Latest Updates :

दस हजार लिएर दिल्ली हुँदै कुबेतमा नेपाली युवती.....हेर्नुहोस्

SHARE THIS POST :


काठमाडौंः महिला बेचबिखनमा संलग्न रहेको अभियोगमा बाग्लुङ घर भई हाल काठमाडौंको जोरपाटी माकलबारी बस्ने ३६ वर्षीय लक्ष्मण सापकोटा र सिन्धुपाल्चोक दुवाचौर गाविस–७ घर भई हाल काठमाडौँ जोरपाटी माकलबारी बस्ने २८ वर्षीय रिमजिम तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरी र माइती नेपालको संयुक्त टोलीले मंगलबार काठमाडाँैबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख २०५८ नम्बरको माइक्रो बस चेकजाँच गर्ने क्रममा सिन्धुपाल्चोकको दुवााचौर–७ बस्ने २० वर्षीया दुई महिलालाई उनीहरुले भारतको दिल्ली हुँदै कुबेत लैजान लागेको अवस्थामा फेला पारेको थियो ।

सापकोटाले ६ हजार रुपैँया लिएर काठमाडौँदेखि दिल्लीसम्म पु¥याउन ती महिलाहरुको जिम्मा लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

तामाङले गाँउमा रहेका काकाबाट नगद १० हजार रुपैयाँ लिई दिल्ली हुँदै कुवेतसम्म बेचबिखनको लागि पठाउन सहयोग गर्ने गरेको भन्ने खुल्न आएको हो । युवतीलाई दिल्ली हुँदै कुबेत लैजान लागेको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
अन्नपुर्ण पोस्ट बाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger