Latest Updates :

आगलागीबाट करोडौँको क्षति.....हेर्नुहोस

SHARE THIS POST :

मुगु, १३ साउन । आज बिहान ९ बजे जिल्ला सदरमुकामस्थित एक घरमा आगलागी हुँदा तीन तलाको घर तथा घरका सरसामान जलेर खरानी भएको छ । कार्कीवाडा गाविस–२ भामबाडाका हस्तबहादुर भामको तीनतले घरमा विद्युत् सर्ट हुँदा आजलागी भएको हो । आगो स्थानीय, प्रहरी र नेपाली सेनाको अथक प्रयासपछि नियन्त्रणमा आए पनि घरलगायत अन्य सम्पत्ति जलेर नष्ट भएका छन् ।

घरको तेस्रो तलाबाट आगो दन्केको प्रत्यक्षदर्शीहरु बताउँछन् । तेस्रो तला श्रीनगर–२ घर भएका खड्कबहादुर मल्लको परिवारले बहालमा लिएका थिए । उनको सरसामान,लत्ताकपडा, गरगहनालगायत चल अचल गरी करिब रु दुइ करोडको सम्पत्ति जलेर नष्ट भएको छ ।पुर्बेली न्युजबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger