Latest Updates :

भारतलाई चीनको चेतावनी- गम्भीर परिणाम भोग्नुपर्ला.....हेर्नुहोस

SHARE THIS POST :

काठमाडौं, १० साउन । भारत सरकारले चिनियाँ पत्रकारलाई देश छाड्न आदेश दिएपछि चीनले आपत्ति जनाएको छ ।

आइतबारमात्रै भारत सरकारले दिल्ली र मुम्बईमा कार्यरत चीनको सरकारी समाचार एजेन्सी सिन्हुवाका तीन पत्रकारलाई ३१ जुलाई (आज २५ जुलाई) भित्र भारत छाड्न आदेश दिएको छ ।

भारतको यस्तो आदेशपछि चीन सरकारकातर्फबाट त्यहाँको सरकारी दैनिक पत्रिका द ग्लोबल टाइम्सले सम्पादकीय लेख्दै गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको हो ।

चीनले भारतको न्यूक्लियर सप्लायर ग्रुप (एनएसजी) मा सदस्यताको लागि सहयोग नगर्ने निर्णय लिएपछि बदलास्वरुप भारतले आफ्ना पत्रकारलाई देश निकाला गर्न र यसको परिणाम नराम्रो हुने पत्रिकाले उल्लेख गरेको छ ।

‘द ग्लोबल टाइम्स’ को सम्पादकीयमा लेखिएको छ, ‘परमाणु आपूर्तिकर्ता समूहमा भारत संलग्न भएको कुरामा चीनले विरोध गरेको थियो, अब भारतले यसको बदला लिँदै छ । यदि नयाँ दिल्लीले साँच्चै नै एनएसजी सदस्यताको मुद्दाको बदला लिइरहेको छ भने यसको गम्भीर परिणाम भोग्नुपर्नेछ ।’दैनिक नेपालबाट


SHARE THIS POST :
Loading...

एक टिप्पणी भेजें

Enjoy Yourself

Loading...
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Online Khabar Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger