Latest Updates :

साडी च्यातेर महिलामाथि दुर्व्यवहार तथा कुटपिट गर्नेहरुलाई कारबाही भएन्...... हेर्नुहोस्

SHARE THIS POST :

सिरहा, २२ असार । सिरहाको महेशपुर पतारी ४ मा जग्गा सम्बन्धी विवाद हुँदा एक महिलालाई केहि व्यक्तिले गाडी च्यातेर दुव्र्यवहार तथा कुटपिट गरेका छन् ।
स्थानीय रामेश्वर साह, भगवती साह, रामकिसुन साह र सुवन साहले सोही ठाउँकी अन्दाजी ३५ बर्षिया कंचनदेवी साहलाई कुटपिट तथा दुव्र्यवहार गरेका हुन् । उनीहरुको कुटाईबाट सोही ठाउँका प्रितम साह, रमेश साह र प्रेमकुमार साह पनि घाईते भएका छन् । घाईते भएकी महिलासहित सबैको उपचार अहिले लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा भईरहेको छ ।


अस्पतालमा उपचार गराइरहेकी कंचनले आफ्नो आफन्तसँग जग्गा सम्बन्धी विवाद हुँदा आफूसहित आफ्न्तहरुलाई मंगलवार साडी च्यातेर कुटपिट गरेको गुनासो गरिन् । उनले दुव्र्यवहार तथा कुटपिट गर्ने चारै जना विरुद्ध ईलाका प्रहरी कार्यालय पतारीमा उजुरी दिन जाँदा इन्सपेक्टरले दर्ता नगरेपछि जिल्ला प्रहरी कार्यालय सिरहा पुगेर उजुरी दर्ता गराएको सुनाइन् ।
‘उजुरी प्रहरीमा दिएपनि अपराधीहरुलाई पक्राउ गरेका छैन्’– उनले भनिन्, ‘प्रहरीलाई नेकपा एमालेका एक जना जिल्ला नेताले अपराधीहरुलाई नसमात्न दबाब दिइरहेका छन् ।’ अपराधीलाई प्रहरीले कारबाही गर्न पक्राउ नगर्दा आफूहरु असुरक्षित बनेको उनले भनिन् ।
कुटाईबाट घाईते भएका प्रितम भन्छन्– स्थानीय पुरुषोत्तम साहको खेतमा रामेश्वर साहले आली दिदै थियो । सो क्रममा पुरुषोत्तम पुगेपछि आली दिने काम रोक्यो । सोही रिसइबीका कारण रामेश्वरले आफ्ना पक्षधरहरुलाई बोलाई हामीलाई कुटपिट गर्यो ।
यता, सिरहाका प्रहरी प्रमुख तथा एसपी श्याम ज्ञवालीले महिलामाथि दुव्र्यवहार भएको हो वा होइन् अर्थात् कस्तो खालको दुव्र्यवहार भएको हो भन्ने कुराको अनुसन्धान गरिरहेको बताए । उनले अनुसन्धानपछि घटनामा दोषी देखिएकाहरुको कुनेपनि हालतमा कारबाही गर्ने बताए ।दैनिक नेपाल बाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger