Latest Updates :

युवाहरुलाई जनावरको काँचो मासु खाने तालिम !... हेर्नुहोस यो बिचित्रको चलन...

SHARE THIS POST :
सुरक्षा निकायमा भर्ना भएका नयाँ जवानले आफ्नो जीवनमा धेरै जोखिमपूर्ण तालिम गर्नुपर्छ । जसका कारण उनीहरुमा आत्मबल बढ्नुका साथै सुरक्षा निकायलाई मजबुत बनाउने ज्ञान प्राप्त गर्दछन् ।


विभिन्न देशमा सेना, प्रहरीको जागिर खान जाने जवानहरुले कडा तालिम लिने गरेको हामीले सुनेका छौं । हाम्रै छिमेकी देश चीनमा भने प्रहरीका नयाँ जवानले जनावरको काँचो मासु खानुपर्ने तालिम लिनुपर्दछ ।


चीनको निंगशियामा रहेका प्रहरी फोर्सका जवानलाई नेतृत्व विकास तालिम दिइएको थियो । उक्त तालिकका क्रममा नयाँ जवानहरुलाई जनावरको काँचो मासु खाने अभ्यास गराइएको थियो ।


यो प्रहरीको ‘डेबिल विक’ को एक हिस्सा हो । सशस्त्र प्रहरीका लागि भने डेविल विक नर्क सावित हुने बताइएको छ ।


यस अवधिमा जवानहरुलाई प्रकृतिसँग लडाँइ गर्न सिकाइन्छ । यो तालिम हेलेन माउण्टेन नजिक हुने गरेको छ । यस अवधिमा जवानहरुले आफूलाई खानका लागि चाहिने खानाको लागि आफैं सिकार गर्नुपर्ने हुन्छ ।


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger