एजेन्सी । सन् २०११, डिसेम्बरको रेकर्ड अनुसार संसारभरि ३६ करोड ६८ लाख ४८ हजार ४ सय ९३ बेबसाइट छन् । तीमध्यै लाखौँ प्रेम, रोमान्स, डेटिङ र सेक्स सम्बन्धी वेबसाइटहरूले मान्छेको औंला र एक कलमा विदेशी यौनकर्मीसम्म पहुँच बनाइदिएको छ । धेरैले लुकीलुकी यी वेबसाइट मार्फत मित्रता गर्दै लुकेको आकांक्षा पूरा गरिरहेका हुन्छन् । गरिबी, बेरोजगारी र अध्ययन खर्च जुटाउनलाई यो पेसामा लाग्नेभन्दा रातारात कार चढ्ने र विलासी जीवन जिउन चाहने शिक्षित युवतीहरूले यो व्यवसायको आधुनिक स्वरूपलाई नेतृत्व दिइरहेका छन् ।young
संसारभर विस्तारित यो नेटवर्कले घर र होटलका कोठासम्म कुनै पनि मुलुक र उमेरका यौनकर्मी उपलब्ध गराउन सक्ने भएका छन् । करिब डेढ वर्षअघि काठमाडौँमा नेपाल प्रहरीका डीएसपी कञ्चन थापाको आत्महत्यापछि पक्राउ परेकी एक युवतीबाट विभिन्न मुलुकसम्म तार जोडिएको यस्तै एक यौन गिरोह पत्ता लागेको थियो । यो गिरोह बसपार्क र ठमेलका मसाजमा काम गर्ने यौनकर्मी जस्ता थिएनन् । उनीहरू नेपालमा यो व्यवसायको आधुनिक रूपका प्रतिनिधिहरू हुन्, जो प्रहरी र समाजको आँखामा मुस्किलले पर्छन् । केन्द्रीय प्रहरीका एक अधिकारीका अनुसार अभिनय, मोडलिङ, स्पा र मसाजको आडमा भारत बाहेक खाडी मुलुकसम्म यो पेसा गर्ने २ सय हाई प्रोफाइल यौनकर्मीको पहिचान गरेको छ ।
ती महिलाले कसैले शंका गर्नै नमिल्ने उच्च वर्ग र घरानाका दर्जनभन्दा बढी युवती मार्फत भारत, थाइल्यान्ड र सिंगापुरसम्म यौनव्यवसाय चलाएको नेपाल प्रहरीले नै खुलासा गरेको थियो । उनको कोठाबाट ती महिलाहरूको तस्बिर समेत प्रहरीले बरामद गरेको थियो । भारतको कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरसम्म उनको पहुँच थियो । उनले यही पेसाको आडमा राजधानीमा घर खडा गरेको र लाखौं बचत गरेकी थिइन् । यो पेसामा शक्ति, सत्ता, ग्ल्यामर र जालझेलको ठूलै चलखेल हुन्छ । हालै पूर्वी चीनको झेन्जियाङ प्रान्तको योङकाङ सहरमा नाबालिगलाई यौनव्यवसायमा लगाएको आरोपमा पक्राउ गरिएका ६ जना यसकै एक कडी हुन् । यो गिरोहसँग साँठगाँठ रहेको अभियोगमा एक जनप्रतिनिधि पक्राउ परे । यौन रोगको कमै जोखिम हुने १८ वर्षमुनिका यी चेलीहरूको ग्राहक ठूला व्यापारी थिए ।
अहिले अन्तर्राष्ट्रिय स्तरका खेल प्रतिस्पर्धाहरू र त्योसँग आयोजना हुने रेभ (नशा र सुन्दरीको मिश्रण० पार्टीमा मोडलिङ एवं अभिनयमा समेत दख्खल राख्ने हाई प्रोफाइल यौनकर्मीको माग संस्कृतिकै रूपमा विकसित भएको छ । भारतीय प्रहरीले हालैका दिनमा टिभी र सिल्भर स्त्रिmनका थुप्रै सेलिब्रेटीहरूलाई ग्राहकसँग होटेलको कोठा र पार्टीबाट नियन्त्रणमा लिनु सामान्य भएको छ । हुन त विश्वको थुपै्र मुलुकको सहरी क्षेत्रमा यौनव्यवसाय र योसँग सम्बद्ध अन्य व्यवसायहरू सेक्स सप, स्ट्रिप क्लब, एडल्ट थिएटरले मान्यता पाइसकेको छ ।
संसारकै सबभन्दा यो प्राचीन व्यवसाय थाइल्यान्ड र एसियाका कतिपय मुलुकमा अघोषित रूपमा खुलेआम चलिरहेकै छन् । थुप्रै मुलुकका सरकारले दोहोरो नीतिका साथ यसलाई स्वीकार गरिरहेकै छ । भारत कोलकाताको सोनागाछीले एसियाकै सबभन्दा ठूलो यौनबजारको रूपमा चिनिन्छ । नेदरल्यान्डस्को डे बालेन र जर्मनीको रिपेरबानमा प्रशासनले यसलाई कानुनी मान्यता दिएको छ । उनीहरूले यसलाई नियन्त्रित देह व्यवसाय भन्छन् । यौन व्यवसायकै लागि छुट्टयाइएको यी स्थलहरूलाई संसारभरि ‘रेड लाइट डिस्ट्रिक्टस’ भनिन्छ । इतिहासदेखि वर्तमानसम्म रेड लाइट भएको मुलुकहरूमा अफ्रिकाको घाना, आइभोरी कोस्ट, केन्या, दक्षिण अफ्रिका र युगान्डा छन् । यी क्षेत्रलाई सांकेतिक रूपमा अर्धनग्न प्राचीन मूर्ति र महिलाको खुट्टा समेत राखिएका हुन्छन् ।
त्यसैगरी एसियाको कम्बोडिया, चीन, हङकङ, भारत, इन्डोनेसिया, इरान, जापान, दक्षिण कोरिया, मलेसिया, पाकिस्तान, फिलिपिन्स, सिंगापुर र भियतनाम पनि देह व्यवसाय हुने मुलुकको सूचीमा पर्छन् । युरोपमा अस्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, आयरल्यान्ड, नेदरल्यान्डस्, स्पेन, स्विटजरल्यान्ड, बेलायत, स्कटल्यान्ड र वेल्समा प्रशस्तै यौनमण्डी छन् । उत्तरी अमेरिका, क्यानाडा, मेक्सिको, अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, अर्जेन्टिना र ब्राजिलले यो पेसालाई स्वीकारेकै देखिन्छ । कतिपय मुलुकले यसलाई अवैधानिक भने पनि छुट दिएकै छ भने कतिपयले व्यक्तिगत रूपमा यो पेसा गर्ने अनुमति दिए पनि संगठित रूपमा वा वेश्याघर खोल्नुलाई वैधता दिएको छैन ।
माग बढेपछि आपूर्ति पनि बढ्छ । त्यही भएर मानव बेचबिखनलाई नियन्त्रित गर्न पश्चिमाहरूले पनि यो व्यवसायमा कडा निगरानी राख्ने गरेको छ । संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको मानव बेचबिखन हुने ११ मुलुकको सूचीको शीर्ष स्थानमा रोमानिया पर्छ । बजारमा दिनदिनै बढ्दो नयाँ यौनकर्मीको मागले गर्दा नाबालिगदेखि बालिग उमेरसम्मका हजारौं महिलालाई वर्षेनि अपहरण गर्ने, बिहे र राम्रो तलब आउने जागिरको प्रलोभनमा फसाएर रोमानियामा आपराधिक समूहलाई बेचिन्छ । त्यसपछि उनीहरूलाई कि त नाइट क्लब र वेश्यालयमा बन्द गरिन्छ वा गल्लीमा ग्राहक खोज्न पठाइन्छ । नेपाल जस्तो धेरै मुलुकको अवस्था लगभग यस्तै छ नारी नेपालबाट



एक टिप्पणी भेजें