Latest Updates :

पाइताला र हत्केलाको मासु बढ्ने अचम्मको रोग.....हेर्नुहोस्

SHARE THIS POST :


गितार्नी सेथी र उनकी ८ वर्षीय जुम्ल्याहा दिदीबहिनी गंगा र जमुनालाई  एउटा दुर्लभ समस्या भएको थियो जसका कारण खुट्टाको पैताला र हत्केला अस्वभाविक रुपमा पत्र उठेको थियो । पूर्वी भारतको उडिसामा जन्मिएका यी किशोरी सुरुमा अन्य बच्चा जस्तै स्वस्थ र फूर्तीला थिए । तर १ वर्ष पुगेपछि सबै दिदीबहिनीको पैतालामा बाक्लो मासु पलाउन थाल्यो । पैतला टेक्दा निकै पीडा हुन थाल्यो । पैतालाको भरमा शरिर धान्नै नसक्ने भए । उनीहरुले कहिल्यै पनि जुत्ता लगाउदैनथे । हिड्दा खेरी अस्हय पीडा हुन्थ्यो । उनीहरुलाई देख्दा अन्य बालबालिका त्रासले भाग्ने गर्थे ।

गाँउभर उनीहरुलाई अछुतको संज्ञा दिइएको थियो । तीन छोरीका पिता अभिमन्यु र माता पद्माले छोरीको उपचारको लागि सबै अस्पताल धाए । तर, उपचार हुन सकेन । अस्वभाविक रोगका कारण उनीहरुको जीवन निकै कष्टकर बनेको थियो । अझ समाजले हेयको दृष्टिले हेर्दा यो परिबार मानसिक रुपमा नै आहात बनेको थियो । ‘छिमेकीले अछुतको व्याबहार गर्दथे’ मजुदूरी गर्दै आएका अभिमन्यु भन्छन् । छिमेकीहरु उनीहरुका नजिक आउन डराउँथे । बाटोमा जम्का भेट भए तर्सिएर अर्काै बाटो लाग्थे । संक्रमणको त्रासले उनीहरु यी तिन दिदीबहिनीको नजिक नै पर्दैनथे ।

गितार्नी एक वर्षको हुँदा उनको पैतालामा रातो र सानो मासुको डल्ला देखिएको थियो । ‘एक वर्ष होमियोप्याथी उपचार गर्यौ । तर औषधीले केही अशर गरेन,’  उनीहरु भन्छन् । उनीहरु धेरै अस्पताल र चिकित्सककहाँ धाए तर कुनै उपचार हुन सकेन् । ८ वर्षपछि पद्माले दुई जुम्ल्याहा छोरी जन्माइन् । तर, उनीहरुमा पनि उही समस्या देखियो ।



जेठी छोरी गितार्नीको पैतालाको मासु १० इन्च बढेको थियो । जुम्ल्याहा छोरीहरुका पाउ र हत्केलामा पनि अस्वभाविक रुपमा मासु बढिरहेको थियो । यसैबीच गत महिना पीडित अभिभावक एक अस्पतालमा पुग्यो । अस्पतालका कस्मेटिक सर्जरी बिभागका चिकित्सक विभूती भूषण नायकले लगातार पाँच दिनसम्म उनीहरुको परीक्षण गरी शल्यक्रिया मार्फत संक्रमित तन्तु हटाइदिए । ‘यी तीनै दिदीबहिनी दुर्लभ वंशानुगत रोग ओल्मेस्टेड सिन्ड्रोमबाट पीडित भएका रहेछन् । यसअगाडि मैले यस्तो समस्या देखेको थिइनँ । उनीहरुको उपचार मेरा लागि बिल्कुलै नयाँ थिया’, चिकित्सकले भने ।

उनका अनुसार जेठी छोरी खुट्टाको भरमा उभिनै नसक्ने भएकी थिइन् । चिकित्सकका अनुसार शल्यक्रियामा ढिलाई भएको भए संक्रमण खुट्टासम्म पुग्ने र उनको आधा खुट्टा नै काट्नुपर्ने अवस्था आउथ्योे । ‘हामीले छालाको संक्रमित पत्रलाई हटाइदिएका छन् । उपचारपछि अहिले तीनै जना हिडडुल गर्न थालेका छन्,’ उनी भन्छन् ।

ओलमेस्टेड सिन्ड्रोम (ओएस) एउटा दुर्लभ वंशानुगत छालाको समस्या हो, जसका कारण अस्वभाविक रुपमा पैताला र हत्केलाको छाला बाक्लो हुँदै जान्छ । ओएसले कपाल र नङ पनि असामान्य रुपमा बृद्धि हुन्छ । यो रोग जन्मिदै वा बाल्यकालमा हुने गर्छ । संसारभर ७३ जनालाई यस्तो रोग लाग्ने गरेको पाइन्छ ।

एजेन्सी– अत्यधिक दुर्लभ छालाको रोगका कारण अछुतको संज्ञा पाएका भारतका तीन दिदीबहिनी शल्यक्रियापछि हिँडडुल गर्न थालेका छन् । उनीहरुको पैतालामा पलाएको मासुका डल्लाको शल्यक्रियापछि उनीहरु हिड्न सक्ने भएका हुन् । -स्वास्थ्य खबरपत्रिका बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger