Latest Updates :

१५ रुपैयाँ उधारो तिर्न नसक्दा दलित दम्पतीको हत्या....हेर्नुहोस ....

SHARE THIS POST :


१४ साउन, काठमाडौं । भारत उत्तर प्रदेशको मैनपुरी जिल्लामा पन्ध्र रुपैयाँ उधारो नतिरेपछि पसलेले दलित दम्पतीको हत्या गरेका छन् ।

भारतीय मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार पसले माथिल्लो जातका हुन् । र, उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘द इन्डियन एक्सप्रेस’ ले प्रहरीलाई उद्धृत गर्दे लेखेको छ, दलित दम्पतीले केहि दिन पहिला पसलेसँग  विस्कुटको प्याकेट किनेका थिए जसको मूल्य १५ रुपैयाँ पर्छ । समाचार अनुसार यो घटना भएको स्थानबाट प्रदेशका मुख्यमनत्री अखिलेश यादवको गाउँ सैर्फइबाट चार किलोमिटर टाढाँ पर्छ ।

हिन्दुस्तान टाइम्सका अनुसार घटनासँगै मैनपुरीको लखीमपुर गाउँमा पीएसी परिचालन गरिएको छ । गिरफ्तार पसलेलाई हत्या र जातिय विभेदको मुद्दा दर्ता गरिएको छ ।अनलाइनखबरबाट साभार


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger