Latest Updates :

बालुवाटार पुगेका प्रचण्डमाथि खनिए प्रधानमन्त्री ओली- ......हेर्नुहोस

SHARE THIS POST :


काठमाडौं, १५ साउन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ ।

भेटमा प्रधानमन्त्रीले अध्यक्ष दाहाललाई के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि अध्यक्ष दाहालले राष्ट्रपतिबाट सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनुभएको थियो । त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारका बारेमा तपाईको दल र तपाईसँग सहकार्य गर्न खोज्ने नेपाली कांग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्रीले तपाईंलाई समर्थन गर्ने दल नेपाली कांग्रेसको राष्ट्रिय सहमतिको सरकार गठनबारे दृष्टिकोण के हो भनी प्रश्न गर्दै अध्यक्ष दाहाललाई भन्नुभयो– ‘के नेपाली कांग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको गठनको पक्षमा उभिएको हो ? नेपाली कांग्रेसले संसदमा र सार्वजनिक रुपमा समेत ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेसँगै सरकारमा बस्न नमिल्ने धारणा सार्वजनिक गर्दै आएको छ । यदि कांग्रेस राष्ट्रिय सहमतिका लागि तयार हो भने सबैभन्दा पहिला उसले आफ्नो धारणा सार्वजनिक रुपमा प्रष्ट्याउनुपर्छ ।’

अध्यक्ष दाहालले राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने अवस्था रहेपनि आफूले धर्म निर्वाह गर्न वार्तामा आएको बताउनु भएको थियो ।


भेटवार्तामा माओबादी केन्द्रका अध्यक्ष दाहालले अब बन्ने सरकारले वर्तमान सरकारले चीन सरकारसँग गरेका सम्झौताहरुको कार्यान्वयन गर्नुका साथै राष्ट्रिय हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यदि अब बन्ने सरकारले राष्ट्रिय हितमा काम गरे, काठमाण्डौं– तराई जोड्ने द्रत्तमार्ग र चीनसँग भएका सहमति र सम्झौता लगायतका राष्ट्रिय हितका काम कार्वाही अगाडि बढाएमा आफू र आफ्नो पार्टीले सहयोग गर्ने तर अबको सरकारको काम कार्वाही र व्यबहार हेर्ने बताउनु भएको थियो ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, माओबादी केन्द्र र मधेसी मोर्चाले छलफल गरी स्थानीय निकायको निर्वाचन चैतमा गर्ने सहमति गरेर आफू र आफ्नो पार्टीलाई निर्णय सुनाउन आउने अनि सहमतिको कुरा गर्ने भनी प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले अब बन्ने प्रधानमन्त्री चैतमा फेरिने र चैतमा नै निर्वाचन गर्ने कुरामा संगति नमिलेकोले निर्वाचन नै नगराउने षडयन्त्र भएकोमा आशंका व्यक्त गर्नुभएको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड राष्ट्रिय सहमतिको सरकारका लागि सहयोग माग्न बालुवाटार जानुभएको थियो ।

भेटमा प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री भीम रावल, नेकपमा एमाले संसदीय दलका उपनेता सुभाष नेम्वाङ, नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रमुख सचेतक भानुभक्त ढकाल र नेकपा माओबादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।दैनिक नेपालबाट

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger