नर्स बन्न र छोरीलाई नर्स बनाउन खोज्ने अभिभावकले बुझ्नैपर्ने केही कुरा …...हेर्नुहोस
नर्सिङप्रतिको मोह बढिरहेको छ । त्यसँगै यस सम्बन्धी अध्ययन\अध्यापन गराउने संस्थाहरुको स्थापना पनि अधिक मात्रामा भइरहेको छ । अहिले ‘हरेक घरमा नर्स’ भन्ने नाराले झन् यसको महत्वलाई व्यापक बनाएको छ । नर्सको अध्ययनबाट पाइने ज्ञान तथा सीपले एक सामान्य व्यक्तिबाट एउटा शिक्षक, अनुसनधानकर्ता, सल्लाहकार, सुपरभाइजर जस्ता विभिन्न भूमिका निर्वाह गर्न सक्षम हुन्छन् ।
नर्सिङ पेशामा प्रवेश गरे पश्चात हुने उपलब्धी जति आर्कषक छन् त्यति नै शुरुमा यस क्षेत्रमा प्रवेश गरेर आफ्नो यात्रा तय गर्न गाह्रो छ । अहिले एसएलसीको रिजल्ट पश्चात धमाधम विभिन्न कलेजहरुले भर्ना लिइरहेका छन् । विद्यार्थीको चाप पनि उत्तिकै छ ।
नर्सिङ पढ्न आउनेमध्य कति विद्यार्थी आफ्नै इच्छाले आएका हुन्छन् भने कति घरपरिवारका कारण । कतिले त नर्सिङको अध्ययनपछि प्राप्त हुने उपलब्धिको हिसाबकिताब गरेर आएका हुन्छन् । जो आफ्नै इच्छाले पढ्न आएका हुन्छन् । उनीहरु सम्पूर्ण पाठ्यक्रमको बारेमा सोधेर बुझेर आएका हुन्छन् । उनीहरु सधैं एकदमै ध्यान दिएर पढ्ने, कक्षा कोठामा शिक्षकका नजिक बस्ने, लाइब्रेरी जाने गर्छन् । तर, जो परिवारका दबावले पढ्न आएका हुन्छन्, उनीहरुले पढाइमा ध्यान केन्द्रित गर्न नसकेको देखिन्छ ।
भित्रै देखि ‘म नर्स बन्छु र सेवा गर्छु’ भन्ने भावना नभएकाहरु पढाई त जसोतसो पूरा गर्लान् तर पेशामा रमाउन सक्दैनन् । किनभने बिरामीको सेवा गर्छु भन्ने भावना बिना आएका विद्यार्थीलाई काम झर्काे लाग्दा लाग्न सक्छ । त्यस्ताहरुले जागीर गरेपनि लगनशील भएर बिरामीको सेवा नगरेको भेटिन्छ ।
विद्यार्थी भर्ना गर्नुअघि कलेजले उनीहरुको शारीरिक र मानसिक क्षमताको परीक्षण गर्न आवश्यक हुन्छ । यो विषय पढ्दा आउने जटिलता बारे बुझाउनुपर्छ । नर्सिङ पेशामा रहेका विविधता र अपनाउनुपर्ने धैर्यता बारे जानकारी गराउनुपर्छ । जोसँग नर्स बन्नका लागि चाहिने न्युनतम गुण छ त्यसलाई मात्रै नर्सिङ पढ्न छनोट गर्नुपर्छ ।
नर्सको पेसामा जटिलता निकै छन् । यो पेशामा रमाउन नसक्नेका लागि फलामको चिउरा चपाए सरह हुन्छ । त्यसैले अघि बढ्ने कि नबढ्ने भनेर बेलैमा बुझ्न जरुरी छ ।
यो पेशामा जोखिम पनि त्यत्तिकै छन् । जस्तैः कुनै एच.आइ.भि भएकी महिला अस्पतालमा सुत्केरी हुन आइन् र उनले आफ्नो यथार्थ बताइदिइनन् । यस्तो अवस्थामा कुनै गल्तीले एचआईभी सुत्केरी गराउनमा संलग्न नर्सलाई भयो भने जीवनभरका लागि पीडा हुन सक्छ । त्यसैले यो पेशामा सकरात्मक व्यवहार गरेर सचेतता अपनाउन सक्ने हुनुपर्छ । पहिलो कुरा त आफैंसँग प्रतिबद्धता व्यक्त गर्नुपर्छ कि म मनैदेखि सेवा गर्छु ।
नर्सिङको अध्ययन पूरा गराउनका लागि अभिभावकको पनि उत्तिकै हात हुन्छ । आफ्नी छोरीलाई कलेजमा भर्ना गरेर मात्र दायित्व पूरा हुँदैन । उसको नाइट डिउटी परिरहेको हुन्छ । पढाईको चाप पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा कतिपय अभिभावकले सहयोग नगरिदिँदा निराश हुने सम्भावना हुन्छ । राजधानीमा डेरा गरेर पढ्ने विद्यार्थीको पनि त्यस्तै समस्या हुन्छ । आर्थिक भार पनि उत्तिकै हुन्छ ।
जहाँ इच्छा, त्यहाँ उपाय भनिन्छ । त्यसैले अभिभावक र विद्यार्थी दुवैलाई कलेजले राम्ररी सम्झाउनुपर्छ । आफू नर्स बन्ने इच्छा विद्यार्थीको छ कि छैन वा नर्स बनाउने इच्छा अभिभावकमा के कारणले पलाएको हो भन्ने कलेजले सोधखोज गर्नुपर्छ ।
अहिले बेरोजगारी नेपाली नर्सिङ क्षेत्रमा निके चर्चाको विषय छ । जति बजारमा हल्ला छ, त्यस्तो बेरोजगारीको समस्या चाहिँ छैन । नर्सका लागि पर्याप्त अवसरहरु छन् स्वदेशमै । त्यसका लागि आफ्नो शैक्षिक योग्यता बढाउँदै दक्ष भएर काम गर्न सक्ने हुनुपर्छ । तीन महिना भोलेन्टिएरका रुपमा काम गर्नु आफैंमा नराम्रो होइन । निभने यो अवधिमा सीपको विकास गर्ने अवसर पाइन्छ ।
बिदेशमा गएर नर्सिङ पेशा अपनाउनेहरुको अवस्था आर्थिक हिसाबले राम्रो भएपनि सुरुवाती दिन कष्टकर नै हुन्छन् । संघर्ष जहाँ पुगेपनि गर्नुपर्छ । यो समयमा निराश हुने सम्भावना धेरै हुन्छ । धैर्यता भएन भने यो पेशामा टिक्न मुश्किल पर्छ । नर्सिङ अन्य पेशा जस्तो नभएकाले सुखदुःख र उतारचढाव नियमित सामना गर्नुपर्छ ।
हरेक दिन फरक–फरक व्यक्तिसँग ‘डिल’ गर्नुपर्ने हुन्छ । उपयुक्त ढंगले अवस्थालाई आफ्नो नियन्त्रणमा ल्याउनका लागि अनुभव र दक्षता जरुरी हुन्छ । नर्स भएपश्तात मुख्य चुनौती नै यही हो । नर्सले रहेक पल बिरामी र उसका आफन्तसँग सरल व्यवहार गर्न सक्नुपर्छ । उसले सभ्यता प्रकट गर्नुपर्छ । संस्थागत काम भएकाले उपयुक्त सञ्चार हुन पनि जरुरी हुन्छ ।
कतिपय अवस्थामा ‘बोन आउट सिन्ड्रोम’ हुने सम्भावना पनि हुन्छ । हरेक दिन उस्तै काम गर्दा यस्तो हुने गर्छ । यस्तो अवस्था आउन नदिन संस्थाले पनि उनीहरुको कामको मूल्यांकलन सही ढंगले गरिदिनुपर्छ । प्रोत्साहन दिएर काम गराउँदा लगनशील हुनुका साथै निराश हुन पर्दैन ।
आजभन्दा ३८ वर्षअघि मैले एएनएमबाट नर्सिङ करियर थालेको हो । कामो अुनभव पछि पढिने पिसिएल नर्सिङ र अहिलको नर्सहरुले पढ्ने वातावरणमा धेरै फरक छ । त्यो समय पढ्नका लागि तिाब आफैंले खोज्नुपर्ने अवस्था थियो । अन्य सन्दर्भ सामग्री त झन् पाउने कुरै भएन । अहिले पढाइको ढाँचा परिवर्तन भएको छ । पढ्न र सिक्न खोज्नेका लागि केही कुराको अभाव छैन ।
तर, त्यो समय दुःख अनुसारको फल भने प्राप्त हुन्थ्यो । परीक्षा सकिएको दोस्रो दिनमै जागीरको प्रस्ताव आउन सुरुह हुन्थ्यो । कामका खोजी गर्दै भौतारिनु पर्थेन । अहिले प्रतिष्पर्धा छ जताततै । त्यसैले आफ्नो क्षमता बढाएर अब्बल सावित हुनुपर्छ ।
तीन वष्र्न पढेर बेराजगार भइयो भन्ने सोच्नुहुँदैन । आफूलाई मन परेको युनिटमा काम गर्नका लागि त्यो अनुसारका तालिम लिइरहनुपर्छ । तुरुन्तै जागीर नपाइएला तर पढाइमा लगन, पेशामा इमान्दार र मजबुत आत्मविश्वास छ भने नर्सिङमा भविष्य सुनिश्चित छ । श्राेत स्वास्थ्य खबरपत्रिका
Loading...
लेबल:
Heath
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें