Latest Updates :

यौन सम्बन्ध खुलासा हुने डरले बालक हत्या.....

SHARE THIS POST :
शुक्रबार, १४ साउन २०७३,

रोल्पा- पश्चिम इरिबाङमा यौन सम्बन्ध खुलासा हुने डरले एक बालको हत्या गरिएको छ। सौतेनी आमा र उनका यौन सहकर्मीले बालक हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनायो। इरिबाङ-१ ओगाउँका बिमला पुनमगर र स्थानिय गोविन्द पुनमगरले १४ वर्षीय बालक भरत पुनमगरको हत्या गरेका हुन।


अभियुक्तहरुले बालकको घाँटीमा डोरी कसी घाँटी थिचेर गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता केशवबहादुर बस्नेतका अनुसार बालकले झुण्डिएर आत्महत्या गरेको बहानाबाजी अभियुक्तहरुले बनाउन खोजेका थिए। बिमला र गोविन्दबीच गत पुसदेखि अनैतिक यौन सम्बन्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्न गएको छ।

बालकमार्फत उनीहरुबीचको सम्बन्ध बाहिर आउने देखिएपछि हत्या गरिएको अभियुक्तहरुले प्रहरीसमक्ष बयान दिएका छन। बालकका बुबा वीर सिंह भने वैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन्। आफूहरुबीचको यौन सम्बन्ध बालकले बुबालाई भनी दिने डरले हत्या गरिएको उनीहरुले प्रहरीसमक्ष स्विकार गरेका छन्। घटनाको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
नागरिक न्युज बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger