आजतक टिभीको पत्रकार हुँ मैले भनेको कुरा भारतीय दूतावासले काट्दैन, मन्त्री बनाउने हैसियत राख्छु’ भन्ने गरेको आरोप छ ।

अर्को भारतीय टिभी च्यानल एवीपी टेलिभिजनका नेपाल सम्वाददाता वीरेन्द्र केएमले पनि घुमाउरो भाषामा भारतीय दूतावासको नाम बेचेर केही व्यक्तिहरूले आतंक मच्चाएको आफ्नो फेसबुक वालमा लेखेका छन् । ‘सरकार परिवर्तनको बिविध प्रयासहरू चलिरहँदा बजारमा जताततै ‘स्वघोषित भारतीय दलालहरू’(जसलाई भारत, भारतीय दूतावास, भारतीय राजनीतिक पार्टी वा उसका नेताहरूले चिन्दापनी चिन्दैन) को बिगबिगिले आतंक नै मच्चायो त औँ !!’, भनेर फेसबुकमा लेखेका छन् । उनको यो संकेत भारतीय दूतावासको नाम जोडेर मन्त्री बाँड्दै हिँड्नेहरूका लागि त होइन ?

ओखलढुङगा जिल्लातिर घर भएकी एक महिला पत्रकारले पनि ‘भारतीय दूतावासमा मेरो पहुँच छ, मन्त्री बनाउने मैले सिफारिस गर्छु’ भन्दै हिँड्ने गरेकी छिन् ।
दैनिक नेपालबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger