एजेन्सी । २१ औँ शताब्दिकी यि द्रौपतीलाई देखेर तपाई छक्क पर्नुहुनेछ । महाभारत कालकी द्रौपतीको भन्दा कथा फरक छैन भारत देहरादूनकी राजो वर्माको कथा पनि । फरक यत्ति हो उनीहरु युद्ध लड्थे तर २१ औँ शताब्दीकी द्रौपती राजोका ५ श्रीमान्लाई अहिलेसम्म लडाईका बारेमा थाहा छैन । उनीहरु एकै परिवारका ५ भाई हुन् ।
यि ५ भाईहरुसँगै एउटै कोठमा बस्छिन् राजो । उनीहरुको बिहेपछि सबैजना एउटै कोठामा बस्दै आएका छन् । तपार्य सोच्दै हुनुहुन्छ होला, ५ पतिसँग एक पत्नि एउटै कोठामा कसरी सम्भव छ भनेर । तर घरमा रहेको एउटा मात्रै कोठामा प्रत्येक रात श्रीमान् फेरेर राजो उनीहरुसँग सुत्छिन् ।
अरु भाईहरु इमान्दार बनेर मझेरीका खाटमा पल्टिन्छन् र श्रीमतीसँग सुत्ने पालो कुरेर बस्छन् । उनीहरुकी एक १८ महिनाकी छोरी पनि छन् । तर ५ भाई मध्ये छोरीको सक्कली पिता को भन्ने कसैलाई पनि थाहा छैन । तर सबैले सबैलाई समान माया प्रेम र स्नेह साटासाट भने निरन्तर नै गरिरहेका हुन्छन् । राजोमालाई पनि सबै पति समान लाग्छन् ।
देहरादूनको हिमालय गाउँको परम्परा एक जना भाईसँग बिहे गरे उसका सबै भाईलाई श्रीमान् मान्नुपर्ने
परम्परा अनुसार राजोमाले ५ भाईलाई पति स्विकारेकी हुन् ।



एक टिप्पणी भेजें