Latest Updates :

ग्यास्ट्रिक बल्झिदा कस्ता रोग लाग्छन् ? यस्ता छन् बच्ने उपाय थाहा पाउनुहोस्.... ...

SHARE THIS POST :
काठमाडौं – ग्यास्ट्रिक भनेको सामान्यतया खानपान र रहनसहन नियमित नहुँदा लाग्ने रोग हो । ग्यास्ट्रिक आफैमा ठूलो रोग होईन् । सामान्य रोग हो । तर यो बल्झिदा विभिन्न भयानक रोगहरु लाग्ने गर्छन् । जसमध्ये एक हो माइग्रेन ।

के हो माइग्रेन ?
माइग्रेन एक प्रकारको न्यूरोलोजिकल रोग भएता पनि मनोशारीरिक रोग पनि हो । अत्याधिक तनावमा रहने, गैस्ट्रिकले ग्रस्त, अनिन्द्राले ग्रस्त, एसिडिटीका रोगी, पुरानो कब्जियत, टाउको र मष्तिस्कका अन्य विभिन्न समस्याहरु, उच्च रक्तचाप, र हार्मोनहरुको गड़बड़ी भएकालाई यो रोगको जोखिम धेरै छ ।
सहनै नसक्ने गरि टाउको दुखेको अवश्थामा औषधिहरुको सहायताले उपचार गर्नुपर्ने हुन्छ । तर यो दीर्घकालीन उपचार भने होइन । माइग्रेनलाई दीर्घकालीन रूपमा ठीक गर्न जीवन शैली तथा प्राकृतिक उपचार उपयोगि छन्

जीवनशैली उपचार :

१) निन्द्रा पूरा गर्न कुनै कनजुस्याई नगरी कमसे कम ६ देखि ८ घण्टा नियमित गहिरो निन्द्रा सुत्ने गरौ । सुत्ने र उठने समय नियमित एउटै टायममा गर्ने गरे माईग्रेनबाट बच्न सकिन्छ । सुताईमा अनियमितता हुनेहरूमा यो समस्या ज्यादा पाईएको छ ।
२) तनाव, चिन्ता, भय, र उदासिनता जस्ता मानसिक समस्याले यो रोगलाई बढावा दिने हुँदा उल्लेखित समस्याहरुको यथोचित व्यावश्थापन गर्नेतिर लागौ ।
३) उत्तेजक प्रकाश, होहल्ला र खैला(बैलाले पनि यो लाई बढ़ावा दिने हुँदा उक्त कुराहरु बाट बचौ।
४) प्रशस्त पानी नपिउनेहरु पनि यो समस्या को शिकार हुने गर्दछन अतः दैनिक ४ देखि साढ़े पाँच लिटर पानी पिउने बानी बसालौ ।

५) लामो समय सम्म निस्क्रिय जीवन जिउनेहरुमा यो रोग ज्यादा देखिएको छ तसर्थ हप्तामा कमसे कम ५ देखि १२ घण्टा सम्मा व्यायाम श्रम वा सक्रिय जीवनमा संलग्न रहौ ।
६) तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अति चिसो खाद्य पदार्थ तथा बोतल र बट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु पनि यो रोगका शिकार हुन पुग्दछन् । अतः यी अनिबानीहरु हटाएर स्वास्थ्य जीवन शैली अपनाउ ।

७) भोजनको नियमिततामा ध्यान दिऔ । भुलेर पनि समय अनुसारको भोजन नछाडौ । भोकभोकै बस्नेले एसिडिटी बढ्न गई माइग्रेनको प्रकोप बढ्न सक्छ । बोतल र बट्टाबद्ध संरक्षित खनेकुराहरू (जंक फूड) खाने बानी छ भने तुरुन्त छोड़ी दिऊ । अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि यो रोग मैत्री हैनन् ।
८) योग, ध्यान, प्राणायाम, जस्ता मन–प्रसमनका उपायहरु सिकेर नियमित अभ्यास गर्ने गरौ। माइग्रेन तनाव पुर्ण जीवन जिउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन माइग्रेन निवारणको कडी हो ।

९) शारीरिक तथा मानसिकरुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (MSRT), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (PET), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (SMET), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (JPMRT) डिप–रिल्याक्सेसन्–टेक्निक (DRT), क्विक–रिल्याक्सेसन–टेक्निक(QRT), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (IRT) जस्ता बिश्रामका विधिहरु सिकेर नियमित अभ्यास गर्ने गरौं ।
१०) चुकन्दर, काक्रो, बन्दाकोभी, गाँजर खर्बुजा जस्ता क्षारीय फलफूलका रस तथा नरिवल पानी आदि को सेवन गर्नुपर्छ । उपवासले पनि यो रोगमा फाइदा पुर्याउँछ ।

प्राकृतिक उपचार :

१) टाउकाको मालिशले माइग्रेनलाई विशेष फाइदा पुर्याउँछ । शीत गुणले युक्त जडीबुटीको बासनादार एरोमेटिक तेलले मालिस गर्दा यो रोग निवारणमा अझ राम्रो गर्छ ।
२) उष्ण पादस्नानको प्रयोग पनि यो रोगमा रामवाण तुल्य कम गर्छ ।
३) तौलीलाई ततोपानीमा डुबाएर दुखेको ठाउँमा मालिस गर्दा पनि यो रोग मा विशेष फाइदा पुर्याउँछ । कसै कैसैलाई यसै प्रकारको बरफ़को मालिसले पनि फायदा पुर्याउने गरेको छ ।
४) एक्युपञ्चर पनि माइग्रेनको उपचारक़ो महत्व पूर्ण विधि हो ।
५) माइग्रेन रोकथामका लागी किरोप्रैक्टिस, फिज़ियोथेरेपी, मालिश, एक्यूप्रेशर, रिफ्लेक्सोलोजी, पनि प्रभावक़ारी उपचार हुन ।

६) अध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन् ।
७) मैग्नीशियम, कोएंजाइम क्यू (Q), राइबोफ्लेविन, विटामिन बी १२ जस्ता पोषक तत्वले युक्त खाद्यान्नले पनि माइग्रेनलाई जाती गर्न सहयोग गर्छ ।
८ शिरोधारा, शिरोवस्ती, उपयुक्त औषधीयद्रव्यको नास्य जस्ता आयुर्वेदिक उपचार विधिहरु पनी यो रोगमा लाभकारक छन् ।
९) ८–१० दान ठूलो बादामको दैनिक सेवन गर्ने गरौ । तुलसीको पातको रस महसंग बिहान बिहान खाने गरौ । दूबोको रसको सेबन पनि यो रोगमा लाभकारी छ ।
१०) जलनेति, सूत्रनेती, कुंजल, एनीमा, जस्ता योगिक सोधन बिधिहरू पनि यो रोगको उपचारका महत्वपूर्ण आयामहरु हुन ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger