सपनाझैँ लाग्ने एक गाउँ, जहाँका हरेक मानिस बर्सेनि सवा करोड कमाउँछन्, तर कसरी ?.. एक पल्ट सबैले थाहा पाई राखौ......
गाउँ भन्ने बित्तिकै हाम्रो मानसपटलमा कच्ची सडक, ढुंगा-माटोबाट बनेका घर, मैला-पूराना कपडा लगाएका मानिसहरु, हलि-गोठाला र खेतबारीको तस्बिर आउँछ । तर, सबै गाउँ यस्ता हुँदैनन् । आज हामी तपाईंलाई एउटा सपनाझैँ लाग्ने गाउँ घुमाउँदैछौं, जहाँका हरेक मानिस वार्षिक सवा करोड कमाउँछन् ।
यो गाउँमा सहरलाई माथ दिने बंगलाहरुमात्रै होइनन्, महंगा कार, सहरका शिक्षण संस्थालाई पनि माथ दिने स्कूल तथा करोडौं कमाउने मानिसहरु बस्छन् । हामीले कुरा गरेको गाउँ हो, चीनको हुवाझी ।
यो गाउँ जियांगयिन शहर नजिकै पर्छ । हुवाझीलाई विश्वकै सबैभन्दा धनी गाउँको रुपमा लिइन्छ । यस गाउँमा रहने सबै (२० हजार) नागरिकको वार्षिक आम्दानी १ लाख युरो अर्थात करिब १ करोड १८ लाख नेपाली रुपैयाँ छ । यस गाउँमा करोडपतिहरुको संख्या चीनका अन्य सबै गाउँहरुभन्दा बढी छ ।
तर, पहिले यो गाउँको तस्बिर यस्तो थिएन । १९६१ मा आधुनिकीकरण सुरु गरेको यो गाउँमा कृषिको हालत त्यतिबेला निकै खराब थियो । तर, यस गाउँस्थित साम्यवादी पार्टी समितिका पूर्वअध्यक्ष वू रेनवाओले तस्बिर नै बदलिदिए । उनले मात्रै औधोगिक विकासको योजना बनाएनन्, गाउँको कृषी प्रणालीमा सपनाजस्तो परिवर्तन गरिदिए ।
उनले मल्टी सेक्टर इन्डस्ट्री कम्पनी बनाए, अनि १९९० मा कम्पनीलाई शेयर बजारमा सूचीबद्ध पनि गरे । यस कम्पनीको खासियत यो हो कि, यसका शेयरधनीहरु सबै गाउँबासी छन् । अहिले यो गाउँ कृषिमा मात्रै होइन, औधोगिक विकासमा पनि निकै अघि पुगिसकेको छ ।
यहाँ रहेका स्टिल, सिल्क र ट्राभल इन्डस्ट्रीले सन २०१२ मा मात्रै ९.६ अर्ब डलर मुनाफा कमाएका थिए । यसरी कम्पनीले बर्सेनि कमाउने नाफाको हिंस्सा गाउँबासीमा बाढिन्छ । आफ्नो शेयरको माध्यबाट जुन लाभ मिल्छ, त्यसको ८० प्रतिशत हिस्सा ट्याक्समा काटिन्छ । तर पनि चिन्ता छैन, त्यो २० प्रतिशत लाभ नै यति धेरै हुन्छ कि, त्यसबाट सबै सन्तुष्ट छन् ।
ट्याक्सकोरुपमा काटिएको ८० प्रतिशत पनि कम्पनीको विस्तार, कृषिमा आधुनिकीकरण र पञ्जिकृत नागरिकलाई घर, कार, नि:शुल्क स्वास्थ सुरक्षा र गाउँको हेलिकोप्टर सबै गाउँबासीले निशुल्क प्रयोग गर्नका लागि खर्च गरिन्छ ।
गाउँबासीले पाउने सुविधा यतिमा मात्रै टुंगिँदैन, ५० वर्षभन्दा बढी उमेरका महिला र ५५ वर्षभन्दा बढीका पुरुषहरुलाई हरेक महिना पेन्सन र रासन समेत उपलब्ध गराईन्छ । यस गाउँको आधुनिकीकरणको प्रक्रिया सुरु हुँदादेखि त्यहाँ बसिरहेका मानिस र तिनीहरुका सन्तान पञ्जिकृत नागरिक हुन् ।
यो गाउँमा पुगेपछि मानिस सपनाको संसारमा पुगेकोजस्तो सोच्छन् । अग्ला-अग्ला बिल्डिङ, चौंडा सडकहरु, सुविधा सम्पन्न होटल, मनछुने पार्कहरु र स्विमिङ पुलले गाउँलाई विश्वका नामी सहरहरुको तुलनामासमेत निकै अघि राखेको छ ।
यो गाउँ समृद्धमात्रै होइन, देख्नमा पनि निकै सुन्दर छ । विश्वभरका करिव हजार पर्यटक दैनिक यो गाउँमा पुग्छन् । त्यसैले हुवाझी चीनको औद्योगिक र पर्यटन हवको केन्द्र बनेको छ ।
Loading...
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें