बच्चन परिवार बुहारी ऐश्वर्या राय बच्चनसँग रिसाएको खबर बाहिर आएको छ । करण जोहरले बनाउँदै गरेको फिल्म ‘ऐ दिल हे मुस्किलमा’ रनवीरसँग उत्तेजक दृश्य दिएका कारण बच्चन परिवार रिसाएको बताइएको छ ।
ऐश्वर्याले किसिङ सिन दिन नमानेपछि फिल्ममा रहेका किसिङ सिन हटाइएको बताइएको छ । तर स्क्रिप्टमा रनवीरसँग एउटा उत्तेजक दृश्य दिनुपर्ने माग भएपछि उनले उक्त दृश्य गरेकी थिइन् । यही कारण पनि बच्चन परिवारमा खैलाबैला मच्चिएको बताइएको छ ।बच्चन परिवारले यहाँ सम्मकी करण जोहरलाई भेटी उक्त सिन हटाउन आग्रह गरेको थिए । तर यसबारे कति सत्यता छ त्यो रहस्य बाहिर आउन बाँकी नै रहेको छ ।
तर बच्चन परिवारले टिवइट गर्दै भनेको छ,‘ऐश्वर्याको व्यवसायीक काममा कसैले समस्या पैदा गरेको छैन । बाहिर जति हल्ला भएका छन् ति सबै निराधार हुन् । ऐश्वर्यालाई थाहा छ कस्तो काम गर्नुपर्छ कस्तो गर्नुहुँदैन ।’
बाट साभार
Enjoy Yourself
Loading...



एक टिप्पणी भेजें