काठमाडौं, १५ साउन - आज साउन पन्ध्र अर्थात खिर खाने पर्व, घरघरमा खिर खाएर यो पर्व मनाईँदै छ।
दूधभात अर्थात मिठो र पोषिलो खानेकुरा अनि हाम्रो सर्वप्रिय दूधभात र सख्खरसंग संयूक्त पाकपछि तयार हुने परिकारलाई खिर भनिन्छ।
सकेसम्म बास्मति, टाइचून अथवा अन्य मसिनो वास्नादार चामल र नभए आफूसंग भएको चामललाई नै दूधमा पकाएर विभिन्न मरमसला आदि हालेर खिर बनाइन्छ। हाम्रो समाज र संस्कृतीमा खिरको ठूलो महत्व रहेको छ।
पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो । असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने चलन रहेको छ।
वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको हो। साथै श्रावण महिनामा पानी पर्ने भएकाले जताततै हरिया घाँसहरु हुने भएकाले लैनो गाई र भैंसीहरुले प्रशस्त दूध दिने हुँदा दूधको कमी नहुने यो प्राकृतिक महिनामा खिर खाएर गती परिन्छ भन्ने धारणा रहेको छ।
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें