Latest Updates :

काँग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डा, काँग्रेसको भागमा धेरै मन्त्रालय....हेर्नुहोस

SHARE THIS POST :



काठमाडौं, १० साउन । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिई मार्गप्रशस्त गरेलगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्तावको पक्षमा उभिएका राजनीतिक दलहरुलाई समेटेर सरकार बनाउने कसरत थालेका छन् ।

कांग्रेस र माओवादी केन्द्रले नयाँ गठबन्धनका प्रस्तावित प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सहमतीय सरकारका लागि पहल थाल्न जिम्मेवारी दिएका छन् ।

नयाँ बन्ने दाहाल नेतृत्वको सरकारमा एमाले सहभागी हुने सम्भावना नभएकाले तत्काल राष्ट्रिय सहमतिको सरकार बन्ने देखिन्न ।

बहुमतीय सरकार निर्माणको कसरत सुरु भए पनि सहमतीय प्रयास भने नछाड्ने माओवादी नेता वर्षमान पुनले बताए ।

कांग्रेस र माओवादीबीच मोटामोटी रुपमा मन्त्रालयको बाँडफाँडसमेत भइसकेको छ । सात बुँदे सहमति लगत्तै दुई दलबीच मन्त्रालयको संख्या बाँडफाँड भएको थियो । स्रोतका अनुसार कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिने मोटामोटी समझदारी छ ।

३० मन्त्रालयमा कांग्रेस र माओवादीले २२ मन्त्रालय लिएर ८ मन्त्रालय अन्य साना दललाई छुट्याउने तय गरेकोमा सरकारमा सहभागी हुने राजनीतिक दलको संख्या बढेका कारण यसमा केही तलमाथि हुने भएको छ ।

दुई महत्वपूर्ण मन्त्रालयमध्ये कांग्रेसले गृह र माओवादीले अर्थ मन्त्रालय लिने समझदारी छ । अन्य मन्त्रालय भने भागवण्डा भइसकेको छैन । कान्तिपुर दैनिकमा समाचार छ ।

SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger